Voice of Culture https://nepjol.info/index.php/voc
Voice of Culture is published by the Department of Nepalese History, Culture and Archaeology (NeHCA), Padma Kanya Multiple Campus, Bagbazar, Kathmandu, Nepal. The aim of the Voice of Culture is to provide a supportive environment for the researchers on Culture, History, Archaeology, Art and Architecture, Museology, Numismatics, Epigraphy, Hindu Polity, Sociology and Anthropology, Religion and Philosophy, and different issues relevant to humanities and social sciences.
Department of Nepalese History, Culture and Archaeology, Padma Kanya Multiple Campus en-US Voice of Culture 2392-487X अन्त्येष्टि संस्कार उद्भवकोे सन्दर्भमा नेवार अन्त्येष्टि संस्कार {The Origin of Death Rites in The Context of Newar Death Rites} https://nepjol.info/index.php/voc/article/view/49844
नेवार काठमाडौं उपत्यकाको प्राचीन एवम् प्रमुख निवासी हुन् । धार्मिक दृष्टिकोणले नेवार समुदाय हिन्दू र बौद्ध दुई सम्प्रदायमा आवद्ध छन् । हिन्दूमार्गीमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र चार वर्ण एवम् त्यसअन्तर्गत विभिन्न जातहरु रहेका छन् भने बौद्धमार्गीमा हिन्दूहरुको जस्तो तहयुक्त वर्ण व्यवस्था रहेको छैन तर पेशा अनुसार जाति व्यवस्था कायम भएको छ । हिन्दूमार्गीमा पुरोहितको कार्य ब्राह्मणवर्गको राजोपाध्याय र द्यःबम्र्हूद्वारा गर्दछ भने बौद्धमार्गीमा गुभाजु (वज्राचार्य) ले गर्दछ । मानव जीवनमा जन्मदेखि मरणसम्म विभिन्न संस्कारहरु सम्पन्न गरिन्छन् । जीवनको अन्त्यमा गरिने संस्कार अन्त्येष्टि संस्कार हो । नेवार समुदायमा अन्त्येष्टि संस्कार गर्नको लागि सनां गुठी, सी गुठी र बीचाः गुठीको व्यवस्था भएको छ । मृत्युको भय, मृत्युपछिको जीवनको सिद्धान्त, भय र स्नेहमिश्रित भावनाहरु र शारीरिक आवश्यकतालाई अन्त्येष्टि संस्कारको उद्भवको कारण मानिएको छ । नेवार समुदायमा अन्त्येष्टि संस्कारमा विविध मौलिकक्रियाहरु गरिन्छन् जस्तै– सिकया ब्व राख्ने, पाखाजा खाय्गु, न्हय्नुमा, जाप्वखाय्गु आदि । यी क्रियाहरु गर्नुको पछाडि अन्त्येष्टि संस्कारको उद्भवको कारणहरु रहेका छन् ।

{Newar are early and chief inhabitants of Kathmandu Valley. From the aspect of religion, Newar community consists mainly two sect, Hinduism and Buddhism. Among Hindu Newars, there are four Varna (social class), Brahman, Chetri, Vaishya and Shudra along with different castes within these Varnas while in Buddhist Newars there are no such classes of Varnas like that of Hindu Newars. There is caste system on the basis of occupation in Buddhist Newars Rajopadhyay and Dhwobarmhu are the priests among Hindu Newars where as Gubhaju are the priests in Buddhist Newars. Many sacraments are conducted throughout the birth till the death of a human life. The sacraments performed at the end of a human life is called as Death Rites. There are provisions of Sanaa Guthi, Sii Guthi and Bichaa Guthi to deal with death rites in Newar Community. The fear of death, the concept of life after death, the fear and love for the dead person and the need to manage physical remains of the dead are considered a few reasons for conductingdeath rites. Newar community have different unique activities related to death rites, for example: offering Sikayaa bwo, hanging Pakhajaa, offering Nhyenuma and Jaapwon khayegu etc. for the deceased. The reason behind conducting these kinds of unique activities is the factors that originated the culture of death rites.}
मञ्जु Manju श्रेष्ठ Shrestha Copyright (c) 2021 2022-11-28 2022-11-28 1 12 10.3126/voc.v9i1.49844 प्राचीन शास्त्रहरूको दोहोरो नीतिमा हिन्दू नारीहरू {Hindu women in the double policy of ancient scriptures} https://nepjol.info/index.php/voc/article/view/49845
प्राचीन हिन्दू समाजमा विद्यमान नारीहरुको अवस्थाका बारेमा प्राचीन हिन्दू बीचारकहरुले समय समयमा व्यक्त गरेका बीचारहरुको आधारमा हेर्दा वैदिक कालतिर समाजमा नारी र पुरुषबीच खासै भेदभाव थिएन भन्ने बुझिन्छ । समाजमा नारीहरुको स्थान, उनीहरुको अधिकार र दायिङ्खव आदिका साथै शिक्षा–दीक्षा तथा अन्य विषयमा समेत समानताको भावना भएको विश्वास गरिन्छ । वैदिक साहित्यहरुको अध्ययन गर्दा त्यसबेला नारीहरु स्वतन्त्ररुपले शिक्षा लिन सक्ने तथा आनो स्वेच्छाले जीवन साथी छान्न सक्ने अवस्थामा थिए । तर पछिल्लो चरणमा आएर स्मृतिकारहरुले नारीहरुका सम्बन्धमा अनेक वन्देजहरु कायम गरेपछि भने नारीहरु क्रमशः सामाजिक नियम र कानूनको परिधिभित्र बाँद्धिै जान थाले । हिन्दू