‘निर्णय’ कथाको समाजशात्रीय विश्लेषण {A sociological analysis of the story 'Nirnaya'}

Authors

  • शेखर Shekhar अर्याल Aryal

Keywords:

पर्यावरण, समाजशास्त्रीय, भौगोलिक पर्यावरण, सामाजिक प्रभाव, आर्थिक र सांस्कृतिक पर्यावरण

Abstract

प्रस्तुत लेख मातृका पोखरेलद्वारा लिखित सन्त्रस्त आँखाहरू कथासङ्ग्रह (२०६१) मा समाविष्ट कथामा आधारित छ । यस कथाको विश्लेषण समाजशास्त्रीय चिन्तक इपिलि अडोल्फ तेनको जाति, युग र पर्यावरणमध्ये भौगोलिक, समाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक पर्यावरणका पक्षबाट गरिएको छ । साहित्यमा पर्यावरणको प्रभाव प्रबल रूपमा रहेको हुन्छ । पर्यावरण समाजको भौगोलिक संरचना तथा हावापानीसँग सम्बन्धित हुन्छ । भौगोलिक संरचना तथा प्राकृतिक स्थितिले साहित्यलाई प्रभाव पारेको हुन्छ । निर्णय कथामा नेपालको ग्रामीण भौगोलिक पर्यावरणका साथै सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक पर्यारवण रहेको छ । कथामा ग्रामीण जनजीवनको परिवेशलाई आधार मानी वि. सं. २०५२ सालपछिको पर्यावरणमा त्यस समयमा हुने वर्गीय भेद, सत्ताको मोहमा फसेको राजनीति, जनताप्रतिको चासो, आर्थिक अवस्था, भौगोलिक अवस्थाले पार्ने प्रभाव, चुनावी माहोल, नेपाली परिवेशमा गरेको सङ्घर्ष सशक्त रूपमा रहेको छ । मूलतः यस विश्लेषणमा समाजशास्त्रीय मान्यतामा रही जाति, क्षण र पर्यावरणमध्ये भौगोलिक, सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक पर्यावरणको प्रभाव परेको छ ।

Abstract
232
PDF
0

Downloads

Published

2024-04-08

How to Cite

‘निर्णय’ कथाको समाजशात्रीय विश्लेषण {A sociological analysis of the story ’Nirnaya’}. (2024). Cognition, 6(1), 281-289. https://doi.org/10.3126/cognition.v6i1.64481

Issue

Section

Articles

How to Cite

‘निर्णय’ कथाको समाजशात्रीय विश्लेषण {A sociological analysis of the story ’Nirnaya’}. (2024). Cognition, 6(1), 281-289. https://doi.org/10.3126/cognition.v6i1.64481