‘बुढा र बुढी’ लोककथाको संरचनात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/cognition.v5i1.55435Keywords:
संरचनात्मक, लोककथा, घटक, श्रुतिपरम्परा, सङ्खुवासभाAbstract
प्रस्तुत आलेख ‘बुढा र बुढी’ लोककथाको संरचनात्मक विश्लेषणसँग सम्बन्धित छ । यहाँ बुढा र बुढी लोककथाको कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीय कोणबाट विश्लेषण गरिएको छ । संरचनात्मक घटकहरुको पारस्परिक सम्बन्धबाट बन्ने पूर्ण कृति हो । यसमा पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठताजस्ता गुण हुन्छ । कृतिको आकृति नै संरचना हो । प्रस्तुत लोककथाको कथानकविन्यास क्रमिक ढाँचामा संरचित छ । कथानकको आदि, मध्य र अन्त्यको शृङ्खला मिलेको छ । लोककथामा उपस्थित सहभागीहरूका कार्यव्यापारले लोककथालाई जीवन्त र मौलिक बनाएका छन् । यहाँ प्रस्तुत लोककथाले ग्रामीण पूर्वेली नेपाली समाजको परिवेशलाई देखाएका छन् । यस लोककथाको भाषाशैली सरल, सहज छ । ग्रामीण जीवनका आरोहअवरोह, उनीहरूको यथार्थतालाई सामाजिक लोककथाले देखाएका छन् । यस लोककथाले सत्मार्गमा हिँड्ने, सत्कर्म गर्ने, अरूको कुभलो नचिताउने, चोरेर, ठगेर कमाएको सम्पत्तिले नपुग्ने नैतिक सन्देश दिएको छ ।