धर्मशास्त्रहरुको सूक्ष्म अध्ययनबाट हिन्दूहरुमा नारीको अवस्था र उनीप्रतिको दृष्टिकोण अलगअलग रुपमा तथा दोहोरोमापदण्डका रहेको पाइन्छ । हिन्दूहरुमा समयको अन्तरालमा नारीहरुलाई हेर्ने दृष्टिकोणमा युगैपिच्छे अन्तर आउँदै गयो । तर यति भए पनि उनलाई शुद्ध, देवतासमान र सत्यको पक्षपाती चरित्रवालाका रुपमा प्रस्तुत गर्ने परिपाटीलेपनि निरन्तरता पाइनै रह्यो । उनलाई चरित्रमा र निर्णय शक्तिमा सामान्यरुपमा कमजोर भएको मान्यता राखिएको भए पनि घरकी रानीका रुपमा लिने गरेको पाइन्छ । पारिवारिक कार्यमा पुरुषका तुलनामा कम स्वतन्त्रता दिइएको भए पनि उनलाई परिवारका सदस्यहरुले सम्मान गर्नुपर्ने मान्यता पनि रहेको छ । स्मृतिकारहरुले नारीको अवस्थासम्बन्धी विवरण दोहोरो मापदण्डमा दिएका भए पनि हिन्दूहरुमा नारीको अवस्था र नारीप्रतिको समाजको दृष्टिकोण सधैँ एकैप्रकारको भने रहेको देखिँदैन ।

{The ancient and medieval Hindu texts and epics discuss a woman's position and role in society over a spectrum. According to the Hindu texts, Hindu women enjoyed a very good status in ancient society without any discrimination by their male counterparts. There was no instances of child marriage, sati, or restrictions on female education. Women were participants in the philosophical debates of the Upanishads; they were scholars, teachers and priests during the Vedic age. But the later Hindu texts such as the Smritis present diverse and conflicting views on the position of Hindu women. On one side the texts address woman as a powerful goddess but side by side it is learnt from the texts that social rules were formuled to put restrictions on the activities of Hindu women. Women were considered inferior to men. The status of women seems to be deteriorated over time.}
कविता Kabita श्रेष्ठ Shrestha Copyright (c) 2021 2022-11-28 2022-11-28 13 23 10.3126/voc.v9i1.49845 राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan} https://nepjol.info/index.php/voc/article/view/49863
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेका पञ्चराजाजी, ठाकुर सरदार,परी तथा अप्सरा, कुलनायक, पितृ, पुर्खा, पूर्वज, धामीधमियन जस्ता नायककासाथै वनजङ्गल, नदी खोला, पशुपंक्षीलाई देउता स्वीकार गरी सामूहिक रुपमा श्रद्धा भक्ति पूजा उपासना अर्पण गर्न ग्रामथान निर्माण गरिएको हो । ग्रामथानमा दैनिक मात्र होइन वार्षिक रुपमा मेला पर्व चल्दछ । ठूलो सङ्ख्यामा भोगबली चढाइन्छ । वार्षिकरुपमा लाग्ने मेला पूजा, भाकल तथा भोगबली ग्रामथानका विशिष्ट सांस्कृतिक परम्परा हुन् । प्रकृतिपूजक आदिवासी समुदायको बसोवासरहेका क्षेत्रमा ग्रामथान एवम् वार्षिकरुपमा चल्ने मेला पूजा परम्परा अस्तिङ्खवमा देखिन्छन् । मोरङ जिल्लामा थारु, राजवंशी, धिमाल, माझी, झाँगड, बाँतर,सन्थाल, मुसहर जस्ता प्रकृतिपूजक समुदायको बसोवास पाइन्छ । त्यसोहुँदा यहाँ धेरैको सङ्ख्यामा ग्रामथान पाइन्छन् । त्यस्ता ग्रामथानहरुमध्ये यो लेख साविकको डाँगीहाट गाविस वडा नं १ हाल बेलबारी नगरपालिका वडा न.१० बलुवाहीस्थित राजभण्डार महाराजथानका सांस्कृतिक सम्पदासँग सम्बन्धित विविध पक्षको विश्लेषणका निम्ति तयार पारिएको हो । राजभण्डार को हुन् ? राजभण्डार महाराजथान कति पुरानो देवस्थल हो ? यस थानका प्रमुख उपासक समुदाय को को हुन् ? पूजा उपासना गरिने प्रमुख देउदेउता के के हुन् ? पूजा उपासनाको प्रक्रिया तथा पद्धति कस्तो छ ? भन्ने अनुसन्धानका समस्यालाई यो लेखले सम्वोधन गरेको छ । यस लेखमा प्राथमिक तथा द्वितीयक तथ्याड्ढ विश्लेषण गरिएका छन् । यो गुणात्मक, विवरणात्मक तथा विश्लेषणात्मक ढाँचामा आधारित लेख हो ।

{The tradition of Gramthan Pooja is an important cultural practice in Nepal, which is in existence from the very early days. It is a tradition to honor and venerate different types of folk deities in the village  shrines collectively. This tradition is found especially in the Terai communities like Tharu,Rajabanshi, Dhimal, Yadhav, Majhi, Jhangar, Mushahar/Musher and so on. The village shrinesare by constructed using local materials, technology and indigenous architectural style. In these pilgrimages, the local people offer special worship to their folk deities once a year ona particular day during the months of Baishakh, Jestha and Ashar. On the Occasion, a huge mela, a kind of fairis organized which is locally called Siruwa Mela in Tharu, Siruwa Pawaniin Rajabanshi and Srijat or Dhandhange Mela in Dhimal community especially in Morang district of eastern Nepal. In many villages there are several gramthansi. e. village