शमसुद्दिनको आक्रमण र नेपालको कला संस्कृतिमा परेको प्रभाव

Authors

  • बलराम Balaram कायस्थ Kayastha इतिहास केन्द्रिय विभाग त्रि.वि, कीर्तिपुर, काठमाडौँ

Keywords:

कलाकारिता, सांस्कृतिक सम्पदा र दृष्टान्त

Abstract

प्राचीनकालदेखि नै नेपाल उपत्यका आर्थिक रुपमा सम्पन्न थियो । आर्थिक सम्पन्नताकै पृष्ठभूमिमा यहाँ अनेक आश्चर्यलाग्दा कला, संस्कृतिको विकास भए । थोरै श्रम गरेर धेरै उत्पादन हुने भएकाले यहाँका बासिन्दालाई खान लाउनको कुनै चिन्ता थिएन । फुर्सदका समयमा यिनले एकातिर विविध किसिमका चाडपर्व, जात्राउत्सवहरू, भोजभतेर, नाचगान आदिद्वारा रमाइलो गर्न जाने भने अर्कोतिर शिल्पका हरेक विधा (धातुकला, काष्ठकला, प्रस्तरमूर्तिकला, चित्रकला, मृण्मयकला, वास्तुकला आदि) मा सिद्धहस्त कलाकारिताको ज्ञान पनि हासिल गर्न सफल भए । धार्मिक पृष्ठभूमिमा आधारित यी मौलिक कला संस्कृति सम्पदा सारा संसारका लागि बेजोड र अनुपम थिए/अझै छ । यसरी नेपालको आर्थिक सम्पन्नता, धर्म, संस्कृतिमा आधारित कलाकारिता आदिबारे मध्यकालमा वरिपरिका छिमेकी राज्यहरू विशेष गरेर दक्षिण छिमेकी राज्यका बासिन्दामा समेत नेपालका मठमन्दिरहरू सुनले बनेका छन्र यहाँ प्रशस्त सुन पाइन्छ । यो सुन यहाँ तिब्बतबाट आउँछ भन्ने कौतुहलता र जिज्ञासा रहेको थियो । तर यसका बाबजुद एउटा योग्य र शक्तिशाली शासकको अभावमा यहाँको राजनीतिक स्थिति भने अस्थिर र कमजोर रहेको थियो । कमजोर राजनीतिक परिस्थितिकै बीच यहाँ अचानक बङ्गालका सुल्तान शमसुद्दिन इलियासले वि.सं. १४०६ मा आक्रमण गरे । कुनै प्रतिकार वा प्रतिरोध बिनाको त्यस आक्रमणले नेपालको कला र संस्कृतिका क्षेत्रमा ठूलो क्षति पु¥यायो । प्रस्तुत लेख यसै विषयवस्तुमा केन्द्रीत रहेको छ ।

Abstract
207
PDF
0

Author Biography

बलराम Balaram कायस्थ Kayastha, इतिहास केन्द्रिय विभाग त्रि.वि, कीर्तिपुर, काठमाडौँ

सहप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

कायस्थ Kayastha ब. B. (2023). शमसुद्दिनको आक्रमण र नेपालको कला संस्कृतिमा परेको प्रभाव. HISAN: Journal of History Association of Nepal, 9(1), 97-102. https://doi.org/10.3126/hisan.v9i1.64108

Issue

Section

Articles

How to Cite

कायस्थ Kayastha ब. B. (2023). शमसुद्दिनको आक्रमण र नेपालको कला संस्कृतिमा परेको प्रभाव. HISAN: Journal of History Association of Nepal, 9(1), 97-102. https://doi.org/10.3126/hisan.v9i1.64108