‘सिपाहीको स्वास्नी’ कथामा अनुभूतिको संरचना
DOI:
https://doi.org/10.3126/cognition.v3i1.55659Keywords:
पिँढी, प्रभुत्वशाली, अधीनस्थ, उदीयमान, प्रतिरोधीAbstract
प्रस्तुत आलेखमा महेशविक्रम शाहको ‘सिपाहीकी स्वास्नी’ कथालाई अनुभूतिको संरचनाका आधारमा विश्लेषण गरिएको छ । बेलायती साहित्यिक समाजशास्त्री रेमन्ड विलियम्सद्वारा प्रतिपादित अनुभूतिको संरचना साहित्यलाई समाज संस्कृतिसंग जोडेर समीक्षा गर्ने एक महत्वपूर्ण मान्यता हो । सिद्धान्त अनुसार समाजमा हुने गरेका तीन तहगत पिँढी वा समुदायका बीचमा हुने क्रिया प्रतिक्रिया तथा अन्तरसम्बन्धबाट एकअर्काले दबाब र तनावको अनुभूति गर्छन् र यस्तो दबाब र तनावकै परिणामस्वरूप नयाँ अनुभूतिको जन्म हुन्छ र यसबाट नयाँ संरचनाको उदय हुन्छ । यस आलेखमा ‘सिपाहीकी स्वास्नी’ कथालाई अनुभूतिको संरचना सैद्धान्तिक आधारको विभिन्न उपशीर्षकमा राखेर विश्लेषण गरिएको छ ।यस कथामा पिँढी र प्रभुत्व तथा दबाब र तनावका कोणबाट यहाँ सिपाहीकी स्वास्नीको कथाको अध्ययन गरिएको छ । एउटा सशस्त्र द्वन्द्वकालीन कालखण्डको नेपाली समाज र कमली जस्ता प्रतिनिधि पात्रको माध्यमबाट अधीनस्थ पिँढीले भोगेको तनावलाई कल्पनात्मक तर विश्वसनीन अनि निकै मार्मिक तथा प्रभावकरी ढङ्गले प्रस्तुत गर्न सक्नु नै यसको मुख्य निष्कर्ष हो । प्रस्तुत आलेख अनुभूतिको संरचनाको आधारमा कृतिको विश्लेषण गर्न चाहनेहरुका लागि आधार बन्न सक्छ ।