‘मधेसतिर’ कथामा चार्वाक दर्शन {Charvak Philosophy in the story 'Madhestira'}
DOI:
https://doi.org/10.3126/cognition.v4i1.46832Keywords:
लोकायत, अनीश्वरवाद, भौतिकवाद, पूनर्जन्म, पूर्वजन्म, Lokayat, atheism, materialism, prebirth, reincarnationAbstract
मधेसतिर कथामा चार्वाक दर्शन शीर्षकको यस आलेख पूर्वीय दर्शनअन्तर्गत चार्वाक दर्शनमा आधारितभई तयार गरिएको छ । विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित मधेसतिर कथामा आएका विभिन्नपात्र सुखको खोजीमा मधेसतिर झरेको प्रसङ्ग कथामा प्रस्तुत छ । पूर्वीय दर्शनअन्तर्गत वैदिक रअवैदिक गरी दुई भेद रहेका छन् । पूर्वीय अवैदिक दर्शनमा बौद्ध, जैन र चार्वाक दर्शन पर्दछन् ।चार्वाक दर्शनसम्बन्धी विद्वानहरूका परिभाषा, मान्यता र विशेषतालाई यस अध्ययनमा समेटिएको छ ।चार्वाक दर्शनले वैदिक षड्दर्शनले राख्ने ईश्वर, आत्मा, पूर्वजन्म, पुनर्जन्म जस्ता मान्यतालाई अस्वीकार गर्दछ । भौतिकवादी दर्शनका रूपमा चिनिने यो दर्शनले राख्ने विभिन्न मान्यताहरूको निरूपण गर्दै मधेसतिर कथाका घटनाक्रम र त्यहाँ उपस्थित भएका विधवा, बूढो, भोटे, गोरे र धनेजस्ता पात्रका कार्यव्यापारहरूलाई चार्वाक मतका दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।
{This article titled Charvak Darshan in Madhestir Katha has been prepared based on Charvak Darshan under Eastern philosophy. Written by Vishweshwar Prasad Koirala, the story of various characters who came to Madhes in search of happiness is presented in the story. There are two distinctions in Eastern philosophy, Vedic and Non-Vedic. Eastern non-Vedic philosophy includes Buddhist, Jain and Charvaka philosophy. The definitions, beliefs and characteristics of scholars related to Charvaka philosophy are included in this study. Charvaka philosophy rejects the beliefs of God, soul, pre-birth, reincarnation held by Vedic philosophy. Depicting the various beliefs held by this philosophy known as materialist philosophy, the events of the Madhestir story and the actions of the characters present there such as widows, old men, bhotes, whites and riches have been analyzed from the point of view of Charvak Mat.}