चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}

Authors

  • विपेन Bipen विश्वकर्मा Biswakarma

DOI:

https://doi.org/10.3126/cognition.v7i1.74801

Keywords:

चेतना, प्रविधि, विजुवा, विज्ञान, भौतिकवाद

Abstract

प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरैवेति उपन्यासमा के–कस्तो युगचेतनाको अभिव्यक्ति पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको छ । यसका लागि चरैवेति उपन्यास प्राथमिक सामग्री र युगचेतनासँग सम्बन्धित द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । तिनको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । युग र सामाजिक सांस्कृतिक परिवेश, युगीन राजनीति, युगीन आर्थिक अवस्था, युगीन विचारधारा, उपन्यासका युगीन प्रवृत्तिहरू, युगमा आधारित लेखकीय र सामाजिक अनुभव गरी यी छओटा आधार नै कृतिको विमर्श गर्ने सैद्धान्तिक स्वरूप हुन् । पाठविश्लेषण विधिमा आधारित यस अध्ययनका आधारमा पूर्वी नेपालको पहाड र तराईको जनजीवन, त्यहाँ व्याप्त धर्मान्तरण, हिन्दु अतिवाद, छुवाछुत, जातीय विभेद, विदेशी संस्कृतिको नकारात्मक प्रभाव, हिन्दु, इसाई र किरात धर्मबिचको मतमतान्तर आदि चरैवेति उपन्यासमा प्रयुक्त युग र सामाजिक सांस्कृतिक परिवेश हो । पञ्चायतकालीन शासन व्यवस्था, इसाईहरूमाथि धार्मिक प्रतिबन्ध लगाउनु, धर्म प्रचारको आरोपमा प्रहरी प्रशासनले धरपकड गर्नु र मुद्दा लगाउनु आदि उपन्यासमा प्रयुक्त युगीन राजनीति हो । जङ्गल फाँडेर बसोबास गर्नु, खानलाउनकै दुःखले बसाइँ सर्नु, समयमै अस्पतालको उपचार प्राप्त गर्न नसकेर मृत्युवरण गर्न पुग्नु जस्ता घटनावलीले कमजोर आर्थिक अवस्थालाई बुझाउँछ । समाजमा व्याप्त सारा धार्मिक रूढिवाद र अन्धपरम्परालाई चिर्न वैज्ञानिक चेत र मानवतावादले मात्रै सक्ने हुँदा प्रकृतिलाई रक्षा गर्ने वैज्ञानिक तथा भौतिकवादी जीवन अँगाल्नुपर्ने विचार उपन्यासमा प्रयुक्त युगीन विचारधारा हो । पूर्वीय र पाश्चात्य धर्मदर्शनको तुलनात्मक अध्ययन गर्नु, सामाजिक यथार्थतालाई प्रस्तुत गर्नु जस्ता मूलभूत औपन्यासिक प्रवृतिहरू उपन्यासमा पाइन्छ । समाजमा देखिएका विकृति, विसङ्गति, पारिवारिक बेमेल आदिजस्ता विषयलाई लेखकले उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरेका छन् । यस्तै आजको आधुनिक युगमा विज्ञान र प्रविधि प्रमुख तत्त्वका रूपमा रहेका छन्, समाजमा मानवताको खाँचो छ, प्रकृतिको संरक्षण गर्न नसके सारा जगत् खतरामा पर्छ भन्ने विचार लेखकीय सामाजिक अनुभवगत विचार हो । यसरी युगचेतनाको सिद्धान्त र प्रयोगका दृष्टिले चरैवेति उपन्यास अब्बल रहेको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
77
PDF
18

Downloads

Published

2025-02-04

How to Cite

विश्वकर्मा Biswakarma व. B. (2025). चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}. Cognition, 7(1), 256–263. https://doi.org/10.3126/cognition.v7i1.74801

Issue

Section

Articles