जगत् उपाध्याय ‘प्रेक्षित’का कवितामा राष्ट्रप्रेम

Authors

  • यज्ञेश्वर निरौला Ratna Rajyalaxmi Campus, Exhibition Road, TU, Nepal

Keywords:

परिष्कारवादी चेतना, स्वाधीनता, स्वाभिमान, समाज रूपान्तरण, प्रगतिशीलता

Abstract

बहुमुखी प्रतिभाका धनी जगत् उपाध्याय ‘प्रेक्षित’ले नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका छन् । उनले कविता, निबन्ध, बालसाहित्य, समालोचना, शिक्षा, दर्शन आदि विविध क्षेत्रमा कलम चलाए तापनि उनी बालसाहित्यकार एवम् कविका रूपमा चिनिएका छन् । यस शोध लेखमा उनका आकुञ्चन, समयका छालहरू, म, माटो र मुटु कवितासङ्ग्रह तथा ज्वाला खण्डकाव्यमा अभिव्यक्त देशप्रेम एवम् राष्ट्रबोधको खोजी गरी विश्लेषण गरिएको छ । यस शोध लेखका निम्ति आवश्यक पर्ने प्राथमिक तथा द्वितीयक दुवै प्रकारका सामग्री पुस्तकालय विधिको नमुना छनोट पद्धतिबाट सङ्कलन गरी राष्ट्रबोधको सैद्धान्तिक अवधारणामा केन्द्रित रहेर विश्लेषण गरिएको छ । बाहिरी मुलुकले देशका विभिन्न क्षेत्रमाथि हस्तक्षेप गर्दा त्यसको विरोध गर्नु मात्र राष्ट्रबोध एवम् राष्ट्रियता होइन, माटोप्रतिको मायाभावको अभिव्यक्ति, राष्ट्रिय प्राकृतिक सौन्दर्यको वर्णन, राष्ट्र कमजोर बनाउने तत्व घुसखोरी, कमिसनखोरी, भ्रष्टाचार, कालोबजारी आदि पनि राष्ट्रघाती कार्य हुन् । यस प्रकारका राष्ट्रघाती कार्यको तीव्र विरोध गर्दै समाज सुधारको अपेक्षा राख्नु पनि राष्ट्रियताको अभिव्यक्ति हो । राष्ट्रबोधसम्बन्धी यिनै अवधारणाका आधारमा कवि प्रेक्षितका कवितालाई विश्लेषण गर्दै उनीभित्रको राष्ट्रप्रेम प्रस्ट पार्न‘ नै यस शोधलेखको निष्कर्ष रहेको छ ।

Abstract
191
PDF
0

Author Biography

यज्ञेश्वर निरौला, Ratna Rajyalaxmi Campus, Exhibition Road, TU, Nepal

उपप्राध्यापक

Downloads

Published

2021-01-30

How to Cite

जगत् उपाध्याय ‘प्रेक्षित’का कवितामा राष्ट्रप्रेम. (2021). Cognition, 3(1), 176-188. https://doi.org/10.3126/cognition.v3i1.55679

Issue

Section

Articles

How to Cite

जगत् उपाध्याय ‘प्रेक्षित’का कवितामा राष्ट्रप्रेम. (2021). Cognition, 3(1), 176-188. https://doi.org/10.3126/cognition.v3i1.55679