देशभक्तिका आधुनिक नेपाली गीतमा शिल्पविधान

Authors

  • ढुण्डिराज पहाडी Patan Multiple Campus, TU, Patandhoka, Lalitpur, Nepal

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55661

Keywords:

अप्रस्तुतविधान, मध्यानुप्रास, श्रव्यरमणीयता, लघु बिम्ब

Abstract

प्रस्तुत अध्ययन आधुनिक नेपाली गीतमा प्रयुक्त शिल्पपद्धतिको वस्तुनिष्ठ विश्लेषणसँग सम्बन्धित छ । यसमा देशभक्तिको सैद्धान्तिक सन्दर्भ र गीतितत्वलाई आधार बनाउँदै २००० देखि २०२० सम्मका नेपाली गीतको स्वच्छन्दतावादी गीतिधारा र प्रगतिवादी गीतिधाराका २५ ओटा विवेच्य गीतबाट तथ्याङ्क सङ्कलन गरी देशभक्तिका गीतलाई आस्वाद्य बनाउने शिल्पकौशलको सम्यक् मूल्याङ्कन गरिएको छ । देशभक्तिका आधुनिक नेपाली गीतको चयन गर्दा ऐतिहासिक घटना तथा वीर पूर्वजप्रति गर्वको अनुभव, देशको राष्ट्रिय सम्पदाप्रति आकर्षण र प्राकृतिक परिवेशप्रतिको मोहलाई सूचकका रूपमा प्रस्तुत गरिएको छ । गीतिकौशलको विश्लेषणका निम्ति गीतितत्वमा केन्द्रित हुँदै मूलतः अप्रस्तुतविधान, लयविधान र भाषाप्रयोगलाई प्रमुख आधार बनाइएको छ । प्रस्तुत अध्ययनमा देशक्तिका गीतको सौन्दर्य उच्च बनाउने शिल्पगत कारक गीतमा प्रयुक्त श्रुतिरम्य, अनुप्रासयुक्त, साङ्गीतिक, कोमल पदपदावलीको प्रयोग, लोकलयको संयोजन र रूपक, उपमा, मानवीकरण तथा सरल स्वयम् पारदर्शक बिम्बालङ्कारहरूको प्रयोग जस्ता रूपतात्विक प्रविधि नै हुन् भन्ने निष्कर्ष प्रस्तुत भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
22

Author Biography

ढुण्डिराज पहाडी, Patan Multiple Campus, TU, Patandhoka, Lalitpur, Nepal

Asst. Professor of Nepali

Downloads

Published

2021-01-30

How to Cite

पहाडी ढ. (2021). देशभक्तिका आधुनिक नेपाली गीतमा शिल्पविधान. Cognition, 3(1), 133–143. https://doi.org/10.3126/cognition.v3i1.55661

Issue

Section

Articles