‘एक चिहान’ उपन्यासमा शक्ति सम्बन्ध
Keywords:
दमन, सीमान्तीकृत, सामन्तवर्ग, निम्नवर्ग, प्रतिरोधAbstract
प्रस्तुत लेख हृदयचन्द्रसिंह प्रधानद्वारा लेखिएको एक चिहान उपन्यासको शक्ति सम्बन्धसँग सम्बद्ध छ । शक्तिसम्बन्धलाई सांस्कृतिक अध्ययनका क्षेत्रमा विकसित एउटा नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा मानिन्छ । शक्ति सम्बन्धी मान्यतालाई मसेल फुको र अन्तोनियो ग्राम्चीले अघि सारेका हुन् । समाजमा अस्तित्वमा रहेका विभिन्न लिङ्ग, जाति, वर्ग तथा क्षेत्रीयताका बीचमा शक्तिको के–कस्तो सम्बन्ध रहेको छ भन्ने कुरालाई नै शक्तिसम्बन्ध भनिन्छ । यहाँ यसै मान्यताको आधारमा रही उपन्यास भित्र रहेको शक्तिसम्बन्धलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ । उपन्यासमा शक्तिसम्बन्धको सूक्ष्म विश्लेषण गर्नका लागि मूलतःलिङ्ग, वर्ग तथा जातिलाई आधार मानी विवेच्य उपन्यासमा प्रयु क्त कथ्य र सहभागीको अध्ययन गरिएको छ । आर्थिक असमानताका कारण सिर्जित समस्यालाई मूल कथ्य बनाइएको एक चिहान उपन्यासमा समाजमा उच्च ठानिएका सामन्त वर्गले लिङ्ग, वर्ग तथा जातिका नाममा निम्नवर्गमाथि दमन गरी सीमान्तीकृत बनाएको तर निम्नवर्गले त्यसका विरुद्ध प्रतिरोध गरेर शक्तिको केन्द्रमा पुग्न सफल भएको निष्कर्ष प्राप्त भएको छ ।