shrines which are considered as the common site of pilgrimages of the locality. This paper deals with the Rajbhandar Maharajthan located in the Belbari Municipality 10, Morang. It is based on primary and secondary data. Secondary data have been collected through the previous works whereas; primary data have been gathered through the field survey. During the fieldwork observation, key informants interviews, focus group discussions and questionnaire methods and tools have been applied. It is based on qualitative approach and descriptive and analytical research design as well. Finally, this paper addresses the following research questions such as who is the Rajbhandar Maharaj? What is his historicity? Which are the folk deities worshipped by the villagers? And what is the method of worship?}
लोकनाथ Loknath दुलाल Dulal Copyright (c) 2021 2022-11-28 2022-11-28 24 38 10.3126/voc.v9i1.49863 अमरनारायण मन्दिरको कला तथा वास्तुकला {Art & Architecture of Amarnarayan Temple} https://nepjol.info/index.php/voc/article/view/49875
दुनियाँमा भाषा, धर्म, संस्कृति, परम्परा, कला वास्तुकलाका क्षेत्रमा नेपालप्रसिद्ध मुलुक हो । यहाँ प्राचीनकालदेखि नै विभिन्न किसिमका कला तथा वास्तुकलाका संरचनाहरु निर्माण हुँदै आएको इतिहास छ । राजप्रसाद, मठ,मन्दिर, विहार, चैत्य, स्तुपा, पार्टी, पौवा, ढुङ्गेधारा जस्ता वास्तुकलाका नमुनाहरु नेपालमा प्राचीन कालदेखि नै निर्माण हुँदै आएका छन् । मानगृह, कैशाशकुट रभद्राधिवास जस्ता भब्य महलहरु यहाँ निर्माण गरिएका थिए । तर ती संरचनाआज हामी समक्ष छैनन् । पछिल्लो कालमा काठमाडौ उपत्यकाभित्र मात्र होइन, बाहिर पनि यस्ता वास्तु संरचनाहरु निर्माण गरिए । पनौतीको इन्द्रेश्वर महादेव, देवपाटनको पशुपतिनाथ, चाँगुको चाँगुनारायण, भक्तपुरको न्यातपोल,पाटनको कुम्भेश्वर, कीर्तिपुरको बाघभैरव, चोभारको जलविनायक, गोकर्णको गोकर्णेश्वर, हनुमानढोकाको तलेजु भवानी, भक्तपुर, काठमाडौ, पाटन, गोरखार नुवाकोटका दरबार, पश्चिम नेपालका विभिन्न स्थानमा रहेका देवलहरु कलावास्तुकला, धार्मिक सांस्कृतिक दृष्टिकोणले महत्वपुर्ण स्मारक मानिन्छन् । यस्ता वास्तुरचनामध्ये पाल्पा जिल्लाको तानसेन बजारमा अवस्थित अमरनारायण मन्दिर पनि एउटा हो । यो मन्दिर काष्ठकलाका दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ । तले शैलीमा निर्माण गरिएको यो मन्दिरमा पाइने काष्ठकला लगायतविविध पक्षकोे विश्लेषण गर्ने उद्देश्यले प्रस्तुत लेख तयार गरिएको हो । यो लेख विश्लेषणात्मक र विवरणात्मक अनुसन्धानको ढाँचामा आधारित छ । यसमा गुणात्मक सूचना एवम् तथ्यांक प्रयोग गरिएका छन् । त्यसो हुँदा यो गुणात्मक लेख हो । यस अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै प्रकृतिका तथ्यांकहरु संकलन  तथा विश्लेषण गरिएका छन् । प्राथमिक तथ्यांक भने अवलोकन, अन्तर्वार्ता, छलफल जस्ता विधि प्रयोग गरी संकलन गरिएका हुन् । द्वितीयक तथ्यांक भने विभिन्न ग्रन्थ, प्रतिवेदन र लेख रचनाको समीक्षाबाट संकलन गरिएको हो ।

{Nepal is a country famous all over the world for its variety of Language, religion, culture, customs, traditions, art and architecture. Varieties of art and architectural structures have been built in different historical periods. Majestic buildings like Managriha, Kailashkut Bhawan, Bhadradhiwas Bhawan hadbeen built in Ancient Nepal. Raj Prasad, Matha Mandir, chaitya, stupas, Pati, Pauwa, stone water tank and many designs of architectural structures have been built since ancient time. Unfortunately, those structures are not with us anymore. Recently, some of such structuries have been constructed all over Nepal. Indreshwor Mahadev, Pasunath temple of Devpatan, Changunarayan of Changu Nyatpol of Bhaktapur, Khumbheswor of Patan, Bhaghbhairavof Kritipur, Jalabinayak of Chobhar, Gokrneshwor of Gokarna, Taleju Bhawani of Hanuman Dhoka, Palace of Bhaktapur, Kathmandu, Patan, Gorkha durbar, Nuwakot Darbar, westrn Nepal are some of the religious and culturally important monuments. Amar Narayan Temple situated in Tansen Palpa is also a famous structure. This temple constructed in traditional brick is important in terms of wooden art and architecture made in multi roofed style. This article has been developed in order to describe and anaylyze the different wooden art and architectural forms of the temple. This article is based on discretional and analytical research modality. Quantitative and Qualitative, informative data collection methods have been used in this research. Therefore, it is a descriptive article.}
