‘आगोको फिलुङ्गो’ कथामा प्रतिनिधित्व, पहिचान र प्रतिरोध

Authors

  • यसोदा राई

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55682

Keywords:

प्रभुत्वशाली, सीमान्तकृत, दमन, अर्थको उत्पादन, अर्थको ग्रहण, उत्पीडन, सांस्कृतिक वर्चस्व

Abstract

प्रस्तुत शोधलेख विजय चालिसेद्वारा लेखिएको ‘आगोको फिलुङ्गो’ कथामा चित्रित प्रतिनिधित्व, पहिचान र प्रतिरोधका दृष्टिले सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । यसमा सीमान्तकृत समुदायप्रति प्रभुत्वशाली वर्गको शोषण र उत्पीडनको अध्ययन साथै वर्गीय, लैङ्गिक प्रतिनिधित्व र पहिचान, सांस्कृतिक वर्चस्व र प्रतिरोध, अर्थको उत्पादन र ग्रहणको प्रक्रियाका अवस्था केकस्तो रहेको छ भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयत्न गरिएको छ । यसका लागि सांस्कृतिक अध्ययन सम्प्रदायका स्टेवार्ड हलको अर्थको उत्पादन र ग्रहण सम्बन्धी मान्यतालाई कृति विश्लेषणको मुख्य आधार बनाइएको छ । अध्ययनका क्रममा ‘आगोको फिलुङ्गो’ कथाले नेपाली समाजमा राज्य सताद्वारा सीमान्तमा पारिएका समुदायलाई दमनकारी उपकरणका माध्यमबाट दमन र उत्पीडनमा पारेको प्रसङ्लाई जोडदार रूपमा उठाएको र सीमान्तकृत वर्गले आफूहरूमाथि गरिएको दमन र उत्पीडनका विरुद्ध सशक्त प्रतिरोध गरेको यथार्थलाई महत्त्वका साथ प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
26

Downloads

Published

2021-01-30

How to Cite

राई य. (2021). ‘आगोको फिलुङ्गो’ कथामा प्रतिनिधित्व, पहिचान र प्रतिरोध. Cognition, 3(1), 189–194. https://doi.org/10.3126/cognition.v3i1.55682

Issue

Section

Articles