नेपाली हाइकुको संरचनात्मक स्वरूप

Authors

  • यज्ञेश्वर निरौला Ratna Rajyalaxmi Campus, Exhibition Road, TU

Keywords:

हाइकाई, होक्कु, किगो, वाबी, चुकी, बिम्वालङ्कार

Abstract

विश्वकै लघुतम काव्यविधाका रूपमा चिनिँदै आएको हाइकु नेपाली साहित्यमा पनि काव्यको लघुतम उपविधाका रूपमा चिनिन्छ । जापानी साहित्यबाट नेपाली साहित्यमा भित्रिएको हाइकुको आफ्नै रचना विधान छ । सत्र अक्षरमा पूरा गरिने एउटा हाइकुमा पाँच सात पाँचको संरचना हुन्छ । यस अनुसन्धानात्मक लेखमा नेपाली हाइकुको रचना विधान केकस्तो छ र नेपाली साहित्यमा कस्तो स्वरूपमा हाइकु रचना गरिन्छ र यसको रचना पक्षलाई कुन ढङ्गले आत्मसात गरी नेपाली हाइकुकारले हाइकु रचना गरिरहेका छन् भन्ने पक्षमा चर्चा गरिएको छ । अनुसन्धानको गुणात्मक ढाँचा अनुसरण गरी तयार पारिएको यस शोध लेखमा नेपाली हाइकुको संरचना पक्षलाई शोध समस्याका रूपमा लिई मूलतः पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ र हाइकु लेखनका सैद्धान्तिक अवधारणालाई उल्लेख गरी हाइकुको आन्तरिक तथा बाह्य संरचनाबारे विश्लेषण गरिएको छ । हाइकुको आन्तरिक संरचनाअन्तर्गत यसमा प्रयोग भएको किगो, होसोमीमाथि प्रकाश पारिएको छ भने बाह्य संरचनाअन्तर्गत हाइकुमा प्रत्येक पङ्क्तिमा प्रयोग हुने अक्षरहरूको गणना, तीन पङ्क्तिको संरचना, क्रियापद प्रयोग, विम्ब तथा अलङ्कार प्रयोग, उखान प्रयोग, शब्दसंयोजन, अनुप्रास, ऋतुबोधक शब्द प्रयोग, लयात्मकता आदिका बारेमा चर्चा गरी निष्कर्ष निकालिएको छ ।

Abstract
257
PDF
0

Author Biography

यज्ञेश्वर निरौला , Ratna Rajyalaxmi Campus, Exhibition Road, TU

Associate Professor of Nepali

Downloads

Published

2023-06-12

How to Cite

नेपाली हाइकुको संरचनात्मक स्वरूप. (2023). Cognition, 5(1), 203-217. https://doi.org/10.3126/cognition.v5i1.55443

Issue

Section

Articles

How to Cite

नेपाली हाइकुको संरचनात्मक स्वरूप. (2023). Cognition, 5(1), 203-217. https://doi.org/10.3126/cognition.v5i1.55443