अरुणकुमार Arunkumar काफ्ले Kafle Copyright (c) 2022 2022-11-28 2022-11-28 39 50 10.3126/voc.v9i1.49875 नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture} https://nepjol.info/index.php/voc/article/view/49876
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । जलले भरिएको कलशलाई पूर्णकलश भनिन्छ । नेपाली समाज र संस्कृतिमा पूर्णकलशको अत्यन्त ठूलोमहिमा रहेको पाइन्छ । पूर्णकलश प्राचीन कालदेखि नै हाम्रो घर घरमा पूजिएको, टोल टोलमा स्थापना गरिएको, मन्दिरमा स्थापना गरिएको, जात्रापर्वमा तिनलाईयात्रा गराइएको तथा बासस्थानका मूल द्वारमा अंकित गरिएको पाइन्छ । यसरीपूर्णकलश दैनिकी जीवन, संस्कृति, संस्कार, जात्रापर्व, परम्पराको प्रमुख अङ्गबनेको पाइन्छ । हालसम्म नेपाली संस्कृतिमा पूर्णकलशको प्राचीनता, अर्थ, महत्व तथा यसको स्थान बारेमा विस्तृत खोजी हुन सकेको छैन । यसै पृष्ठभूमिमा नेपाली संस्कृतिमा पूर्णकलशको प्रयोग कहिलेदेखि भयो? नेपाली संस्कृतिमा यसको प्रयोग के कस्तो स्वरुपमा भएको छ र कस्तो महत्व छ ? नेपाली कला तथा लोक परम्परामा पूर्णकलशको के कस्तो स्थान छ ? भन्ने प्रश्नको उत्तर खोज्ने उद्येश्यले यस अध्ययन गरिएको हो । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरु पुरतात्विक,  ऐतिहासिक स्रोतहरु तथा संस्कृतिमा प्रचलित परम्परागत प्रचलनबाट संकलन गरिएको छ । नेपाली संस्कृतिमा पूर्णकलशको महत्व को अध्ययनका निम्ति पुरतात्विक स्रोत, ऐतिहासिक मठ, मन्दिर, दरबार, चोकचोकमा अवस्थित मूर्तिकला, कलाको अध्ययन, प्राचीन कालदेखि परम्परागतरुपमा चलि आएको उपासना पद्धति, संस्कारका परम्परागत विधि, जात्रापर्वआदिको अन्वेषण, अवलोकन, अन्र्तवार्ता गरी तथ्य संकलन गरिएको छ । यसबाहेक, वेद, उपनिषद्, पुराण आदि धार्मिक साहित्य, पूर्व प्रकाशित पुस्तक, लेख, आदिबाट तथ्य संकलन गरिएको छ । यी तथ्यहरुलाई आधार बनाई अध्ययन गर्दा नेपाली संस्कृतिमा पूर्णकलश श्री लक्ष्मी, पूर्णता, संवृद्धि, पवित्र अमृत  तत्वको रुपमा रही प्राचीन कालनै परम्परागत नेपाली संस्कृतिमा दैनिक उपासना गरिने देवताको स्वरुपमा, विशेष अनुष्ठान पर्वमा आव्हानित देवीदेवताका रुपमा, मानिसलाई संस्कारित गराउने पवित्र  तत्वको रुपमा, जात्रापर्वमा देवीदेवताका प्रतीकका रुपमा साथै शुभ, मङ्गल  तत्व रुपमा नेपाली धर्म, संस्कार, संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको तथ्य प्रकाशमा आएको छ ।

{Water is an essential component of life. It is a symbol of purity. Water in any form, whether it is flowing, frozen or collected in a pot or vessel is considered as a pious object. The pot filled with water is known as Purna Kalashthe use of which has long history and significance in Nepalese society and culture in several ways. Purna Kalash is worshiped daily in houses; it is also found established in town, installed in shrines, monasteries and on occasions carried in several Jatrasor festivals. Purna Kalashis also found kept outside the main door of a house on several auspicious occasions. In this way, Purna Kalashis a part of daily life and culture and traditional practices of Nepal. But the antiquity of the usage of Purna Kalash in Nepalese culture, its meaning, its importance is not studied yet. In this context, an effort has been made in this article to look into the antiquity of the usage of Purna Kalash the pattern of its usage, its importance, symbolism, art and folk culture in Nepal. This is qualitative study based on historical facts and documents. Thus the facts are collected from archaeological findings, images, artifacts installed in shrines, town and traditional practices practiced by Nepalese through exploration, observation, interview and use of secondary sources such as literature. After the analysis of the collected data, it is revealed that Purna Kalashalso usedin symbolic form of shree Lakshmi, fulfillment, abundance, piousness, elixir. With great value they are worshiped daily in a house as god/goddess, are worshiped as specially invited diety during the festival like Dashain, as an object of purifier during performing each and every sanskara, as a representation of god during the Jatras and as an object that brings good fortune. Kalasha is kept outside the main door of a house during special occasions. Thus, Purna Kalash is an essential part of Nepalese culture.}
