प्राचीन शास्त्रहरूको दोहोरो नीतिमा हिन्दू नारीहरू {Hindu women in the double policy of ancient scriptures}

Authors

  • कविता Kabita श्रेष्ठ Shrestha

DOI:

https://doi.org/10.3126/voc.v9i1.49845

Keywords:

बहुविवाह धर्मभ्रष्ट, ब्राह्मण साहित्यको युगमा, वैदिक नारी, विश्वभरा, मन्त्रद्रष्टूा

Abstract

प्राचीन हिन्दू समाजमा विद्यमान नारीहरुको अवस्थाका बारेमा प्राचीन हिन्दू बीचारकहरुले समय समयमा व्यक्त गरेका बीचारहरुको आधारमा हेर्दा वैदिक कालतिर समाजमा नारी र पुरुषबीच खासै भेदभाव थिएन भन्ने बुझिन्छ । समाजमा नारीहरुको स्थान, उनीहरुको अधिकार र दायिङ्खव आदिका साथै शिक्षा–दीक्षा तथा अन्य विषयमा समेत समानताको भावना भएको विश्वास गरिन्छ । वैदिक साहित्यहरुको अध्ययन गर्दा त्यसबेला नारीहरु स्वतन्त्ररुपले शिक्षा लिन सक्ने तथा आनो स्वेच्छाले जीवन साथी छान्न सक्ने अवस्थामा थिए । तर पछिल्लो चरणमा आएर स्मृतिकारहरुले नारीहरुका सम्बन्धमा अनेक वन्देजहरु कायम गरेपछि भने नारीहरु क्रमशः सामाजिक नियम र कानूनको परिधिभित्र बाँद्धिै जान थाले । हिन्दू धर्मशास्त्रहरुको सूक्ष्म अध्ययनबाट हिन्दूहरुमा नारीको अवस्था र उनीप्रतिको दृष्टिकोण अलगअलग रुपमा तथा दोहोरोमापदण्डका रहेको पाइन्छ । हिन्दूहरुमा समयको अन्तरालमा नारीहरुलाई हेर्ने दृष्टिकोणमा युगैपिच्छे अन्तर आउँदै गयो । तर यति भए पनि उनलाई शुद्ध, देवतासमान र सत्यको पक्षपाती चरित्रवालाका रुपमा प्रस्तुत गर्ने परिपाटीलेपनि निरन्तरता पाइनै रह्यो । उनलाई चरित्रमा र निर्णय शक्तिमा सामान्यरुपमा कमजोर भएको मान्यता राखिएको भए पनि घरकी रानीका रुपमा लिने गरेको पाइन्छ । पारिवारिक कार्यमा पुरुषका तुलनामा कम स्वतन्त्रता दिइएको भए पनि उनलाई परिवारका सदस्यहरुले सम्मान गर्नुपर्ने मान्यता पनि रहेको छ । स्मृतिकारहरुले नारीको अवस्थासम्बन्धी विवरण दोहोरो मापदण्डमा दिएका भए पनि हिन्दूहरुमा नारीको अवस्था र नारीप्रतिको समाजको दृष्टिकोण सधैँ एकैप्रकारको भने रहेको देखिँदैन ।

{The ancient and medieval Hindu texts and epics discuss a woman's position and role in society over a spectrum. According to the Hindu texts, Hindu women enjoyed a very good status in ancient society without any discrimination by their male counterparts. There was no instances of child marriage, sati, or restrictions on female education. Women were participants in the philosophical debates of the Upanishads; they were scholars, teachers and priests during the Vedic age. But the later Hindu texts such as the Smritis present diverse and conflicting views on the position of Hindu women. On one side the texts address woman as a powerful goddess but side by side it is learnt from the texts that social rules were formuled to put restrictions on the activities of Hindu women. Women were considered inferior to men. The status of women seems to be deteriorated over time.}

Downloads

Download data is not yet available.
Abstract
50
PDF
59

Downloads

Published

2022-11-28

How to Cite

श्रेष्ठ Shrestha क. K. (2022). प्राचीन शास्त्रहरूको दोहोरो नीतिमा हिन्दू नारीहरू {Hindu women in the double policy of ancient scriptures}. Voice of Culture, 9(1), 13–23. https://doi.org/10.3126/voc.v9i1.49845

Issue

Section

Articles