‘मन, आत्मा र शरीर’ निबन्धमा आत्मचिन्तन {Self-reflection in the Essay 'Mind, Soul and Body'}
DOI:
https://doi.org/10.3126/cognition.v6i1.64484Keywords:
मन, आत्मा, शरीरAbstract
प्रस्तुत आलेख विनयकुमार शर्मा नेपालद्वारा रचित पुनरावृत्ति निबन्धसङ्ग्रहभित्रको “मन, आत्मा र शरीर” निबन्धमा आत्मचिन्तन’ विश्लेषणमा केन्द्रित रहेको छ । यो लेखमा विवेच्य निबन्ध प्रयुक्त कथ्य र निबन्धकारका चिन्तनको विश्लेषण गर्नु सान्दर्भिक रहेको देखिन्छ । यो मूलतः गुणात्मक प्रकृतिको अनुसन्धानमा आधारित रहेको छ । प्रस्तुत लेख मुख्यतया पुस्तकालयीय अध्ययनबाट सामग्रीसङ्कलन गरिएको छ । यहाँ पूर्वीय दर्शनले प्रतिपादन गरेका सिद्धान्तअन्तर्गतको दार्शनिक मान्यताका रूपमा आत्मचिन्तनजस्ता योगदर्शन र वेदान्तदर्शनका मुख्य प्रतिपाद्य विषय अभिव्यञ्जित रहेका छन् । यहाँ आत्मचिन्तनका आधारमा रहेर निबन्धभित्र रहेको आत्मसम्बन्धी चिन्तनको सूक्ष्म विवेचना गर्न निबन्धकारले जीवनजगत्सम्बन्धी वैयक्तिक चिन्तनका परिकल्पनामा पूर्वीय वैदिक षड्दर्शनका सैद्धान्तिक मान्यतालाई स्वीकार गरिएको छ । यहाँ आत्मसम्बन्धी दृष्टिकोण केकस्तो रहेको छ भन्ने उद्घाटन गर्ने काम भएको छ । विषयविश्लेषणका लागि आवश्यकताअनुसार निगमनात्मक र आगमनात्मक विधिको अवलम्बन गरेर पूर्वीय दर्शनका विविध मान्यतामध्ये आत्मसम्बन्धी मान्यतालाई आधार बनाएर आत्मसम्बन्धी चिन्तनको विश्लेषणजस्ता कुरा हेरिएको छ । यहाँ आत्मसम्बन्धी चिन्तनका दृष्टिले यस निबन्धमा शरीर नाशवान् छ तर आत्मा नित्य, अजर र अमर छ भन्ने निष्कर्ष निकालिएको छ । आत्मसम्बन्धी चिन्तनको अभिव्यक्तिका दृष्टिले यस निबन्धमा आत्मा भनेको आफू हो । यो शरीर, इन्द्रिय, प्राण, मन, बुद्धि, चित्त र अहङ्कारभन्दा परको कुरा हो भन्ने निष्कर्ष यहाँ निकालिएको छ । आत्मा नै ब्रह्म हो र आनन्दस्वरूप आत्मा आफैंभित्र छ, ज्ञानद्वारा आत्मसाक्षात्कार गर्न सकिन्छ, स्वयम्प्रकाशानन्दस्वरूप आत्मा नै जगत्को केन्द्र हो भन्ने पूर्वीय दर्शनका परिकल्पनासँग यस निबन्धको विचारमा समानता देखिएको छ ।