नेपाली व्याकरण शिक्षण प्रक्रियाको निरूपण

Authors

  • विष्णुप्रसाद शर्मा उपप्राध्यापक, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

Keywords:

भाषातत्व, रचनामुखी, वाक्यतत्वपरक, शिक्षण प्रक्रिया, स्नातक तह

Abstract

नेपाली व्याकरण शिक्षण प्रक्रियाको निरूपण’ शीर्षकको प्रस्तुत अनुसन्धानमूलक लेख अनुसन्धाता स्वयम्द्वारा लिखित ‘स्नातक तहमा व्याकरण शिक्षण प्रक्रियाको अवस्था’ शीर्षकको लघु अनुसन्धान प्रतिवेदनको सङ्क्षिप्त एवम् परिमार्जित रूप हो । यस लेखमा स्नातक तहमा व्याकरण शिक्षण प्रक्रियाको अवस्था पहिल्याउने रउक्त शिक्षण प्रक्रिया स्नातक नेपाली शिक्षण निर्देशिका (२०६६) र स्नातक नेपाली पाठ्यक््रmम (२०६९) ले निर्देश गरेअनुसार रचनामुखी एवम् सम्पे्रषणात्मक किसिमले भए नभएको निरूपण गर्ने उद्देश्य राखिएको छ । यो लेख एकल सत्यमा आधारित गुणमात्रात्मक प्रकृतिको भएकाले यसका लागि कास्की जिल्लाका स्नातक तहमा अध्यापन गर्ने १० जना शिक्षक र उनीहरूका व्याकरण शिक्षणसँग सम्बन्धित १० वटा कक्षालाई नमुना जनसङ्ख्याका रूपमा लिई प्रश्नावली र कक्षा अवलोकन उपकरणका माध्यमबाट तथ्य सङ्कलन गरी रचनामुखी र सम्प्रेषणात्मक शिक्षण पद्धतिका आधारमा तथ्य विश्लेषणका साथै निष्कर्ष स्थापित गरिएको छ । तथ्याङ्क विश्लेषणका क्रममा तालिकीकरण, बारम्बारता, प्रतिशताङ्क जस्ता आधार एवम् साक्ष्यका साथ पूर्व अध्येतासँग संवाद गर्दै लेखकीय दृष्टिकोण प्रस्तुत गरिएको छ । भाषातत्व अन्तर्गतका अक्षरसंरचना, वर्णविन्यास, पदवर्ग जस्ता पक्षमा आधारित भएर गरिएको यस अध्ययनबाट स्नातक तहमा व्याकरण शिक्षणलाई रचनामुखी, सम्प्रेषणात्मक एवम् व्यावहारिक बनाउने भनिए पनि शिक्षण परम्परागत नियम, परिभाषा र उदाहरण केन्द्रित देखिन्छ । भाषातत्व शिक्षणका
क््रmममा पर्याप्त अभ्यास, छलफल, अन्तक्र्रिया, प्रस्तुतीकरण, पृष्ठपोषण जस्ता रचनामुखी एवम् सम्प्रेषणात्मक विधिमा आधारित भएर गरिने शिक्षण कार्य यस तहमा ५० प्रतिशतभन्दा कम भएको देखिन्छ ।

, ,, ,  ।

Abstract
337
PDF
0

Downloads

Published

2020-07-01

How to Cite

शर्मा व. (2020). नेपाली व्याकरण शिक्षण प्रक्रियाको निरूपण. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 98-109. https://doi.org/10.3126/jjis.v9i1.46538

How to Cite

शर्मा व. (2020). नेपाली व्याकरण शिक्षण प्रक्रियाको निरूपण. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 98-109. https://doi.org/10.3126/jjis.v9i1.46538