देवदह कन्यामाईको उत्खनन्

Authors

  • प्रकाश Prakash दर्नाल Darnal

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64107

Keywords:

स्तुपा, अस्थु, टेराकोटा, भग्नावशेष, पुरातत्व, प्रदिमोक्ष उद्यान

Abstract

देवदह लुम्बिनीबाट ३५ किलोमिटर.उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहिणी नदी शाक्यहरूको  राज्य कपिलबस्तुको पूर्वी सीमाना थियो भने कोलीय राज्यको पश्चिमी सीमाना थियो । देवदह कोलीय गणराज्यको  राजधानी थियो । बौद्ध धार्मिक ग्रन्थमा उल्लेख गरेअनुसार कोलीय राज्य कपिलवस्तु राज्यको पूर्वी सीमाना रोहिणी  नदीको तटमा अवस्थित थियो । प्रसिद्ध लुम्बिनी प्रदिमोक्ष उद्यान दुवै गणराज्यअन्तर्गत पर्दथ्यो । दुवै गणराज्य मगध र  कोशल बीचको व्यापार र वाणिज्यको केन्द्रका रुपमा पनि रहेको थियो । प्राचीन भारतस्थित उत्तरापथ राजमार्ग  कपिलवस्तु हुँदै देवदह भएर अन्य मल्ल गणराज्यसम्म विस्तारित भएको थियो । राम नामका जोगी जो बनारसका पूर्व  राजा थिए उनले राज्य छोडेर उपवास जीवन बिताइरहेका थिए । उनी आफ्नी श्रीमती र परिवारबाट तिरष्कृत थिए ।  उनले राजा ओक्काकको पाँच छोरीमध्ये जेठी प्रियासँग विवाह गरेका थिए । उनी पनि आफन्तबाट त्यागिएर जङ्गलमा बसेकी थिइन् । उनीहरूले जङ्गलको कोल वृक्षलाई फँडानी गरी बस्ती बसाएको हुनाले त्यस स्थानको नाम कोलीय हुन गएको थियो । यसका साथै उनका सन्तानलाई कोलीय वंश भन्ने गरिएको थियो । त्यस राज्यलाई कोलीयनगर, व्याघ्रपुर, देवदह, रामग्राम जस्ता विभिन्न नामहरूबाट पनि चिन्ने गरिन्थ्यो ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
10

Author Biography

प्रकाश Prakash दर्नाल Darnal

इतिहासविद्

Downloads

Published

2023-12-31

How to Cite

दर्नाल Darnal प. P. (2023). देवदह कन्यामाईको उत्खनन् . HISAN: Journal of History Association of Nepal, 9(1), 89–96. https://doi.org/10.3126/hisan.v9i1.64107

Issue

Section

Articles