मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}

Authors

  • बमबहादुर Bambahadur अधिकारी Adhikari त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौं

DOI:

https://doi.org/10.3126/hisan.v8i1.53088

Keywords:

किल्ला र कालिका, कोट, पुरानकोट, खजे दुरा, कुलमण्डन, कालु शाह, यशोब्रह्म शाह, गढी

Abstract

लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
42
PDF
33

Author Biography

बमबहादुर Bambahadur अधिकारी Adhikari, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौं

सहप्राध्यापक÷विभागीय प्रमुख (इतिहास विभाग)

Downloads

Published

2022-12-31

How to Cite

अधिकारी Adhikari ब. B. (2022). मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}. HISAN: Journal of History Association of Nepal, 8(1), 110–122. https://doi.org/10.3126/hisan.v8i1.53088

Issue

Section

Articles