पूर्वीय साहित्यमा रसवाद चिन्तन र उत्पत्ति {Rasavad philosophy and its origin in Eastern literature}
DOI:
https://doi.org/10.3126/cognition.v7i1.74793Keywords:
विभाव, अनुभाव, व्यभिचारी भाव, रससूत्र, आरोपवाद, अनुमितिवादAbstract
रसवाद पूर्वीय साहित्यशास्त्रको सर्वाधिक चर्चित र आकर्षक साहित्यिकवाद हो । रसशास्त्रअनुसार रस आस्वाद्यपन हो । रससिद्धान्तका प्रवर्तक आदिआचार्य भरतमुनि हुन् । रसवादमा के कस्ता चिन्तन देखिएका छन् ? नेपाली साहित्यमा रस प्रयोग कसरी हुँदै आएको छ ? भन्ने जिज्ञासा एवम् अनुसन्धेय प्रश्नमा आधारित आधारित हुँदै अध्ययनको मूल समस्या रसवादको चिन्तन र प्रयोगसँग सम्बन्धित भएकाले यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य रसवादको चिन्तन र प्रयोगको अध्ययन गर्नु हो । यसका विशिष्ट उद्देश्यहरू रसवादमा देखिएका चिन्तनको विश्लेषण गर्नु, नेपाली साहित्यमा रस प्रयोगको अध्ययन गर्नु हो । पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको यस अध्ययनमा नेपाली साहित्यका साहित्यिक विधा र गीतलाई उद्देश्यमूलक ढङ्गबाट नमुनाको छनोट गरिएको छ । यस अध्ययनमा रससिद्धान्त, रससामग्री, रससूत्र, रसप्रकार र रसप्रयोगका सम्बन्धमा विश्लेषण गरिएको छ । यस अध्ययनको व्याख्या विश्लेषण प्रक्रिया वर्णनात्मक र विश्लेषणात्मक रहेको छ । रसवादसम्बन्धी उत्पन्न चिन्तनमा रससामग्री विभाव हुन्छ । यसमा आलम्बन विभाव र उद्दीपन विभाव हुने गर्दछ । अनुभाव, व्यभिचारी र स्थायी भाव रसभाव हुन् । यिनै स्थायी भावका आधारमा नवरस देखापर्ने गर्दछन् । शृङ्गार रस पहिलो रस हो । यो संयोग र वियोग वा विप्रलम्भ शृङ्गारमा विभाजन हुन्छ । हास्य, वीर, करुण, रौद्र, भयानक, बीभत्स, अद्भूत र शान्त रस रसप्रकार हुन् । रसउत्पत्तिका उत्पत्ति, अनुमिति, भुक्ति, अभिव्यक्तिवाद बहुचर्चित रससूत्र हुन् । नेपाली साहित्यका कविता र नाटक विधामा नवरसको प्रयोग हुनुका साथै शृङ्गार, वीर, हास्य र शान्तरसको बढी प्रयोग भएको छ । राष्ट्रिय गीतमा वीर र शान्त रस प्रयोग भएको छ । आधुनिक गीतमा नवरससँगै शृङ्गार, करुण, शान्त रसको प्रयोग हुने गरेको छ । लोकदोहोरी गीतमा समेत नवरसको प्रयोग हुनुका साथै शृङ्गार, करुण र शान्त रस बढी प्र्योग हुने गरेको छ । यस लेखका माध्यमबाट रसचिन्तन र नेपाली साहित्यमा रसप्रयोगको स्थितिका सम्बन्धमा ज्ञान प्राप्त हुने भएकाले साहित्यमा रसका बारेमा अध्ययन गर्न, अनुसन्धान गर्न चाहनेका लागि यो लेख महŒवपूर्ण हुनेछ ।