समसामयिक नेपाली नाटककारमा वैचारिक उपस्थिति {Ideological Presence in Contemporary Nepali Playwrights}
DOI:
https://doi.org/10.3126/cognition.v7i1.74789Keywords:
उत्तरआधुनिकता, रेडियोनाटक, विसङ्गतिबोध, शून्यवादAbstract
नेपाली नाटकको इतिहासमा तीसको दशकपछिको समयलाई समसामयिक कालखण्ड मानिन्छ । प्रस्तुत लेखमा यस चरणमा सक्रिय रहेका मोहनराज शर्मा, मोदनाथ प्रश्रित, ध्रुवचन्द्र गौतम, मनबहादुर मुखिया, गोपाल पराजुली र सरुभक्त आदिजस्ता नाटककारहरूको सृजनात्मक योगदान र तिनले नाटकमा प्रस्तुत गरेका वैचारिक दृष्टिकोणको विश्लेषण गरिएको छ । यो लेख तयार पार्न प्राथमिक र द्वितीयक स्रोतबाट सामाग्री सङ्कलन गरिएको छ साथै जीवित नाटककारहरूको प्रवृत्ति बुझ्न प्रत्यक्ष अन्तर्वार्ताहरू पनि लिइएका छन् । नाट्यस्रष्टाहरूको परिचयका लागि वर्णनात्मक पद्धति र उनीहरूको वैचारिक पक्षको विवेचना गर्न विश्लेषणात्मक पद्धति प्रयोग गरिएको छ । नाटक लेखनमा समयको परिवर्तनसँगै वैचारिक धारामा आएको भिन्नता र उत्तरवर्ती नाटककारहरूको सृजनामा देखा परेको वैचारिक पृथकताको अवस्थालाई पनि यस लेखमा विवेचना गरिएको छ जसले नेपाली नाटककारहरूको विविध चिन्तनलाई उजागर गरेको छ । यस लेखको मुख्य उद्देश्य नयाँ नाटककारहरूको पहिचान गराउनु र तिनीहरूको वैचारिक उपस्थिति तथा सोचको निरूपण गर्नु हो । पुस्तकालय कार्य तथा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्बन गरी तयार गरिएको यस लेखले भविष्यमा यस विषयमा अनुसन्धान गर्न इच्छुक पाठक तथा अनुसन्धाताहरूका लागि मार्गदर्शन गर्न सक्छ । समसामयिक नेपाली नाटकमा के कसरी वैचारिक उपस्थिति भएको छ भन्ने मुख्य समस्यमा केन्द्रित यस लेखमा विसङ्गति, अस्तित्व, शून्यवाद, प्रगतिशीलता, उत्तरआधुनिकता आदि
वैचारिक प्रयोग भएको निष्कर्ष नै यस लेखको प्राप्ति हो ।