सन्ध्या खनाल Sandhya Khanal पराजुली Parajuli Copyright (c) 2021 2022-11-28 2022-11-28 51 68 10.3126/voc.v9i1.49876 तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects} https://nepjol.info/index.php/voc/article/view/49877
तीज नेपालभरी मनाउने हिन्दू नेपाली महिलाहरुको सबैभन्दा ठूलो चाड हो । योपर्व भाद्रशुक्ल द्वितीयादेखि शुरु भई पञ्चमीसम्म मनाइन्छ । तीजको पहिलो दिन दरिलो खाद्य परिकारहरु अर्थात् ‘दर’ खाने दिन हो । भोलिपल्ट तृतीयाको दिन तीजको मुख्य दिन हो । यस दिन महिलाहरु नदीमा स्नान गरी शुद्ध भई नयाँ वस्त्र लगाई देवालयमा गई भक्तिपूर्वक भगवान शिव र पार्वतीको पूजाआजा गर्दछन् साथै दिनभर निराहार व्रत बस्छन् । यस पर्वको पौराणिक कथाअनुसार पर्वतराज हिमालयले आफ्नी पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरी दिने निधो गरे पछि उक्त निर्णय मन नपरेको कुरा पार्वतीले साथीहरुलाई सुनाइन् । साथीहरुले उनलाई घरबाट भगाई (हरण गरी) टाढा लुकाए । पार्वतीले त्यसै स्थानमा महादेव पति पाउन इच्छा राखी शिवजीको शिवलिङ्ग बनाई भक्तिपूर्वक पूजा गर्न थालिन् । त्यसै समयमा भगवान शिव प्रसन्न भई पार्वतीलाई दर्शन दिई वरदान माग्न भनेकाले पार्वतीले आफ्नो संकल्प सुनाइन् र भगवान शिवजीले पार्वतीलाई विवाह गर्ने वचन दिए पछि पार्वतीको विवाह शिवजीसंग हुन गयो । तीजलाई हरितालिका पनि भन्ने गरिन्छ । अली (साथी) हरुले हरण गरेको भन्ने अर्थमा हरितालिका भनिएको हो भन्ने भनाइ छ । तीजको दिन विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गरी व्रत बस्दछन् । यस दिनमा महिलाहरु खुशीयालीका तीज गीत गाउने नाच्ने गर्दछन् । यस पर्वमा गाउने गीतमा भगवानका भक्तिगाथा एवम् महिलाहरुको आन्तरिक पीडा एवम् मनोभावना अभिव्यक्त भएको हुन्छ । आजकाल सामाजिक विसङ्गति एवम् भेदभाव विरुद्ध जागरण ल्याउने खालका गीतहरु आउन थालेको छ र यो सकारात्मक पक्ष हो । दर खाने खुवाउने क्रममा प्रतिस्पर्धा हुन थालेकाले यो पर्व खर्चिलो बन्दै गइरहेको छ । तीजको धार्मिक सांस्कृतिक एवम् मौलिक परम्परालाई आधुनिकता एवम् आडम्बरले पछाडि पारिदिएको छ । नयाँ पिढीबाट यस्ता क्रियाकलापलाई बढावा नदीन चनाखो हुनु पर्ने देखिन्छ । हाम्रो मौलिक संस्कृति को जगेर्ना एवम् संरक्षण गर्ने दाइत्व हामी सबैको हो । तीज पर्वले महिलालाई आफ्नो  इच्छा अनुसारको वरसंग विवाह गर्न पाउनु पर्छ भन्ने नारी स्वतन्त्रताको सन्देश समेत दिएको छ ।

{Teej festival is the biggest hindu festival of Nepalese women, which is celebrated all over Nepal. The festival generally falls in August or early in September. Teej is mainly celebrated three days which are a feast day, fasting day and Rishipanchami puja. Women who go fasting next day eat a very big feast called Dar. On the fasting day women take fast and worship Lord Shiva and Parvati with sincere faith and devotion. A popular hindu mythology tells why Teej is observed. Himalayas wanted to get married her daughter Parvati with Lord Vishnu. Parvati was not in favor of choosing Vishnu as her husband. She discussed the problem with her friends and they advised her to run away from home and keep hidden. Parvati did accordingly. She concentrated on Mahadev with deep devotion Mahadev appeared before her and promised to accept her as his wife. Teej festival is also called Haritalika which means to be taken by one's girl friends. It is thefestival that women celebrate for their prosperous marital life and long life of the husband. On this day women present themselves in red sarees with beautiful jewelers and visit the temple of Lord Shiva to offer puja. They enjoy this day by singing and dancing with Teej special songs. The songs are mostly devotional as well as women's heart feelings. Nowadays women are also taking this day as an opportunity to voice their concern about social issues and discrimination. These days it is becoming expensive to celebrate Teej as the people seem to be competing for the Dar eating. The religious and cultural practices are getting neglected slowly. The new generation should be aware of this reality. It is the duty of all Nepalese citizens to preserve and maintain our cultural identity. Teej festival brings joy and strengthen bond between wife and husband as well as all family. This festival gives the message of freedom among women to choose one's life partner as Lord Parvati did in her case.}
दुर्गा देवी Durga Devi पौड्याल Poudyal Copyright (c) 2021 2022-11-28 2022-11-28 69 77 10.3126/voc.v9i1.49877 नेवार समाजमा गुठी परम्परा: एक प्रकार्यात्मक विवेचना {Guthi Tradition in the Newar Society: A Functional Approach} https://nepjol.info/index.php/voc/article/view/49881
