अनेक रस र एक मूल रस सम्बन्धी मान्यताको अनुशीलन (Anek Ras ra Aek Mul Ras Sambandhi Manyatako Anushilan)
DOI:
https://doi.org/10.3126/jjis.v2i1.18074Keywords:
Acek ras, Mul rasAbstract
संस्कृत काव्यशास्त्रमा रस सिद्धान्त प्राचीन, अपेक्षाकृत व्यापक वा संश्लेषणकारी
र बहुमान्य सिद्धान्त मानिन्छ । यसलाई सुरुमा नाटक केन्द्री बनाई भावमूलक कलात्मक स्थिति वा वस्तुपरक दृष्टिकोणका रूपमा र पछि समग्र साहित्य केन्द्री बनाई आत्मस्थ आस्वाद वा आत्मपरक दृष्टिकोणका रूपमा व्याख्या गर्ने काम भएको छ । वस्तुपरक व्याख्याले यसका भेद वा सङ्ख्यालाई पनि सङ्केत गर्ने भए पनि आत्मपरक व्याख्याले सामान्यतः त्यसको अखण्ड स्वरूपलाई सङ्केत गर्दछ । तर आत्मास्वाद बनेको रस पनि भावमा आधारित हुने र भावहरूको अनेकताका कारण बाह्य रूपमा त्यो अनेक पनि हुने ठानिन्छ । त्यसैले संस्कृत काव्यशास्त्रमा सुरुमा अनेक रसको चर्चा र केही समयपछि अनेक तथा एक मूल रसको कल्पना गरिएको छ । एउटै व्यक्ति (भोज) ले रसका अत्यधिक सङ्ख्या र एकै मूल रसको कल्पना पनि गरेको भेटिन्छ । यस्ता अनेक रसवादीमध्ये अधिकांशले मूलतः नवरसलाई नै महत्त्व दिएका छन् भने एक मूल रसवादीहरूले नवरसमध्येकै (कण, शान्त, शृङ्गार र अद्भुतमध्ये कुनै एउटालाई मूल र अरूलाई त्यर्सैबाट उत्पन्न रस मानेका छन् । यही सन्दर्भलाई यहा“ क्रमशः चर्चा गर्दै तिनको समकालीन साहित्यप्रतिको प्रासङ्गिकता पनि आकलन गर्न खोजिएको छ ।
Janapriya Journal of Interdisciplinary Studies
Vol. 2, No.1 (December 2013), page: 110-121