रूपन्देही जिल्लाका थारू समुदायमा प्रचलित सीताविवाह {Sitavivah practiced in the Tharu community of Rupandehi district}

Authors

  • मुकुन्द Mukunda शर्मा Sharma Padmakanya Multiple Campus, TU, Nepal

DOI:

https://doi.org/10.3126/cognition.v7i1.74799

Keywords:

अभिनयकर्ता, खेतवाही, नाट्यीकरण, प्रदर्शमूलक, मण्डप

Abstract

प्रस्तुत आलेख रूपन्देही जिल्लाका थारू समुदायमा प्रचलित सीताविवाह लोकनाटकको प्रचलन, प्रेरणा, प्रभाव र कथास्रोत तथा प्रस्तुति विधानका बारेको अध्ययनमा केन्द्रित छ । नेपालका विभिन्न समुदायमध्ये हालको बसाइँसराइको अवस्थाबाहेक तराई र भित्री मधेश भूभागमा बसोबास गर्नेमा थारू समुदाय मुख्य पर्दछ जसको आफ्नै भाषा, संस्कृति, रीतिरिवाज, परम्परा, साहित्य र लोकसाहित्य छ । रूपन्देही जिल्लामा पनि यस समुदायको बसोबास रहेको छ । लोकसाहित्यिक विधामा सम्पन्न मानिने यस समुदायमा लोकसाहित्यका लोकगीत, गाथा, कथा, उखान, टुक्का, पहेली आदि रहे जस्तै लोकनाट्य विधा पनि प्रचलित देखिन्छ । यस्ता नाटकका विषय ऐतिहासिक, पौराणिक र लोककिंवदन्तीसँग सम्बन्धित देखिन्छन् । अध्ययनीय सीता विवाह लोकनाटक हिन्दु पौराणिक कथामा आधारित तथा आफ्नै जातीय सामाजिक सांस्कृतिक अभिव्यक्ति प्रकट भएको अभिनेयमूलक नाट्य विधा हो जसको विषय रामकथा रहेको छ । यसको रचना र प्रस्तुतिको प्रेरणा उत्तर भारतका विभिन्न ठाउँमा प्रचलित रामलीला नै हो । क्षेत्रकार्यबाट आफै प्रत्यक्ष सङ्लगन भई सामग्री सङ्कलन गरेर तयार पारिएको यस आलेखमा अध्ययनीय लोकनाटक प्रस्तुतिको प्रेरणा, प्रभाव र कथास्रोत तथा नाटकमा अभिव्यक्त जातीय सामाजिक सांस्कृतिक अभिव्यक्तिका बारेमा अध्ययन गरिएको छ । अध्ययन गर्ने क्रममा थारू समुदायमा सीताविवाह लोकनाटक प्रस्तुतिको प्रेरणा र प्रभाव, सीताविवाह लोकनाटकको प्रस्तुति विधान, प्रस्तुतिको आरम्भ, नाट्य प्रदर्शन, समापन र सीताविवाह लोकनाटकमा अभिव्यक्त जातीय सामाजिक सांस्कृतिक परम्पराको प्रकटीकरण जस्ता बुँदालाई विश्लेष्य आधार बनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
9

Author Biography

मुकुन्द Mukunda शर्मा Sharma, Padmakanya Multiple Campus, TU, Nepal

Associate Professor

Downloads

Published

2025-02-04

How to Cite

शर्मा Sharma म. M. (2025). रूपन्देही जिल्लाका थारू समुदायमा प्रचलित सीताविवाह {Sitavivah practiced in the Tharu community of Rupandehi district}. Cognition, 7(1), 230–241. https://doi.org/10.3126/cognition.v7i1.74799

Issue

Section

Articles