तीन घुम्ती उपन्यासमा लैङ्गिक शक्तिसम्बन्ध {Gender Power Relations in the Novel Tin Ghumti}

Authors

  • रन्जुकुमारी Ranjukumari देव Dev पाटन संयुक्त क्याम्पस, त्रिवि, ललितपुर Patan Multiple Campus, TU

Keywords:

प्रतिनिधित्व, लैङ्गिकता, पितृसत्ता, अधीनस्थ, प्रतिरोध

Abstract

प्रस्तुत अध्ययन लैङ्गिक शक्तिसम्बन्धसँग सम्बन्धित रहेको छ । यसका लागि विश्वेश्वरप्रसादको तीन घुम्ती उपन्यासलाई लिइएको छ । यस अध्ययनमा महिला तथा पुरुषहरूको कार्य तथा भूमिकाकाआधारमा लैङ्गिक शक्तिसम्बन्धको विश्लेषण गरिएको छ । यसका साथै यस अध्ययनमा लैङ्गिक भूमिका र व्यवहारका कारण समाजमा देखिएको लैङ्गिक विभेद, शोषण, दमन, हिंसा जस्ता पक्षहरूके कारणले उत्पन्न भएको हो, त्यसको समेत अध्ययन गरिएको छ । समाजमा पितृसत्तात्मक सोचकाकारण महिला तथा पुरुषको भूमिका फरक रहेको देखिन्छ जसले गर्दा तिनीहरूको कार्य र व्यवहारपनि फरक रहेको छ । फरकफरक भूमिकाकै कारण समाजमा महिला र पुरुषको समाजिक, आर्थिक,शैक्षिक, राजनीतिक जस्ता क्षेत्रमा समान पहुँच छैन । उत्पादनका स्रोत साधनमा असमान पहुँचकै कारण महिलाहरू पुरुषका तुलनामा शक्तिविहीन बनेका छन् भने पुरुषहरू आफ्नो वर्चस्व तथा पहुँचका कारण घरपरिवार तथा समाजमा शक्तिशाली बनेका छन् । त्यस्तै पुरुषवादी सोचकै कारण कतिपय महिलाहरू स्वयम् पीडित हुनुका साथै पुरुषको अधीनमा बस्न बाध्य छन् । यस उपन्यासमा पनि पुरुषवादी सोचकैकारण इन्द्रमायाकी आमा अधीनस्थ अवस्था बस्न बाध्य भएको र इन्द्रमायाले पितृसत्तात्मक समाजका विरूद्ध प्रतिरोधका माध्यमबाट शक्ति निमार्ण गरेको निष्कर्ष निकालिएको छ ।

Abstract
237
PDF
0

Author Biography

रन्जुकुमारी Ranjukumari देव Dev, पाटन संयुक्त क्याम्पस, त्रिवि, ललितपुर Patan Multiple Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-07-20

How to Cite

तीन घुम्ती उपन्यासमा लैङ्गिक शक्तिसम्बन्ध {Gender Power Relations in the Novel Tin Ghumti}. (2022). Cognition, 4(1), 190-199. https://doi.org/10.3126/cognition.v4i1.46799

Issue

Section

Articles

How to Cite

तीन घुम्ती उपन्यासमा लैङ्गिक शक्तिसम्बन्ध {Gender Power Relations in the Novel Tin Ghumti}. (2022). Cognition, 4(1), 190-199. https://doi.org/10.3126/cognition.v4i1.46799