विसङ्गतिवादी आलोकमा ‘यस धरतीको पानीमा’ कविता {An Absurdist reading of the poem ‘In the Water of This Earth'}
DOI:
https://doi.org/10.3126/cognition.v8i1.89773Keywords:
एक्लोपन, , निस्सारता, , पृथक्ताबोध, , मृत्युबोध, , शून्यताAbstract
प्रस्तुत लेख कवि विजय मल्लको विसङ्गतिवादी आलोकमा ‘यस धरतीको पानीमा कविता’ शीर्षकमा केन्द्रित रहेको छ । विसङ्गतिवादमा जीवनलाई यस संसारमा इच्छा विपरीत प्mयाँकिएको अर्थमा लिइन्छ । यसअन्तर्गत जीवनलाई मूल्यहीन रूपमा लिएर अथ्र्याउने काम गरिन्छ । प्रस्तुत अध्ययनका लागि फ्रान्सेली विसङ्गतिवादी चिन्तक अल्वर्ट कामुको विसङ्गतिवादी सिद्धान्तलाई मूल आधार बनाइएको छ । कवि मल्लले तत्कालीन समयमा वैश्विक परिवेशमा दोस्रो विश्व युद्धोत्तर कालमा मानव समुदायमा युद्धको सन्त्रास कायम रहेको सन्दर्भलाई केन्द्रीय कथ्यका रूपमा उठान गरेका छन् । युद्ध, आतङ्क, आक्रमण, बम विस्फोटन, आगजनी, मारकाटका परिप्रेक्ष्यमा मानवजीवन र मानवीय मूल्य–मान्यताका ह्रास भएकाले कवि मानवजीवनलाई निस्सार देख्तछन् । विसङ्गतिवादमा मानव जीवनका असङ्गतिका विविध पक्षहरूको बारेमा अध्ययन विश्लेषण गरिन्छ । प्रस्तुत विश्लेषणमा विसङ्गतिवाद बोध गराउने सन्त्रासको अभिव्यक्ति, दिक्दारीपनको अनुभूति, व्याकुलताको बोध र विवशताको चेतका उपशीर्षकलाई विश्लेषणको ढाँचा मानी यिनै उपशीर्षकभित्र विवेच्य कविताको व्याख्या गरिएको छ । विजय मल्लको यस धरतीको पानीमा कविताको विसङ्गतिवादी दृष्टिकोणबाट हालसम्म अध्ययन नभएको परिप्रेक्ष्यमा यसमा केन्द्रित भएर अध्ययन गरिनु औचित्यपूर्ण ठान्दै अनुसन्धेय जिज्ञासाको समाधान निकालिएको छ । द्वितीय विश्व युद्धका कारण तत्कालीन वैश्विक परिवेश भयाक्रान्त अवस्थामा रहेकाले कवि मल्लले मानवजीवनलाई तुच्छ र निरीह अनुभूत गरेर सोही रूपमा प्रस्तुत गरेका छन् । तत्कालीन वैश्विक परिवेश हत्या, हिंसा, आगजनी, आक्रमण, मारकाट आदिका कारणले निस्सार अवस्थामा पुगेकाले प्रस्तुत कविता विसङ्गतिवादी दृष्टिकोणबाट कलात्मक र ओजपूर्ण बन्न गएको छ ।