नेपालमा जैविक विविधताः वर्तमान स्थिति, खतरा र संरक्षण {Biodiversity in Nepal: Current Status, Threats and Conservation}

Authors

  • लाल बहादुर Lal Bahadur ओली Oli भूगोल केन्द्रिय विभाग, त्रि.वि., किर्तिपुर

Keywords:

जैविक विविधता, पारिस्थितिक प्रणाली, प्रजाति, वनस्पति, जीवजन्त

Abstract

प्रस्तुत लेखमा नेपालमा जैविक विविधताको स्थिति,जैविक विविधताका खतराहरु र जैविक विविधता संरक्षणको बाटो बारेमा व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनमा द्वितिय स्रोतहरूबाट प्राप्त तथ्याङ्कहरू र सूचनालाइ तालिकिकरण र बर्गीकरण गरि वर्णनात्मक विधिबाट विश्लेषण र व्याख्या गर्ने प्रयास गरिएको छ । यस अध्ययनको निष्कर्षले के देखाउँछ भने नेपाल विश्वकै सानो मुलुक भएता पनि जैविक विविधतामा नेपाल समृद्ध मुलुक हो । विशिष्ट भौगोलिक अवस्था, उचाइगत विविधता,जलवायु विविधता र यिनको समिश्रणबाट विशिष्ट पारिस्थितिक प्रणालिको विकास भएको छ । यसर्थ पारिस्थितिक प्रणालि र बासस्थान, प्रजाति र जीन गरि तीन तहको नेपालको जैविक विविधता नेपालको उचाइगत विविधता र विविध जलवायु अवस्था र अद्वितीय भौगोलिक स्थितिको प्रतिबिम्ब हो । नेपालमा ११८किसिमका परिस्थितिक प्रणालीहरु पहिचान भएका छन भने २४२ वटा सिमसार क्षेत्र रहेको पहिचान भएको छ । प्रजातिय विविधताको हिसावले हेर्ने हो भने विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत तथा कुल प्राणी प्रजातिको १.१ प्रतिशत नेपालमा पाइन्छ । यी जीवजन्तु तथा वनस्पतिका प्रजातिहरुमध्ये ७३ प्रजातिका स्तनधारी, ११३ प्रजातिका चरा, २९ प्रजातिका घस्रने प्राणी, २ प्रजातिका उभयचर, ३ प्रजातिका पुतली र ४१७ प्रजातिका वनस्पति साईटिस अनुसूचीमा सूचीकृत भएका छन । यसैगरि जैविक विविधता संरक्षणका क्षेत्रमा विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरु गर्दै यस क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी प्रशंसनीय रहँदै आएको भए पनि जैविक विविधता संरक्षणमा खतराहरु पनि छन । वन्यजन्तु वासस्थानको विनाश तथा ह्रास जलवायु परिवर्तन, अनियन्त्रित, आक्रामक बाह्य प्रजातिहरूको प्रवेश,वातावरण प्रदुषण, प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, वन्यजन्तुको चोरि शिकार तथा अवैध व्यापार, मानव –वन्यजन्तु द्वन्द्व आदि मुख्य खतराको रूपमा रहँदै आएका छन । त्यसैले नीतिगत, कानुनी र संस्थागत सुधारका साथै स्रोत पहिचान, नीति,योजना र कार्यक्रम तर्जुमा र प्रभावकारी कार्यान्वयन, जैविक विविधता क्षेत्रबाट हुने लाभांसको न्यायोचित वितरण गर्न सरकारी निकाय, स्थानीय समुदाय, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूको समन्वय र सहकार्य गरेर जैविक विविधता संरक्षण सुनिश्चित गर्न सकिन्छ ।

Abstract
1714
PDF
0

Author Biography

लाल बहादुर Lal Bahadur ओली Oli, भूगोल केन्द्रिय विभाग, त्रि.वि., किर्तिपुर

सह—प्राध्यापक

Downloads

Published

2024-04-08

How to Cite

नेपालमा जैविक विविधताः वर्तमान स्थिति, खतरा र संरक्षण {Biodiversity in Nepal: Current Status, Threats and Conservation}. (2024). Cognition, 6(1), 244-258. https://doi.org/10.3126/cognition.v6i1.64477

Issue

Section

Articles

How to Cite

नेपालमा जैविक विविधताः वर्तमान स्थिति, खतरा र संरक्षण {Biodiversity in Nepal: Current Status, Threats and Conservation}. (2024). Cognition, 6(1), 244-258. https://doi.org/10.3126/cognition.v6i1.64477