‘चिताको ज्वाला’ कथामा समाख्यानशास्त्र

Authors

  • शारदा लामिछाने Patan Multiple Campus, TU, Patandhoka, Lalitpur, Nepal

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55690

Keywords:

वाच्यत्व, केन्द्रण, समाख्याता, संज्ञान, परकथानात्मक

Abstract

प्रस्तुत आलेख गुरुप्रसाद मैनालीद्वारा लिखित ‘चिताको ज्वाला’ कथामा समाख्यानशास्त्रीय सैद्धान्तिक अवधारणाको विश्लेषणसँग सम्बद्ध छ । यसमा समाख्याताको पहिचान कसरी गरिएको छ, समाख्यानात्मक वाच्यत्व कुन रुपमा प्रकट भएको छ । समाख्यानात्मक केन्द्रणलाई कस्तो रुपमा प्रस्तुत गरिएको छ भन्ने जिज्ञासाको समाधान खोज्न प्रयत्न गरिएको छ । यसमा समाख्यानशास्त्रसम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा कथाको विश्लेषण गरिएको हुँदा निगमनात्मक विधिको उपयोग गरिएको छ । यसमा के भनिएको छ र कसले भनेको हो भन्ने विषयको पहिचान गरिएको छ । समाख्याता पाठभित्र छ कि बाहिर छ वा आफै पात्रको रूपमा उपस्थित छ वा अरुलाई उपस्थित गराएको छ भन्ने कुराको खोजी गरिएको छ । पाठमा समाख्याता द्रष्टा वा भोक्ता कुन रूपमा वा दुवै रूपमा रहेको छ भन्ने कुराको निक्र्योल गरिएको छ । यसरी प्रस्तुत अध्ययनमा मैनालीको ‘चिताको ज्वाला’ कथामा समाख्याता प्रथम पुरुष, प्रथाम पुरुषमा पनि परकथानात्मक, खुल्ला, भोक्ता र द्रष्टा दुवै भएको र विचारलाई समाख्याता आफैले प्रस्तुत गरेको साथै शशी एक्कल केन्द्रण रहको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
59

Author Biography

शारदा लामिछाने, Patan Multiple Campus, TU, Patandhoka, Lalitpur, Nepal

Asst. Professor of Nepali

Downloads

Published

2021-01-30

How to Cite

लामिछाने श. (2021). ‘चिताको ज्वाला’ कथामा समाख्यानशास्त्र. Cognition, 3(1), 221–231. https://doi.org/10.3126/cognition.v3i1.55690

Issue

Section

Articles