बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य

Authors

  • बद्रीनारायण Badri Narayan गौतम Gautam इतिहास केन्द्रीय विभाग, त्रि.वि.कीर्तिपुर

Keywords:

ऐतिहासिक अध्ययन अनुसन्धान, जनतापक्षको इतिहास, सामाजिक सांस्कृतिक रूपान्तरण, कर्मठ गुरु, कुशल मार्ग निर्देशक

Abstract

काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्ने प्राध्यापन पेशामा प्रवेश गरेका तुलसीराम वैद्य आफ्नो मेहनत र कर्मबाट गुरुहरूका गुरु भन्दै स्मरण गरिने व्यक्तित्व बन्न सफल भएका व्यक्ति हुन् । आफ्ना कर्महरूले गर्दा नेपालका प्रख्यात इतिहासकार, ऐतिहासिक अध्ययन अनुसन्धानलाई अन्वेषणात्मक दृष्टिकोणबाट अगाडि बढाएर राष्ट्रिय इतिहास निर्माणको आधार तयार पार्न लागि पर्ने प्राज्ञ, आफ्ना घरायसी विषयवस्तु आवश्यकतालाई भन्दा शोधार्थी एवं ज्ञानात्मक भोक लिएर आउनेहरूलाई प्राथमिकता दिने गुरु, विषयगत लगनशीलता–प्रतिबद्धता दर्शाउँदै अध्ययन अध्यापन र अनुसन्धानलाई समायोजन गरी प्राज्ञिक विशिष्ट पहिचान हासिल गर्ने र अरूलाई पनि हासिल गर्न सघाउने विशेषज्ञको छवि बनाएका थिए । नेपालको इतिहास लेखनलाई जनता पक्षको इतिहास निर्माण तर्फ समेत डोर्याएका तुलसीराम वैद्यले नेपाली इतिहासलाई विश्वस्तरमा पु¥याउने कार्य गरेका थिए ।  ऐतिहासिक तथ्यहरूमा आधारित शुद्ध र प्रामाणिक ऐतिहासिक अनुसन्धानका लागि आफ्ना विद्यार्थी र अन्य जिज्ञासुहरुलाई समेत प्रेरणा दिएर मार्ग निर्देशन गर्न रमाउने तुलसीराम वैद्य स्थलगत गोष्ठीका जन्मदातादेखि नेपाल इतिहास संघका संस्थापक समेत हुन् । नेपालको इतिहास लेखन, अध्ययन, अनुसन्धान गर्न चाहनेहरूलाई साथ सहयोगदेखि मार्ग निर्देशन गर्नुलाई जीवनको प्रथम कर्म ठान्ने बानी एवं स्वभावले गर्दा असल गुरु, संरक्षक समेतको उपाधि पाएका वैद्य सरलाई बहुआयामिक व्यक्तित्वको स्थान दिइएको पइन्छ । प्रस्तुत अध्ययनको उद्देश्य तुलसीराम वैद्यको बहुआयामिक व्यक्तित्वमा केन्द्रीत रहेको छ ।

Abstract
129
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य . (2024). HISAN: Journal of History Association of Nepal, 10(1), 158-173. https://doi.org/10.3126/hisan.v10i1.74917

Issue

Section

Articles

How to Cite

बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य . (2024). HISAN: Journal of History Association of Nepal, 10(1), 158-173. https://doi.org/10.3126/hisan.v10i1.74917