नेपालमा प्राचीन समयदेखि प्रचलित गुठी परम्परा नेपाली समाजलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने एउटा मौलिक संगठन हो । धार्मिक तथा सेवागत भावनाबाट प्रेरित भएर धार्मिक सामाजिक तथा सांस्कृतिक कार्यहरु सञ्चालन गर्न स्थापित गरिने गुठीको मुख्य उद्देश्य समाज कल्याण गर्नु हो । सामूहिक सहभागिता तथा सामूहिक विधि विधानमा आधारित गुठीव्यवस्थाको उद्देश्य तथा प्रकृतिअनुसार यो विभिन्न प्रकारको रहेको छ । यही गुठी परम्परा उपत्यकाका नेवार समुदायको जीवनपद्धतिको अभिन्न अंगको रुपमा रहेको छ । नेवारी गुठी अन्तरगत देवाली गुठी, सी गुठी लगायत अन्य सामुदायिक गुठीहरु छन् । जसको आ–आनै परम्परागत मूल्य मान्यता तथा सञ्चालनको प्रक्रिया रहेको हुन्छ । सबै प्रकारको गुठीको नेतृत्व  थकालीले गरेको हुन्छ भने अन्य पदअनुसार सबै सदस्यहरुले आ-आफ्नो जिम्मेवारी तथा अनुशासनको पालना गर्नु पर्दछ । गुठी परम्परामा विद्यमान यही सामाजिक नियमले सामाजिक बीचलनलाई रोक्न मद्दत गर्नुका साथै यसले पारस्परिक सहयोग तथा साझा मूल्यको धारणा विकसित गरेको हुन्छ । गुठीको माध्यमबाट नेवार समुदायले आ-आफ्नो धर्म संस्कृति कला परम्परा जात्रा, चाडपर्व, पूजासंस्कार आदि सञ्चालन गर्ने हुनाले यसबाट समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक परम्परालाई निरन्तरता दिन, सम्वद्र्धन गर्न तथा समुदायलाई व्यवस्थित गरी जीवनको सार्थकता प्रदान गर्न गुठी परम्पराको प्रकार्यगत भूमिका रहेको हुन्छ । गुठी व्यवस्थाले अंगालेका यावत सामूहिक भावनाकै कारण यसले नेवार समुदायलाई मात्र नभई तमाम नेपाली समुदायलाई नै भावनात्मक रुपमा एकबद्ध गर्न  महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।

{The Guthi tradition which has been prevalent in Nepal since ancient times is a traditional social organization that helps Nepali society to operate in an organized manner. The main purpose of a Guthi is to conduct religious social and cultural activities inspired by the spirit of religious and service for social welfare. According to the purpose and nature of Guthi based on collective participation and collective rules it has different types. The Guthi tradition isan integral part of the Newar Community life in the Kathmandu Valley. Under the Newari Guthi there are Dewali Guthi, Si Guthi and other types of Community Guthi's which have their own traditional value recognition and operation process. All these types of Guthi are led by the thakali, while according to the other positions all the members must assume their responsibilities and follow the discipline. These social rules existing in the Guthi tradition help to prevent social deviation and develop a sense of mutual cooperation and shared values. Since the Newar community conducts its religion, culture, art, tradition, festivals, worship, ritual, etc through the Guthi, the functional role of the Guthi tradition is to promote and guarantee the continuity of the Community's religious social and cultural traditions that bind the Newar community and provide meaning to life.}
ज्योति Jyoti तण्डुकार Tandukar Copyright (c) 2021 2022-11-28 2022-11-28 78 89 10.3126/voc.v9i1.49881 आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti} https://nepjol.info/index.php/voc/article/view/49882
बौद्ध दर्शनको मूलसार समाहित ‘आर्यमञ्जुश्री ज्ञानसङ्खवस्याद्वयपरमार्था नामसङ्गीति’तन्त्रको महत्व अति उच्च भएको पाइन्छ । सबै तन्त्रहरुका सार नामसङ्गीति भएकोले यसलाई ‘परमार्थ नामसङ्गीति’ वा ‘अद्वयपरमार्थ नामसङ्गीति’ पनि भनिन्छ । यसरी सबै बौद्ध तन्त्रहरुको सार समाहित भएकोले यस ग्रन्थ वागाथालाई मन्त्रयानको आधारशीला मानिन्छ । यस नामसङ्गीतिमा वज्रयानको सबै जस्तो गुह्य पारिभाषिक शब्दहरुको वर्णन उल्लेख पाइन्छ भन्ने मान्यता छ । यसै नामसङ्गीति गाथाको अन्त्यको पुष्पिका वाक्यमा उल्लेख भएअनुसार ‘आर्यमञ्जुश्रीज्ञानसत्वस्याद्वयपरमार्था नामसङ्गीति’ सोह्र हजार श्लोक भएको ‘आरुर्यमायाजालषोडशसाहस्रिकान्महायोगतन्त्रान्तपातिसमाधिजालपटल’ (पाण्डेय,२०५१) बाट उद्धृत गरिएको उल्लेख पाइन्छ । यस आर्यमञ्जुश्री नामसङ्गीति १४ पटलहरु रहेकोमा अनुशंसा (प्रशंसा) गद्यात्मक भई अन्य १३ पटलहरु पद्यात्मक श्लोकहरुमा रहेका छन् । यस नामसङ्गीति अध्येषणागाथादेखि उपसंहारगाथासम्म १६७ वटा श्लोकहरु रहेको छ । नामसङ्गीतिको मूल विषयवस्तु ‘वज्रधातुमण्डलज्ञानगाथादेखि कृत्यानुष्ठानज्ञानगाथा ६ वटा पटलमा रहेको उल्लेख पाइन्छ । जुन १३० श्लोकहरुमा ८१२ मन्त्राषरपदहरु रहेको पाइन्छ । यसरी ज्ञानसत्वमञ्जुश्रीको