पनौती विकासका सम्भावना

Authors

  • रवीन्द्र Rabindra रिजाल Rijal नेपाल इतिहास संघ

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64120

Keywords:

सर्वाङ्गिण र पर्यटकीय गन्तव्य, आमूल परविर्तन, अधिनस्थ, महासत्व

Abstract

भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तीनओटै हो  अर्थात ज्ञानराशीहरूको पुञ्ज हो, दिग्दर्शन हो । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक, प्राकृतिक सम्पदा र  बनावटले धनी अश्मपुर पनौती क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय स्थाल पनि हो । पैतिस हजार वर्ष अगाडिदेखि नै मानवजातीले प्रत्यक्ष थाकथलो बनाइसकेको पनौती क्षेत्रलाई मुख्यतः शिक्षा र पर्यटनको माध्यमद्वारा आमूल परिवर्तन गर्न सकिन्छ । “आमूल परविर्तनको शुत्र ज्ञान नै हो मुल मन्त्र” भन्ने बिचारलाई आत्मसात गरेर विकासको महासागर भेट्न सकिन्छ । १२ वडामा विभक्त पनौती बागमति प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको विकासको प्रसस्त सम्भाबना बोकेको नगरपालिका हो ।

नागवंश, किरावंशको अप्रत्यक्ष डोव यस क्षेत्रमा भेटिन्छ भने लिच्छविहरूको प्रत्यक्ष शासन सञ्चालनका प्रमाणहरू प्रशस्त पाइन्छन् । मल्लहरूको ढुकुराज्य हुँदै वि.सं.१८२० साल कार्तिक १० गते पृथ्वीनारायण शाहको विजयबाट पनौती क्षेत्र शाहहरूको अधिनस्थ हुन पुग्यो । महासत्वको पिता महारथ, भृकुटी, महामन्त्री जयसिंहरामवर्धन, श्रीपतिआराध्य शर्मा, जनक प्रसाद हुमागाईं, नरबहादुर भारती लगायतको अथक प्रयत्नबाट सिर्जित यस भूमिमा इन्द्रेश्वर, भालेश्वर, धनेश्वर तीनवटा ज्योर्तिलिङ्गहरू छन्। पाञ्चाल देशको रूपमा चिनिने यस स्थानमा नेपालकै एक मात्र द्रौपदाको मन्दिर छ । शचीतिर्थ, त्रिवेणीघाट, गोरखनाथ, लड्केश्वर, फड्केश्वर, कूर्पासी, खोपासी रेशमखेती, कुशादेवी, ब्रम्हायणी, काठँकुमारी गणेश, भद्रकाली, लायकु, भिमसेन, संकटा, सानो फुल्चोकी, कपालकोट, रानीकोट, सल्मिटार, सुन्थान, ईँटे, मल्पी, चौकोट, कँलाती भूमीडाँडा, पवित्र नदी रोषी, लिलावती, पुण्यवती, शैलेन्द्री, लड्कु, रसियन सहयोगमा निर्मित नेपालको तेस्रो पनौती जलविद्युत्केन्द्र, शारदादेवी स्थान, काले साहुको पाटी, देउती बजै, भगवान डाँडा (जेलाधेँ), च्यालाचिटी, ज्ञान विकास सामुदायिक पुस्तकालय, शीत भण्डार केन्द्र, आई.टि.पार्क, आदिले सौन्दर्यतामा थप सौन्दर्यता थपेका छन् । रोषीमा पाइने असला माछाबाट परिचित यस भूमिमा रामायण, महाभारतकालिन प्रसंग र स्थानहरू छन्।

Downloads

Download data is not yet available.
Abstract
80
PDF
48

Author Biography

रवीन्द्र Rabindra रिजाल Rijal, नेपाल इतिहास संघ

अनुसन्धानकर्ता तथा केन्द्रीय सदस्य

Downloads

Published

2023-12-31

How to Cite

रिजाल Rijal र. R. (2023). पनौती विकासका सम्भावना. HISAN: Journal of History Association of Nepal, 9(1), 134–140. https://doi.org/10.3126/hisan.v9i1.64120

Issue

Section

Articles