समकालीन नेपाली कवितामा जनजातीय बिम्ब

Authors

  • धनप्रसाद सुवेदी Patan Multiple Campus, TU, Patandhoka, Lalitpur, Nepal

Keywords:

पहिचान, गोयाङ, सौन्दर्य, बिजमफूल, चोमोलुङमा

Abstract

प्रस्तुत आलेख पछिल्लो दशकका नेपाली कवितामा प्रयुक्त बिम्बहरूको अध्ययनसँग सम्बन्धित छ । पछिल्लो दशकमा प्रकाशित केही कविता कृतिका साक्ष्यमा नेपाली कवितामा जनजातीय बिम्बहरूको प्रयोग के कस्तो छ भन्ने विषयको खोजी यसमा गरिएको छ । नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भए पनि नेपाली कविताले त्यो विविधतालाई बिम्बात्मक रुपमा प्रतिबिम्बन गर्न नसकेको अवस्थामा पछिल्लो दशकका नेपाली कवितामा त्यो सीमा तोडिएको छ र नेपाली कविताको दायरा फराकिलो भएको छ । पछिल्लो दशक खास गरेर २०६२/०६३ सालपछिका नेपाली कवितामा नेपालका विभिन्न जाति, जनजातिका सांस्कृतिक बिम्ब र मिथकहरूको प्रयोग हुन थालेको छ । यस क्रममा जनजातीय संस्कृति, इतिहास, मिथक आदिलाई नेपाली कवितामा बिम्बका रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । नेपाली राजनीति, समाज, संस्कृति, साहित्य आदि क्षेत्रमा रहेको जातीय विभेद, असमानताको विरोध गर्ने, इतिहासको पुनर्लेखन गर्ने तथा जनजातीय भाषा, संस्कृति, इतिहासप्रति गौरवबोध गर्दै जनजातीय सभ्यताको पुनर्जागरणका लागि आह्वान गर्ने प्रयोजनका लागि जनजातीय बिम्बहरूको प्रयोग भएको देखिन्छ । यस्तो प्रयोगबाट नेपाली कविता मौलिक र विशिष्ट बन्दै गएका छन् भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
282
PDF
0

Author Biography

धनप्रसाद सुवेदी, Patan Multiple Campus, TU, Patandhoka, Lalitpur, Nepal

सहप्राध्यापक

Downloads

Published

2021-01-30

How to Cite

समकालीन नेपाली कवितामा जनजातीय बिम्ब. (2021). Cognition, 3(1), 144-158. https://doi.org/10.3126/cognition.v3i1.55671

Issue

Section

Articles

How to Cite

समकालीन नेपाली कवितामा जनजातीय बिम्ब. (2021). Cognition, 3(1), 144-158. https://doi.org/10.3126/cognition.v3i1.55671