तीन घुम्ती उपन्यासमा लैङ्गिक शक्तिसम्बन्ध {Gender Power Relations in the Novel Tin Ghumti}

Authors

  • रन्जुकुमारी Ranjukumari देव Dev पाटन संयुक्त क्याम्पस, त्रिवि, ललितपुर Patan Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46799

Keywords:

प्रतिनिधित्व, लैङ्गिकता, पितृसत्ता, अधीनस्थ, प्रतिरोध

Abstract

प्रस्तुत अध्ययन लैङ्गिक शक्तिसम्बन्धसँग सम्बन्धित रहेको छ । यसका लागि विश्वेश्वरप्रसादको तीन घुम्ती उपन्यासलाई लिइएको छ । यस अध्ययनमा महिला तथा पुरुषहरूको कार्य तथा भूमिकाकाआधारमा लैङ्गिक शक्तिसम्बन्धको विश्लेषण गरिएको छ । यसका साथै यस अध्ययनमा लैङ्गिक भूमिका र व्यवहारका कारण समाजमा देखिएको लैङ्गिक विभेद, शोषण, दमन, हिंसा जस्ता पक्षहरूके कारणले उत्पन्न भएको हो, त्यसको समेत अध्ययन गरिएको छ । समाजमा पितृसत्तात्मक सोचकाकारण महिला तथा पुरुषको भूमिका फरक रहेको देखिन्छ जसले गर्दा तिनीहरूको कार्य र व्यवहारपनि फरक रहेको छ । फरकफरक भूमिकाकै कारण समाजमा महिला र पुरुषको समाजिक, आर्थिक,शैक्षिक, राजनीतिक जस्ता क्षेत्रमा समान पहुँच छैन । उत्पादनका स्रोत साधनमा असमान पहुँचकै कारण महिलाहरू पुरुषका तुलनामा शक्तिविहीन बनेका छन् भने पुरुषहरू आफ्नो वर्चस्व तथा पहुँचका कारण घरपरिवार तथा समाजमा शक्तिशाली बनेका छन् । त्यस्तै पुरुषवादी सोचकै कारण कतिपय महिलाहरू स्वयम् पीडित हुनुका साथै पुरुषको अधीनमा बस्न बाध्य छन् । यस उपन्यासमा पनि पुरुषवादी सोचकैकारण इन्द्रमायाकी आमा अधीनस्थ अवस्था बस्न बाध्य भएको र इन्द्रमायाले पितृसत्तात्मक समाजका विरूद्ध प्रतिरोधका माध्यमबाट शक्ति निमार्ण गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
69
PDF
60

Author Biography

रन्जुकुमारी Ranjukumari देव Dev, पाटन संयुक्त क्याम्पस, त्रिवि, ललितपुर Patan Multiple Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-07-20

How to Cite

देव Dev . र. R. (2022). तीन घुम्ती उपन्यासमा लैङ्गिक शक्तिसम्बन्ध {Gender Power Relations in the Novel Tin Ghumti}. Cognition, 4(1), 190–199. https://doi.org/10.3126/cognition.v4i1.46799

Issue

Section

Articles