लमजुङ जिल्लामा प्रचलित बाह्रमासे ठाडो भाका लोकगीतको विधातत्त्व {Genre elements of Barhamase Thado Bhaka folk songs practiced in Lamjung district}

Authors

  • विष्णु Bishnu परियार Pariyar

Keywords:

तालविहिन, मेलापात, रोधी, स्थान, विविधता

Abstract

‘लमजुङ जिल्लामा प्रचलित बाह्रमासे ठाडो भाका लोकगीतको विधातŒव’ शीर्षकको प्रस्तुत लेख बाह्रमासे ठाडो भाका लोकगीतको विधातत्त्वको अध्ययनमा केन्द्रित छ । बाह्रमासे ठाडो भाका लोकगीत लोकमा प्रचलित विभिन्न लोकगीतहरूमध्ये एक भाका हो । लोकगीत लोकको अभिव्यक्ति हो । बाह्रमासे ठाडो भाका लोकगीत लोकगीतभित्र पर्ने बेग्लै खालको गीत हो । बाह्रमासे ठाडो भाका लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतको एउटा प्रकार हो । यस गीतमा गायनसँगै नृत्य पनि गरिन्छ । लमजुङ जिल्लामा विशेष रूपमा यो भाका प्रचलित रहेको छ । यस गीतलाई गाउन कुनै पनि समय, पर्व र मौका कुर्नु नपर्ने र जुनसुकै स्थानमा, जुनसुकै बेला पनि गाउन सकिने हुनाले यस गीतलाई बाह्रमासे ठाडो भाका लोकगीत भनिएको हो । यस गीतको प्रचलन जातिगत रूपमा दुरा, गुरुङ, क्षेत्री, बाहुन, दमाइ, कामी, सार्की, कुमाललगायतका समुदायमा रहेको देखिन्छ भने क्षेत्रगत रूपमा विशेष गरेर लमजुङ, गोरखा, कास्की, बाग्लुङ, तनहुँ गरी अन्य क्षेत्रमा पनि प्रचलित देखिन्छ । यस लेखमा बाह्रमासे ठाडो भाका लोकगीतमाकेकस्ता विधात प्रयोग भएका छन् भन्ने मूल समस्याका रूपमा लिई विषयको व्याख्या तथा विश्लेषण गरिएको छ । यस लेखमा यस गीतको प्रचलनका बारेमा चर्चा गरी बाह्रमासे ठाडो भाका लोकगीतको तत्त्वहरूका पहिचान गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यसका लागि प्राथमिक र द्वितीयक स्रोतबाट बाह्रमासे ठाडो भाका लोकगीतको सङ्कलन गरी तिनको अध्ययन र विश्लेषण गरएको छ । बाह्रमासे ठाडो भाका लोकगीतका तत्त्वहरूमा कथ्यविषय वा मूलभाव, शैली, भाषा, स्थायी अन्तरा, थेगो, लय वा सङ्गीत, रङ्गमञ्च, वेषभूषा र उद्देश्य जस्ता तत्त्वहरू पर्दछन् । तसर्थ, बाह्रमासे ठाडो भाका लाकगीतका यिनै तत्त्व सम्बन्धी मूल समस्यामा केन्द्रित रही बाह्रमासे ठाडो भाका लोकगीतमा विधातत्त्वको खोजी गरिएको यस लेखमा बाह्रमासे ठाडो भाका लोकगीतलाई साक्षी मानी यसैका आधारमा विषयको अध्ययन विश्लेषण गरी तिनको सामान्यीकरण गरिएको छ । बाह्रमासे ठाडो भाका लोकगीतको तत्त्वहरूको पहिचान गरी यसको प्रस्तुतिगत शैली, संस्कार, संस्कृति, सामाजिक तथा सांस्कृतिक पक्षसँग यसको सम्बन्ध जस्ता पक्षहरूसमेतको यस गीतमा व्यक्त भएका छन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
168
PDF
0

Downloads

Published

2025-02-04

How to Cite

लमजुङ जिल्लामा प्रचलित बाह्रमासे ठाडो भाका लोकगीतको विधातत्त्व {Genre elements of Barhamase Thado Bhaka folk songs practiced in Lamjung district}. (2025). Cognition, 7(1), 264-274. https://doi.org/10.3126/cognition.v7i1.74809

Issue

Section

Articles

How to Cite

लमजुङ जिल्लामा प्रचलित बाह्रमासे ठाडो भाका लोकगीतको विधातत्त्व {Genre elements of Barhamase Thado Bhaka folk songs practiced in Lamjung district}. (2025). Cognition, 7(1), 264-274. https://doi.org/10.3126/cognition.v7i1.74809