नेपालको समृद्धिमा सांस्कृतिक र पर्यावरणीय पर्यटन

Authors

  • मुरारीकृष्ण Murarikrishna गौतम Gautam सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. लैनचौर, काठमाडौँ

Keywords:

पर्यटन प्रबद्र्धन, सांस्कृतिक उन्नयन, पर्यावरणीय विकास र सर्वाङ्गिण विकास

Abstract

वर्तमान परिपेक्षमा सर्वाधिक चर्चाको शिखरमा पुगेको विषय–वस्तुको रुपमा पर्यटन उद्योगलाई लिने गरिन्छ । करीव एक शताब्दीको अन्तराल मै पर्यटन उद्योगले विश्वको दोस्रो ठूलो उद्योगको रुपमा स्थापित हुने अवसर प्राप्त गरिसकेको छ । यो उद्योग एक यस्तो उद्योग हो, जो कुनै पनि भौगोलिक सीमाभित्र नबाँधिएर विश्वकै हरेक क्षेत्रमा फैलिन पुगेको छ । वर्तमान समयमा विश्वका प्रत्येक राष्ट्रहरूले पर्यटनको विकासको निम्ति अनेकौं नियम, विधान र व्यवस्थापनका अतिरिक्त विभिन्न नौला–नौला विधाहरूमा समेत योजनावद्ध तवरले कार्यक्रमहरू अगाडि ल्याएका छन्। ए. के. भाटियाको विचारमा पर्यटन शब्दलाई परिभाषित गर्दा पर्यटनले के–कस्तो र कति क्षेत्र ओगटेको छ, यसको व्यापकताको सीमाना कति छ ? त्यसलाई समेत ध्यानमा राखी एवं तथ्यांकहरूको विश्लेषण र पर्यटनसम्बन्धी विधान र प्रशासनिक पक्षलाई समेत गाभेर हेनु पर्ने हुन्छ । पर्यटनलाई परिभाषित गर्ने क्रममा सर्वप्रथम अष्ट्रियाका अर्थशास्त्री हर्मन वोन स्चुलार्ड नामक विद्वान देखा पर्दछन् । उनले सन् १९१० मा पर्यटनलाई यसरी परिभाषित गरेका थिए–
पर्यटन शब्दले देशभित्र वा देशबाहिर कुनै पनि मुलुक, शहर वा अन्य क्षेत्रमा गरिने प्रवेश, बसाइ, डुलाई जस्ता गतिविधिहरूको समष्टिगत रुपलाई बुझाउँछ, साथै यस्ता गतिविधिहरू खासगरी आर्थिक चरित्रका हुने गर्दछन्।

Abstract
245
PDF
0

Author Biography

मुरारीकृष्ण Murarikrishna गौतम Gautam, सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. लैनचौर, काठमाडौँ

सहप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

नेपालको समृद्धिमा सांस्कृतिक र पर्यावरणीय पर्यटन. (2023). HISAN: Journal of History Association of Nepal, 9(1), 125-133. https://doi.org/10.3126/hisan.v9i1.64114

Issue

Section

Articles

How to Cite

नेपालको समृद्धिमा सांस्कृतिक र पर्यावरणीय पर्यटन. (2023). HISAN: Journal of History Association of Nepal, 9(1), 125-133. https://doi.org/10.3126/hisan.v9i1.64114