हाम्रा आवाजहरू गीतिसङ्ग्रहमा वर्गीय चेतना {Class Consciousness in the Song Collection Hamra Aawajharu}

Authors

  • शालिकराम Shalikram पौड्याल Paudyal Butwal Multiple Campus, TU, Nepal

DOI:

https://doi.org/10.3126/cognition.v7i1.74810

Keywords:

क्रान्तिकारी जनचेतना, निम्न वर्ग, शोषण, समतामूलक समाज

Abstract

प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको हाम्रा आवाजहरू गीतिसङ्ग्रहमा वर्गीय चेतनाको विश्लेषण गरिएको छ । वर्गीय चेतनाले वर्गबोध, वर्गशोषण तथा वर्गसङ्घर्ष, श्रमप्रतिको सम्मान, श्रमजीवी वर्गको हित आदिलाई बुझाउँछ । वर्गीय चिन्तन माक्र्सवादी साहित्य चिन्तनको स्थापित मान्यता हो । प्रस्तुत लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ र सामग्री विश्लेषणमा वर्गीय चेतनाका अभिलक्षणहरूमध्ये वर्गीय विभेद, शोषण र अत्याचार विरुद्धको आवाज, क्रान्तिकारी जनचेतना, निम्न वर्गप्रतिको सम्मान, समतामूलक समाज निर्माणको चाहनालाई आधार मानिएको छ । लेखनाथ ज्ञवालीको हाम्रा आवाजहरू गीतिसङ्ग्रहमा नेपाली समाजको वर्गीय अवस्था, शोषण र अत्याचार, श्रमजीवी वर्गको जीवन, अत्याचारी शासन व्यवस्थाका व्रिmयाकलाप, जनमुखी शासन व्यवस्थाको चाहना जस्ता विषयलाई उद्घाटन गरिएको निष्कर्ष निकालिएको छ । यसमा समाजमा भएका असमानताले नै वर्गद्वन्द्व तथा वर्गीय चेतना जन्मने र वर्गीय चेतनाको सही विश्लेषणले मात्र निम्नवर्गको मुक्ति हुन सक्ने विचार पाइन्छ । यस लेखमा नेपालको सामन्ती राज्यसत्तामा देखापर्ने वर्गीय विभेद र त्यसबाट उत्पन्न समस्याको चित्रण गरिएको प्रस्तुत गीतिसङ्ग्रहमा वर्गीय चेतना सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
18

Author Biography

शालिकराम Shalikram पौड्याल Paudyal, Butwal Multiple Campus, TU, Nepal

Assistant Professor

Downloads

Published

2025-02-04

How to Cite

पौड्याल Paudyal श. S. (2025). हाम्रा आवाजहरू गीतिसङ्ग्रहमा वर्गीय चेतना {Class Consciousness in the Song Collection Hamra Aawajharu}. Cognition, 7(1), 275–285. https://doi.org/10.3126/cognition.v7i1.74810

Issue

Section

Articles