अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव {Imitation theory and its impact on Nepali literature}

Authors

  • यमनाथ Yamanath तिमिल्सिना Timilsina नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

DOI:

https://doi.org/10.3126/awadharana.v7i1.49334

Keywords:

मर्मज्ञ, फोटोग्राफी, काव्यशास्त्र, दर्शन, अनुकरण सिद्धान्त

Abstract

प्रस्तुत ‘अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव’ शीर्षकको आलेख अनुकरणसिद्धान्तको सैद्धान्तिक परिचय दिई नेपाली साहित्यमा यसको प्रभावलाई सिंहावलोकन गर्ने  उद्देश्यले तयार गरिएको हो । लेखनका क्रममा पुस्तकालय कार्यको उपयोग गरी सङ्कलन  गरिएका सामग्रीहरुको अध्ययन विश्लेषण गरेर निष्कर्षमा पुगिएको छ । अनुकरण सिद्धान्तले कला र साहित्यलाई जीवनजगत्को अनुकरण मान्दछ । अनुकरण सिद्धान्तका प्रतिपादक अरस्तुले साहित्य जीवनजगत्को अनुकरण भए पनि कुनै पनि वस्तुको जस्ताको तस्तै रुप उतार्न नसकिने हुनाले वस्तुका विविध रुपको चर्चा गरेका छन् । उनका अनुसार वस्तुका मुख्यतः यथार्थ, आदर्श, प्रतीयमान र सम्भाव्य रुप हुन्छन् । अनुकरण सिद्धान्तकै चर्चा गर्ने क्रममा अरस्तुले वस्तुका वर्तमान यथार्थ रुप र सम्भाव्य रुपको बाहेक अन्य रुपको अनुकरण गर्न नसकिने तर्क अगाडि सारेका  छन् । अनुकरण सिद्धान्तले कला र साहित्यलाई समाजको ऐना मान्दछ । नेपाली साहित्यका विविधविधामा प्रत्यक्ष परोक्ष रुपमा अनुकरणको प्रभाव पाइन्छ । खासगरी परिष्कारवादी र यथार्थवादी साहित्यमा अनुकरणको प्रभाव प्रबल देखिन्छ । साहित्यका विभिन्न विधाहरुमध्ये नाटक, कविता, कथा, उपन्यासजस्ता विधामा अनुकरणको प्रधानता पाइन्छ । बालकृष्ण सम, गुरूप्रसाद मैनाली,  गोपालप्रसाद रिमाल, रमेश विकल, माधव घिमिरे आदिका रचनामा अनुकरण सिद्धान्तको प्रभावपरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
102
PDF
94

Author Biography

यमनाथ Yamanath तिमिल्सिना Timilsina, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

सहप्राध्यापक

Downloads

Published

2022-11-10

How to Cite

तिमिल्सिना Timilsina य. . Y. (2022). अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव {Imitation theory and its impact on Nepali literature}. AWADHARANA, 7(1), 1–12. https://doi.org/10.3126/awadharana.v7i1.49334

Issue

Section

Articles