प्रसाईका उपन्यासमा पितृसत्ताप्रतिको प्रतिरोधी नारीचेतना

Authors

  • अम्बिका अर्याल Padmakanya Multiple Campus, TU, Bagbazzar

Keywords:

अस्तित्व, पहिचान, पितृसत्ता, नारीवाद, लैङ्गिकता

Abstract

सत्तामा रहनेका निर्णय, शासन र शक्तिका आधारमा राज्यसञ्चालन हुने गर्दछ । तसर्थ पुरुषकै हालीमुहाली र वर्चस्वले पितृसत्तामा स्थान पाउँछ । सृष्टिमा समान रूपमा विकसित भएका नारी र पुरुषको आफ्नै महत्त्व र भूमिका हुँदाहुँदै दुईका भिन्न लिङ्गलाई आधार बनाएर विभेदका मानक स्थापित गर्दै अघि बढेको पुरुषकेन्द्रित पितृसत्तात्मक व्यवस्था पुरुषकै हितबाट अभिप्रेरित छ । पुरुषले नारीलाई जैविक आधारमा कमजोर साबित गर्दै पारिवारिक, सामाजिक, कानुनी, आर्थिक आदि भूमिकामाथि गरेको विभेद तथा दमनलाई पितृसत्ताले समर्थन गरेको छ । यसर्थ पुरुषको श्रेष्ठता, शक्तिशाली एवम् आधिपत्य भूमिकाका विपरीत महिलालाई कमजोर, निरीह तथा शक्तिहीन ठानी उत्पीडन र दमनको सिकार बनाइरहने एकलौटी र पुरुषकेन्द्री संस्था नै पितृसत्ता हो । नेपालमा पनि पितृसत्तात्मक व्यवस्था र त्यसको प्रभाव कायमै छ । देशको राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिने साहित्यिक कृतिमा समेत पितृसत्तात्मक प्रभाव र वर्तमानमा त्यसप्रति सचेत नारीका चेतना मुखरित भएका हुन्छन् । प्रसाईका उपन्यासमा पनि पितृसत्ताले नारीमाथि गर्ने शासन, दमन र विभेदका विरुद्धमा नारीले गरेका विद्रोह, सङ्घर्ष तथा त्यसप्रतिको प्रतिरोधी चेतनालाई केकसरी प्रस्तुत गरिएको छ भन्ने मूल जिज्ञासामा केन्द्रित भएर सोही प्रश्नको प्राज्ञिक उत्तर खोज्ने उद्देश्य यस लेखको रहेको छ । यसका लागि सिमोन द बुभाले अघि सारेका पितृसत्ताप्रतिको प्रतिरोधी चेतनासम्बन्धी नारीवादी सिद्धान्तलाई कृतिविश्लेषणको सैद्धान्तिक आधार मानी निगमनात्मक विधिबाट तथ्यको विश्लेषण गरी समस्याको निरूपण गरिएको छ । प्रसाईका हालसम्म प्रकाशित चारवटै उपन्यासको विश्लेषणबाट उनका उपन्यासमा नारीहरूमाथि पितृसत्तात्मक व्यवस्था र सोचका कारण गरिने फरक व्यवहार, दोस्रो दर्जाका रूपमा नारीलाई हेरिने परिपाटी र पितृसत्ताले निर्माण गरेका नीतिनियम र व्यवहारमा हुने लैङ्गिक विभेद एवम् शोषणप्रति सचेत नारीको बुलन्द आवाजले पितृसत्ताप्रतिको प्रतिरोधी नारीचेतनालाई प्रस्ट पारेको निष्कर्ष निकालिएको छ । यसले साहित्यमा समाजको यथार्थलाई प्रस्तुत गर्ने मात्र नभएर वर्तमान समाजको दिशा बदल्ने वा समाजलाई मार्गनिर्देश गर्ने शक्ति हुने तथ्यलाई प्रस्ट पारेको छ । पितृसत्ताले गाँजेको नेपाली समाजमा यसप्रतिको नारीचेतना आवश्यक रहेको र समतामूलक समाज निर्माणका लागि सचेत व्यक्तिले लिङ्गकै आधारमा बनेका कृत्रिम मानक तथा सोचलाई बदल्न सक्नुपर्ने विचार सम्प्रेषण गरी समाजपरिवर्तनका लागि मार्गनिर्देश गर्नमा प्रसाईका उपन्यास सबल रहेको तथ्यलाई समेत यस लेखले उजागर गरेको छ ।

Abstract
313
PDF
0

Author Biography

अम्बिका अर्याल, Padmakanya Multiple Campus, TU, Bagbazzar

Asst. Professor of Nepali

Downloads

Published

2023-06-12

How to Cite

प्रसाईका उपन्यासमा पितृसत्ताप्रतिको प्रतिरोधी नारीचेतना. (2023). Cognition, 5(1), 121-136. https://doi.org/10.3126/cognition.v5i1.55424

Issue

Section

Articles

How to Cite

प्रसाईका उपन्यासमा पितृसत्ताप्रतिको प्रतिरोधी नारीचेतना. (2023). Cognition, 5(1), 121-136. https://doi.org/10.3126/cognition.v5i1.55424