नेपालका मल्ल वंशको ऐतिहासिक विश्लेषण

Authors

  • बलराम Balaram कायस्थ Kayastha इतिहास केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर

Keywords:

मल्लयुद्ध गोष्ठी, कुशीनगर, सूर्यवंशी, यशोमल्ल, अरिमल्ल, जयस्थिति मल्ल

Abstract

वर्तमान नेपाली समाजमा विशेषतः काठमाडौं उपत्यकामा आफ्नो नामको पछिल्तिर मल्ल थर धारण गर्ने दुई थरीका भिन्न जातिहरू भेट्टिन्छन् । दुवै मल्लहरू इतिहासको कुनै कालखण्डमा आ–आफ्नो  राज्यसत्ताको सर्वोच्च स्थानमा पुग्न सफल भएका थिए । जसमध्ये एकथरी – पश्चिम नेपालको कर्णाली प्रदेशका खसमल्लहरू हुन्, जो आफूलाई ठकुरी मल्ल भन्न रुचाउँछन् भने अर्कोथरी – नेपाल उपत्यकाका मल्ल राजा (थकुजुजु) हरूका सन्तान, जो आफूलाई नेवार मल्ल भन्ने गर्दछन् । यी दुवै मल्लहरूका पुर्खा र तिनको मूल थाँतथलो एउटै भएको धारणा विद्वानहरूको रहेको पाइन्छ । बुद्धको समयमा उत्तरी भारतको कुशीनगरमा मल्लहरूको संघराज्य थियो । तर कालान्तरमा साम्राज्यवादी गुप्तशासकहरूको आक्रमणले गर्दा यी मल्लहरू त्यहाँ टिक्न नसकी सुरक्षित स्थलको खोजी गर्दै नेपालको पहाडी भूभागमा प्रवेश गरे । यसपछि जो मल्लहरू कर्णाली प्रदेशतिर लागे, तिनीहरू खस मल्ल कहलिए भने जो मल्लहरू गण्डकी प्रश्रवन क्षेत्र हुँदै नेपाल उपत्यकातिर लागे, तिनीहरू यहीँको स्थानीय सभ्यता, संस्कृतिमा आवद्ध हुँदै गएपछि नेवार मल्ल कहलिए । वास्तवमा मल्लहरू न त नेवार हुन्, न त पर्वतीय ठकुरी नै । यिनीहरू प्राचीन भारतका सूर्यवंशी क्षेत्रीय भएको तथ्य हालसम्मको ऐतिहासिक अध्ययनहरूबाट थाहा हुन्छ । प्रस्तुत लेखमा पूर्व मध्यकालदेखि नेपालको केन्द्रीय राज्य प्रशासनमा कुनै न कुनै रुपमा देखा पर्ने मल्ल, राजवंशको रुपमा उदाएको मल्ल वंश र तिनको प्राचीन मल्ल वंशसँगको सम्बन्ध आदि बारेमा संक्षेपमा विवेचना गरिएको छ । 

Abstract
295
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

कायस्थ Kayastha ब. B. (2024). नेपालका मल्ल वंशको ऐतिहासिक विश्लेषण . HISAN: Journal of History Association of Nepal, 10(1), 184-191. https://doi.org/10.3126/hisan.v10i1.74922

Issue

Section

Articles

How to Cite

कायस्थ Kayastha ब. B. (2024). नेपालका मल्ल वंशको ऐतिहासिक विश्लेषण . HISAN: Journal of History Association of Nepal, 10(1), 184-191. https://doi.org/10.3126/hisan.v10i1.74922