खुसीराम पाख्रिनको आँसुको भाका गीतिसङ्ग्रहका गीतमा अलङ्कार विधान

Authors

  • निलुफर बञ्जरा

DOI:

https://doi.org/10.3126/cognition.v2i1.55615

Keywords:

प्रगतिवादी, जनवादी, शब्दालङ्कार, अर्थलङ्कार, युद्धमोर्चा, अनुप्रास, रूपक, यमक

Abstract

प्रस्तुत लेख नेपाली प्रगतिवादी गीतकार खुसीराम पाख्रिनको आँसुको भाका गीतिसङ्ग्रहका गीतको अलङ्कार विधानको विश्लेषणमा केन्द्रित छ । उनले मजदुर, किसान, गरिव र बिसङ्गत जीवनका बारेमा आफ्नो पृथक चिन्तन पेश गरेका छन् । विचारधाराका दृष्टिले उत्कृष्ट पाख्रिनका गीत रूपका दृष्टिले पनि उल्लेख्य रहेका छन् । यस लेखमा खुसीराम पाख्रिनको आँसुको भाकामा सङ्गृहीत गीतहरूलाई अलङ्कार विधानका दृष्टिले विष्लेषण गरिएको छ । गीतिसङ्ग्रहमा आएका अन्त्यनुप्रास, छेकानुप्रास, वृत्यनुप्रास, लाटानुप्रास, जस्ता अनुप्रास अलङ्कारले काव्यलाई श्रुतिमधुर बनाएको छ, त्यस्तै उपमा, रूपक, अर्थन्तरन्यास, दृष्टान्त, अतिशयोक्ति, विरोध जस्ता अलङ्कारले पनि गीतिसङ्ग्रहका गीतहरूमा अझ माधुर्यताका साथ सौन्दर्य थपेको छ । यी विभिन्न शव्दालङ्कार र अर्थालङ्कारले खुसीराम पाख्रिनको आँसुको भाका गीतिसङ्ग्रहलाई उत्कृष्ट गीतिकाव्य बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
19

Downloads

Published

2019-10-30

How to Cite

बञ्जरा न. (2019). खुसीराम पाख्रिनको आँसुको भाका गीतिसङ्ग्रहका गीतमा अलङ्कार विधान. Cognition, 2(1), 167–175. https://doi.org/10.3126/cognition.v2i1.55615

Issue

Section

Articles