‘सिमली छायामा बसी’ गीतमा लयविधान
DOI:
https://doi.org/10.3126/cognition.v5i1.55432Keywords:
पङ्क्तिविन्यास, लेख्यचिह्न, विचलन, विपरीतता, समानान्तरताAbstract
‘सिमली छायामा बसी’ गीतकार जीवन शर्मा (२०१६) द्वारा लिखित गीत हो । यस गीतमा उनले मानवीय मूल्यको ह्रास, विकृति, अन्याय, शोषण, आतङ्क, हत्याजस्ता कुराको विरोध, प्रगतिवादी विचार, क्रान्तिकारी स्वर, निम्नवर्गप्रति सहानुभूति जस्ता विषयवस्तु प्रस्तुत गरेका छन् । गरीब भरियाको सामाजिक यर्थाथ प्रस्तुत गरिएको यस गीत मानव जीवनमा भोग्नु परेको वास्तविक पक्षसँग मेल खान्छ । गीत भित्रको सुललित अन्तरगुन्जन अथवा साङ्गीतिक अन्तरप्रवाह नै गीतको लय हो र यो भाषाका माध्यमबाट प्रस्तुत हुन्छ । लयविधानलाई कविताको सबैभन्दा प्रमुख विधागत अभिलक्षण र साहित्यका अन्य विधासँगको विभेदक अभिलक्षण मानिन्छ । शास्त्रीय नियमअनुसार लेखिएका कवितामा पाउ, श्लोक र छन्दका माध्यमबाट लय सिर्जना भएको हुन्छ भने गद्यकवितामा वार्णिक तथा शाब्दिक पुनरावृत्ति, अनुप्रास, विचलन, समानान्तरता, पङ्क्तिविन्यास आदिका माध्यमबाट विशिष्ट लयको सिर्जना हुन्छ । लयले कवितालाई श्रुतिमधुर र गेयात्मक बनाउने भएकाले प्रस्तुत परिच्छेदमा काव्यिक लयको स्वरूप, छन्द र लयको सम्बन्ध, काव्यिक लयको वर्गीकरण तथा गद्यकवितामा लयविधानको चर्चा गरिन्छ । यस लेखमा यिनै कोणबाट गीतकार जीवन शर्माको ‘सिमली छायामा बसी’ गीतको लयविधानको व्याख्या गरिएको छ । यो गीत रक्तिमका गीतहरू (२०५७) गीतिसङ्ग्रहमा समेटिएको छ । प्रस्तुत गीत १६० शब्द, २६ पङ्क्ति र ९ अनुच्छेदमा संरचित छ । यस गीतको लयविधानको अध्ययनका लागि लयविधानको विभिन्न सैद्घान्तिक आधारहरू पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरितता, खण्डीकरण, सम्बोधन र लेख्यचिह्नहरूलाई आधार लिएर गीतको विश्लेषण गरिएको छ ।
‘