समरगाथा उपन्यासमा वर्गचेतना र वर्गद्वन्द्वबिचको सम्बन्ध {The relationship between class consciousness and class conflict in Samargatha novel}

Authors

  • निलुफर Niluphar बञ्जरा Banjara शहीद स्मारक कलेज, कीर्तिपुरमा अध्यापनरत

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64473

Keywords:

क्रान्तिकारी, जनयुद्ध, वर्गसङ्घर्ष, वर्गयुद्ध, योद्धा

Abstract

प्रस्तुत लेख ऋषिराज बरालद्वारा लिखित समरगाथा उपन्यासमा अन्तरनिहीत वर्गचेतना र यसको वर्गद्वन्द्वसँगको सम्बन्धमाथिको विश्लेषणमा केन्द्रित छ । समाजमा निरन्तर चल्ने वर्गसङ्घर्षमा उत्पीडक वर्गको विरुद्ध उत्पीडित वर्गलाई आफ्नो वर्गीय हितका बारेमा सजग गराउँदै वर्गीय चेतना जागृत गराउन यस लेखले भुमिका निर्वाह गर्ने छ । माओवादी सशस्त्र युद्धलाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस उपन्यासमा उपन्यासले वास्तविक घटनाक्रमलाई चित्रित गरेको छ कि छैन र उपन्यासमा चित्रित उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने पात्रहरूको वर्गीय चेतनासँग वर्गद्वन्द्वको के कस्तो सम्बन्ध रहेको छ भन्ने प्राज्ञिक समस्यालाई लेखमा सम्बोधन गर्ने प्रयत्न गरिएको छ । माक्र्स – एङ्गेल्सद्वारा प्रतिपादित र विकसित वर्गीयता सम्बन्धीको माक्सवादी सैद्धान्तिक अवधारणाका आधारमा लेखमा उठान गरिएको प्रस्तुत समस्यालाई हल गरिएको छ । उपन्यासले २०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र युद्धलाई यथार्थपरक ढङ्गबाट चित्रण गरेको छ । उत्पीडित नेपाली जनताले सशस्त्रयुद्धको मैदानमा देखाएको वीरता, साहस, र्सौय र उदातताको यथार्थपरक प्रस्तुति उपन्यासमा गरिएको छ । उपन्यासमा चित्रित उत्पीडित वर्गका पात्रहरू वर्गीय चेतनाले भरिपूर्ण भएका छन् । समाजमा रहेका उत्पीडक वर्गले आफूहरू माथि गरेको अन्याय, अत्याचार, शोषण र दमनका बारेमा उनीहरूलाई प्रयाप्त ज्ञान छ र यही ज्ञानका आधारमा सशस्त्र सङ्घर्षको जस्तो सुकै चुनौतीको सामना गर्न उनीहरू लागि परेका छन् । राज्यसत्ताका हरेक संयन्त्र उत्पीडक वर्गको पक्षमा हुन्छ भन्ने कुरा उपन्यासमा चित्रित ती क्रान्तिकारी पात्रहरूलाई थाहा छ । राज्यसत्ताका पुलिस, सेना, जासुसी सयन्त्र उत्पीडित वर्गका जनता र ती क्रान्तिकारी योद्धाहरूमाथि दमन गर्न केन्द्रित भएको हुन्छ तर उनीहरू राज्यसत्ताको वर्गीय पक्षधरताका बारेका सचेत भए कै कारण राज्यसत्ताद्वारा गरिने जस्तो सुकै दमनका विरुद्ध संगठित भएर लागि परेका छन् । उनीहरू आफ्नो वर्गीय मुक्तिको लागि भन्दै हाँसी –हाँसी मृत्यु वरण गर्न तयार भएका हुन्छन् । यो उनीहरूमा भएको वर्गीय चेतना कै कारण सम्भव भएको हो । यसर्थ उपन्यासमा वर्गीय चेतना र वर्गीयद्वन्द्वबिच अन्योन्याश्रित सम्बन्ध रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
7

Downloads

Published

2024-04-08

How to Cite

बञ्जरा Banjara न. N. (2024). समरगाथा उपन्यासमा वर्गचेतना र वर्गद्वन्द्वबिचको सम्बन्ध {The relationship between class consciousness and class conflict in Samargatha novel}. Cognition, 6(1), 224–234. https://doi.org/10.3126/cognition.v6i1.64473

Issue

Section

Articles