ऋग्वैदिक समाजमा नारीका सामाजिक स्थान र भूमिका {Social Position and Role of Women in Rig-Vedic Society}

Authors

  • अमृतादेवी Amritadevi शर्मा Sharma नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर, नेपाल

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64463

Keywords:

उपासना, ऋग्वैदिक, ऐश्वर्यप्रदायक, मन्त्रद्रष्टा, सर्वौच्च शक्ति

Abstract

ऋग्वेदमा नारीहरूको ईश्वरीय स्वरूप र प्राकृतिको मानवीकृत नारीस्वरूपको बन्दना र स्तुति गरिएको छ भने मानवीय स्वरूपमा आएका नारीहरूका विभिन्न पृथक भूमिकाको चित्रण छ । यहाँ ईश्वरीय, प्रकृतिको मानवीकृत स्वरूप र मानवीय स्वरूपमा आएका नारीहरू अस्तित्वपूर्ण, स्वतन्त्र, आत्मनिर्णयी, पराक्रमी, धीर र बुद्धिमतायुक्त देखिन्छन् र यिनीहरूले मन्त्रद्रष्टा, योद्धा, माता, प्रेमिका, पत्नीलगायतका भूमिकामा रहेर विभिन्न सामाजिक भूमिका निर्वाह गरेका छन् । यस अध्ययनमा ऋग्वैदिक नारीका सामाजिक स्थान र भूमिकाको मूल्याङ्कन गर्न मानवशास्त्री मोर्गनका मान्यतालाई अनुसरण गर्दै एङ्गेल्सले प्रस्तुत गरेको समाजविकासको चरण र यी चरणमा नारीको सामाजिक स्थान र भूमिकासम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा अनुसरण गरिएको छ । यस अध्ययनबाट यस ग्रन्थमा रहेको यम यमी संवादले हाडनाताभित्रको यौनसम्बन्धमा आधारित पारिवारिक संरचनालाई र उर्वशी पुरुरवा संवादले स्थायी परिवारिक संरचनाको विकास नभएको मातृवंशमा आधारित बर्बर युगको उन्नत चरणको समाजलाई देखाएका छन् । यु अ यी समाजमा नारीहरू हरेक रूपले स्वतन्त्र रहेको अवस्थालाई देखाएका छन् भने सूर्याविवाहसूक्त, शचीपौलोमीसूक्त, इन्द्राणीसूक्तलगायतले परिवारको उत्पत्ति र विकासका साथै पितृवंशमा आधारित समाजविकासको गतिभित्र नारीको सामाजिक स्थान र भूमिका क्रमशः खुम्चिँदै जान थालेको अवस्थालाई देखाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
7

Author Biography

अमृतादेवी Amritadevi शर्मा Sharma, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर, नेपाल

उपप्राध्यापक

Downloads

Published

2024-04-08

How to Cite

शर्मा Sharma अ. A. (2024). ऋग्वैदिक समाजमा नारीका सामाजिक स्थान र भूमिका {Social Position and Role of Women in Rig-Vedic Society}. Cognition, 6(1), 152–165. https://doi.org/10.3126/cognition.v6i1.64463

Issue

Section

Articles