नेपाल विश्वविद्यालयको अवधारणा तथा प्रस्तावित कार्ययोजना २०८१
Keywords:
सुदृढीकरण, सम्पन्नशाली, अन्वेषणमुखी, प्रजातान्त्रिकरण र संरक्षणभावAbstract
नेपालको शैक्षिक पृष्ठभूमि तथा उच्च शिक्षाको इतिहास धेरै लामो छ । प्राचीन कालमा वैद्धिक शिक्षा, संस्कृत शिक्षा तथा गुरुकुल शिक्षा प्रचलित थियो जसलाई पाठशालामा नभई मठमन्दिर, मस्जिद, तथा गुम्बाहरूमा संचालन गरिन्थ्यो । क्रमश पछि केही सम्पन्न वर्गले गुरुको घर आगनमा बसी शिक्षा आर्जन गर्न थाले । यसैगरी मध्यकालमा वौद्ध शिक्षामा विशेष जोड दिएको पाइन्छ भने लिच्छिवीकालमा वेद व्यास कला र संस्कृति तथा सैनिक र प्रशासनिक शिक्षाको विकासमा जोड दिएको देखिन्छ । आधुनिक नेपालको पूर्वाद्धमा सैनिक शिक्षामा जोड दिएको पाइन्छ । यसै क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा भक्तपुर विजय गरेपछि आधुनिक काल शुरु हुन्छ र नेपालको एकीकरण सफल पार्न सैनिक शिक्षा तथा सेना सुदृढीकरणमा विशेष जोड दिइन्छ । यस बाहेक धर्म संस्कृति र परम्पराको संरक्षण तथा संस्कृत शिक्षामा सामान्य हरहिसाब र फारसी शिक्षा (गणितीय शिक्षा) लाई प्राथमिकता दिएको देखिन्छ । भीमसेन थापाले आपूm प्रधानमन्त्री भएको बेला भारतबाट फ्रेन्च अफिसरलाई बोलाएर आधुनिक सैनिक शिक्षा दिलाएको यथार्थ घटनाबाट पनि तत्कालीन नेपालमा अरु शिक्षालाई भन्दा सैनिक शिक्षालाई प्राथमिकता दिई युद्ध कलामा नेपालीलाई प्रशिक्षित बनाउन खोजेको देखिन्छ । भारतमा अंगे्रज बिरुद्घ भएको लडाइ तथा प्रथम र द्घितिय विश्वयुद्घमा नेपाली सेनाले देखाएको बहादुरीले यी प्रसङ्गहरूको पुष्टि गर्दछ ।