दहचोकको ऐतिहासिक तथा पर्यटकीय महत्व
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74920Keywords:
गढी, किल्ला, खलङ्गा, दहचोक, इन्द्रदह, कालु पाँडे, युद्धभ्यास, सैनिक टुकडी, पृथ्वीनारायण शाहAbstract
प्रस्तुत लेख काठमाडौं जिल्लाको सदरमुकाम नेपालको राजधानी शहर काठमाडौंदेखि १२ कि.मि. पश्चिम चन्द्रागिरि न.पा. को वडा नं. १ मा अवस्थित चौकेटार दहचोकगढी एक ऐतिहासिक किल्ला एवं नेपाल एकीकरणकालीन महवपूर्ण खलङ्गाको ऐतिहासिक तथा पर्यटकीय महŒवको विविध पक्षको विश्लेषणसँग सम्बन्धित छ । हाल यो खलङ्गाको वरपर साविक दहचोक गा.वि.स. का ७७० घरधुरी रहेका छन् । यो दहचोकगढीको निर्माण कार्य पृथ्वीनारायण शाहद्धारा काठमाडौं उपत्यकालगायत वरपरका क्षेत्रहरूसँगै ललितपुर, भक्तपुर विजय गर्ने र अंग्रेजसँगको प्रत्याक्रमण गर्ने हेतुले गरिएको थियो । गोरखाले त्यहाँ गढी निर्माण गर्नु केही समय पूर्व दहचोक इलाकामा पुराना गढीहरू पनि रहेका थिए । आज दहचोक क्षेत्रमा भत्केका पुराना कैयौ गढीहरूका अवशेषहरू प्राप्त भएका छन् । भक्तपुरको मूलकोटगढी, रानीकोटगढी, फुलबारीकोट, पलाञ्चोकगढी, काभ्रेको तिमालकोट, काभ्रेगढी र पृथ्वीगढी, सिन्धुपाल्चोकको साँगाचोकगढी, लिस्तिकोट, काठमाडौंको थामडाँडा, वानासुर र भष्मासुरगढी, दुगुनागढी, चितवनको कविलासपुरगढी सोमेश्वरगढी र उपरदाङगढी, ललितपुरको पूलचोकीगढीहरूको तुलनामा दहचोकगढी उत्कृष्ट गढी थियो । वास्तवमा दहचोकगढी, गोरखालीहरूको युद्धभ्यास भएको नुवाकोटको दरबारगढी नेपाल–अंग्रेज युद्धमा उपयोग गरिएको उपत्यका छिर्ने चिसापानीगढी, मकवानपुरगढीको मातहतमा रहेको बारागढी, पर्सागढी र समनपुरगढी, गोरखालीहरूको अंग्रेजसँग युद्ध भएको सिन्धुलीगढी भन्दा पनि महŒवपूर्ण गढीको रूपमा रहेको थियो । बाडभञ्ज्याङ्गको माथिल्लो भागमा रहेको दहचोक उपत्यका छिर्ने निकै महत्वपूर्ण नाकाको रूपमा रहीआएको छ । हाल वर्तमान नेपाल सरकारले दहचोकगढीलाई एउटा मनमोहक पर्यटकीय तथा ऐतिहासिक स्थलको रूपमा हेरेको छ । हाल इन्द्रदह रहेको स्थानबाट लगभग २ कि.मि. पूर्वको डाँडाको जंगलभित्र किल्लाहरू रहेका छन् । यही गढीभन्दा तलको भू–धरातलमा स्वीट्जरल्याण्ड पार्कको निर्माण गरिएको छ । यहाँको वन दुर्गबाट उपत्यकाको अधिकांश रमणीय भू–भागहरू देख्न सकिन्छ । यस गढीलाई चारैतर्फबाट रामकोट, भीमढुङ्गा, बाडभञ्ज्याङ र इन्द्रदहले शोभायमान बनाएका छन् । उनले चाहेअनुसार डाँडा–डाँडाका किल्ला गढीहरूमा जनताको बसोवासस्थल बनाएर तीन शहरका समथर भू–भागमा सघन कृषि व्यवसाय सञ्चालन गर्नु रहेको थियो । तर वर्तमान समयमा तीन शहरमा घरै–घर निर्माण भएर सुख्खा खण्डहर भएको छ । यसको ऐतिहासिक तथा पर्यटकीय महत्वमाथि चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ ।