सुवेदीको ‘लाशहरू उठेपछि’ नाटकमा शरीर राजनीति {Body politics in Subedi's play 'Lasharu Uthepachi'}

Authors

  • शोभाकुमारी Shovakumari ढुङ्गाना Dhungana नेपाली विभाग, पाटन संयुक्त क्याम्पस, त्रिवि, पाटन ढोका, ललितपुर, नेपाल

Keywords:

पितृसत्ता, वस्तुकरण, प्रतिरोध, अधिनस्थता, लैङ्गिक विभेद

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख सुवेदीको ‘लाशहरू उठेपछि’ नाटकमा शरीर राजनीति शीर्षकमा केन्द्रित रहेर अध्ययन गरिएको छ । मिसेल फुको र नारीवादीहरूका शरीर राजनीतिसम्बन्धी अवधारणालाई सैद्धान्तिक आधार मानेर अध्ययन गरिएको यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । महिला र पुरुषबिच लैङ्गिक विभेद ल्याउने प्रमुख तत्त्व पितृसत्तात्मक सोच हो । नाटककार रोशन सुवेदीले यस नाटकमा नेपाली समाजमा पितृसत्ताद्वारा नारी शरीरमाथि हुने गरेका शोषण र उत्पीडनको यथार्थ चित्रण गरी अन्याय र अत्याचारको विरुद्धमा प्रतिरोधी चेतना जगाउने कार्य गरेका छन् । नाटकमा हर्केले तिन सन्तानकी आमा भैसकेकी आफ्नै श्रीमती सुनमायालाई वस्तुकरण गरी भारतको कोठीमा लगेर बेचेपछि एड्स लागेर मृत्यु भएको छ । दाइजो ल्याइन भनेर लोग्ने र परिवार मिलेर नव दुलहीलाई मट्तिेल खन्याई जिउँदै जलाएर मारिएको छ । लोग्नेले छोरी छोरी पाई भनेर सौता हाली कुटपिट गरेर निकालिएपछि दुई छोरी च्यापेर माइत गएकी धनमायाले माइतमा पनि बास नपाएपछि लाशमा परिणत भएकी र छोरीहरू पनि बिचल्ली भई लाश भैसकेका छन् । बोक्सीको आरोप लगाई सारा गाउँलेहरू मिलेर सामुहिक रूपमा कुटपिट गरी मानव मल खुवाएर रागिनीदेबीलाई गाउँबाट निकालेपछि लाशमा परिणत भएकी छ । जड्याहा लोग्नेबाट रातदिन रक्सी धोकेर गधालाईभैmँ निर्घात कुटेर मारिनीदेबी लाश भएकी छ । जबसम्म पुरुषप्रधान पितृसत्तात्मक सामाजिक संरचनाको अन्त्य हुँदैन तबसम्म नारी शरीरमाथि गरिने शोषणको पनि अन्त्य हुनसक्दैन । पुरुषका अधीनस्थता र शोषणबाट महिला शरीरलाई मुक्त राख्नका लागि उत्पीडित नारीहरूले अन्यायका विरुद्ध सङ्गठित भएर आवाज उठाउनुपर्दछ भन्ने उद्घोषपछि मृत अवस्थामा पुगेर मञ्चमा लडिरहेका आत्माहरू समेत अकस्मात चलमलाएर अब हामी पनि जीवन बाँच्नुपर्छ भन्दै अपराधीहरूको खोजीमा लागेको देखाएर नाटकमा नारी जीवनको उज्वल भविष्यको सङ्केत गरिएको निष्कर्ष रहेको छ ।

Abstract
241
PDF
0

Author Biography

शोभाकुमारी Shovakumari ढुङ्गाना Dhungana, नेपाली विभाग, पाटन संयुक्त क्याम्पस, त्रिवि, पाटन ढोका, ललितपुर, नेपाल

उपप्राध्यापक

Downloads

Published

2024-04-08

How to Cite

सुवेदीको ‘लाशहरू उठेपछि’ नाटकमा शरीर राजनीति {Body politics in Subedi’s play ’Lasharu Uthepachi’}. (2024). Cognition, 6(1), 290-299. https://doi.org/10.3126/cognition.v6i1.64483

Issue

Section

Articles

How to Cite

सुवेदीको ‘लाशहरू उठेपछि’ नाटकमा शरीर राजनीति {Body politics in Subedi’s play ’Lasharu Uthepachi’}. (2024). Cognition, 6(1), 290-299. https://doi.org/10.3126/cognition.v6i1.64483