विभिन्न ८१२ नामका सङ्गीति वर्णन, मञ्जुश्रीको मूलमन्त्र, मालामन्त्र, द्वादशाक्षरआदि वर्णन भएको हुनाले यस नामसङ्गीतिलाई ‘आर्यमञ्जुश्रीनामसङ्गीति’ पनि भनिन्छ । पञ्चबुद्धात्मक  पञ्चज्ञान  यस  नामसङ्गीतिमा  आर्यमञ्जुश्रीज्ञानसत्वलाई परिलक्षित गरी ११६ वटा श्लोकहरुभित्र यसको स्वभाव तथा लक्षण वर्णन गरिएका छन् । यस नामसङ्गीतिको अध्येषणागाथा तथा उपसंहारगाथालाई राम्ररी अध्ययन गरेमा अध्येषणागाथामा वज्रधर गुह्येन्द्र वज्रपाणिले शाक्यमुनिबुद्धसँग ‘मायाजालअभिसंबोधि’ हामीलाई दिनुस् भनी अध्येषणा गरेपछि उपसंहारगाथामा वज्रपाणिले भगवान् बुद्धले ‘मायाजालअभिसंबोधि’ प्रदान गर्नुभएकोमा साधुवाद दिएको उल्लेख पाइन्छ । यसबाट स्पष्ट हुन आउँछ कि आर्यमञ्जुश्रनामसङ्गीति भित्र नै मायाजालअभिसंबोधिको वर्णन रहेको देखिन्छ । ‘मायाजालाभिसंबोधि’ वज्रधातुमण्डलदेखि कृत्यानुष्ठानज्ञानगाथाको १३० श्लोकहरुभित्र ८१२ मन्त्राक्षर पदहरुमा रहेका छन् भनी विभिन्न ग्रन्थहरुमा उल्लेख छ । बाह्यरुपमा ज्ञानसत्वमञ्जुश्रीका विभिन्न ८१२ नामको सङ्गीति वर्णन रहे तापनि यदि गुह्यार्थ बुझ्न सकेको खण्डमा यसभित्र उल्लेखित विशिष्ट ज्ञानदर्शन मायाजालाभिसंबोधि लाभ हुन्छ । यही ज्ञानलाई नै ‘अद्वय परमार्थ ज्ञान’ भनिन्छ । यस अद्वयज्ञान लाभ भएपछि मात्र ज्ञानकार्य अर्थात् सहजकाय हुनु भएको मञ्जुश्रीज्ञानसत्वलाई चिन्न सकिन्छ भन्ने उल्लेख पाइन्छ । नामसङ्गीतिमा उल्लेखित श्लोकहरु उच्च दर्शनज्ञानसम्बन्धी भएकाले यसमा वर्णित शब्द वा पदहरुको अर्थ साधारण रुपले मात्र स्पष्ट नहुने भएकोले यसको लागि गुरु शिष्यपरम्परा तथा टीकाकार आचार्यहरुको व्याख्या आदिको आधारमा मात्र स्पष्ट हुन आउँछ । यस महत्व लाई उजागर गर्नका लागि नै नामसङ्गीतिको टीका, उपटीका, व्याख्या, मण्डल, साधन, धारणी, अभिषेक, मन्त्र, मूर्ति आदिका रचना भएका पाइन्छन् ।

{“Aryamanjushreegyansatwasyaparamartha Namasangiti” Tantra is considered as an essenceof Buddhist philosophy. “Namasangiti” is the gist of all the Tantras and hence known as“Paramaartha Namasangiti” or “Adwayaparamartha Namasangiti”. As it consists of essences of all the Buddhist Trantras, it is considered as a foundation of “Mantrayana”.It is believed that all the most secret and mysterious facts of “Vajrayana” has been described andtranscribed in “Namasangiti”. It is also believed that “AryamanjushreegyansatwasyaparamarthaNamasangiti” is  cited  from  “AaryamahajaalshodashasaahsrikanmahayogatantrantPatismaadhijaalaptal” a collection of 16, 000 verses. It has all together 14 sections where except the preface, all of them were written in poetic form. Starting from “AdhyeshanaGatha” till the Conclusion, there were 167 verses in it. The main theme of the “Namasangiti”-“BajradhatuMandal Gyangatha”, “Krityanushthan Gyangatha” etc can be found withinthe first 6 sections of the “Grantha”. And 130 verses of the “Grantha” contains of 812“Mantrakashar pad”. As the “Grantha” consists of descriptions Gyansatwa Manushree’s 812different name’s “Namasangiti” descriptions, Manjushree’s “Mool mantra”, “Mala mantra”,“Dwaadashaakshar”, it is also known as “Aryamanjushreenamsangiti”.In this ‘Panchabuddhatmak, Panchagyan” document, there were116 verses which describedthe nature and characteristics of “Aryamanjushreegyanasatwa”. If “Adhyeshanagatha” and“Upasanhargatha” were studied in depth, one could easily find the incidents where ShakyaMuni Buddha was asked about “Mayajalabhisambodhi” by Bajradhar Guhendra Bajrapaniand at the end he thanked the Buddha for that. This indicates that ““Mayajalabhisambodhi” isobviously explained in “Namasangiti”. This fact is also supported by many other documentsand “Granthas”. If we could understand the secret meanings of the Gyanmanjushree’s 812 different descriptions, one would get benefit from specific “Gyan” of “Mayajalabhisambodhi”and this knowledge is called “Adway a Paramartha Gyan”. It is believed that only after having the knowledge of “Adwaya Paramartha Gyan”, then one could understand the Manjushree. The verses in the Namasangiti are of high philosophical and have deep rooted meanings, ingeneral, it would be hard to understand and adopt them. It should be learned in “Gurukul”and explained by the scholars of immense qualities. That is why, it is believed that “Tika”,“Upatika”, ”Wakhya”, “Mandal”, “Sadhan”, “Abhishek Mantra”, “Dharani”, “Murti” etc. of the “Namasangiti” were explained.}
यशोधरा Yashodhara वज्राचार्य Bajracharya Copyright (c) 2021 2022-11-28 2022-11-28 90 106 10.3126/voc.v9i1.49882 दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm} https://nepjol.info/index.php/voc/article/view/49883
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा नरक, प्रेत, तीर्यक, मनुष्य, असुरलगायत अरु ६ वटा देवलोक सहित ११ वटा लोकहरु छन् । रुपधातु अन्तर्गत ब्रह्मपरिषददेखि अकनिष्ठ लोकधातुसम्म १६ वटा लोकहरु र अरुपधातु अन्तर्गत आकाशानन्त्यायतनोपग,  विज्ञानानन्त्यायतनोपग,  ओकिञ्चन्यायतनोपग  रनैवसंज्ञानामसंज्ञायतनोपग गरी जम्मा ४ वटा लोक रहेको उल्लेख छ । यसरी जम्मा ३१ वटा लोक धातु भएको अवधारणा पाइन्छ (देव, १९५८) । यी लोकहरुमध्ये देवलोक, असुरलोक र मनुष्यलोक तीनवटालाई सुगति र तिर्यकलोक, प्रेतलोकर नरकलोक तीनवटा दुर्गती भनि मानिएका छन् (वाग्ची, १९७०) । सुगती भन्नाले राम्रो लोक जहाँ पुण्यकर्म गर्न अवसर हुन्छ र मुक्तिको लागि सम्भावना हुन्छ । त्यसैगरी दुर्गती भन्नाले यस्तो गती अर्थात्् लोक हो जहाँ दुःख भोग गर्नेवाहेक पुण्य कर्म आदि गर्ने अवसर प्राप्त हुँदैन । जहाँबाट मुक्ति हुने सम्भावनाधेरै कम मात्रै हुन्छ । कर्म र फलको सिद्धान्तमा पूर्णरुपमा आधारित भएको बुद्धधर्मअनुसार, मृत्यु पश्चात यदि अकुशल कर्मको कारणले दुर्गतीमा फस्न पुगेमा अति कारुणीक दुःखदायी जीवन विताउन वाध्य हुनुपर्ने कुरा उल्लेख छ । साथै यस गतीमा फसेमा पुनः उद्धार हुन अत्यन्त झिनो मात्र सम्भावना हुने कुरा पनि उल्लेख भएको पाइन्छ । बुद्धधर्ममध्ये महायान बुद्धधर्मको मुख्य लक्ष्य नै सम्पूर्ण सङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नवाट बचाउने र दुःख भोगिरहेकाहरुको उद्धार गर्ने हो । यही लक्ष्यअनुसार सर्वसङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नबाट बचाउन र अन्त्यमा बुद्धङ्खव लाभ गराउन महायानीहरु निरन्तर लागि रहन्छन् । यसै क्रममायदि कोहि व्यक्ति साच्चै नै त्रिरत्नको शरणमा गइन्छ भने उक्त व्यक्ति कहिल्यैपनि दुर्गतीमा फस्दैन भनि विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख छन् । त्यसैले महायानी परम्परामा कुनै पनि बौद्ध क्रियाकलाप गर्न अगाडी त्रिरत्न शरणगमन जाने तथा जान लगाउने प्रचलन रहि आएको पाइन्छ । त्यसैगरी थेरवादपरम्परामा पनि कुनै पनि बौद्ध कार्यक्रम गर्न अगाडी त्रिरत्न शरण जाने गरिन्छ । तर त्रिरत्न शरणको गमन गर्ने तरिकामा भने परम्पराअनुसार अलिअलि भिन्नता पाइन्छ । {In Buddhism, there are six realms or concepts of the Loka. Among them, Devalok, Ashurlok (demond), and Manushyalok (human being) are considered to be the three good (Sugati) realms whereas Trayakalok (animal and insect realm), Pretalok (the ghost realm),and Narakalok(hell) are considered to be the three bad realms (Durgati). Buddhism, which is a religion solely based on the principle of cause and effect (karma and outcome), implies that if you fall into a bad realm or durgati due to immoral(unethical) karma, you will be forced to live a painful life after death. Additionally, it is also mentioned that there is little to no chance of recuperation if caught in a bad realm (durgati). One of the sects of Buddhism isthe Mahayana Buddhism. The main goal of Mahayana Buddhism is to save all sentient beings from sufferings and liberate those who are suffering. Based on this principle, the Mahayanisconstantly strive to not only liberate all living beings from suffering and pain but also to help them achieve enlightenment. In various Buddhist scriptures, it has been mentioned that if a person takes refuge in the Triratna, the person will not fall into a bad realm of evil. The journey to Triratnasharana is found to be different across different traditions.}
शान्तश्री रत्न Shantashree Ratna बज्राचार्य Bajracharya Copyright (c) 2021 2022-11-28 2022-11-28 107 117 10.3126/voc.v9i1.49883 सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja https://nepjol.info/index.php/voc/article/view/49885
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्धधर्म भनी नामाकरण र व्यवहारमा अभ्यासहरु भइ राख्दछ। स्थानीय संस्कृति तथा परम्परासहित भएकाले एक अर्कासँग भिन्नता ठाउँ विशेषका बौद्धमतमा पाइन्छ । नेपालमण्डलको नेवाः बुद्धधर्म बज्रयान परम्पराअनुसार अनुशरण गर्दै अविछिन्न रुपले चल्दै आएको परम्परा हो । यस परम्पराको मूलध्ये भनेकै प्राणीको लागि हित हुने कार्यगरी पारमिता धर्महरु पुरा गर्दै आफूसँग भएको ज्ञेयावरण तथा क्लेशावरणहरुलाई क्रमश: क्षय गर्दै अन्तमा बुद्धत्व प्राप्तगर्नु मानिन्छ । नेपालमण्डलका बौद्ध अनुयायहीरुले विभिन्न प्रकारबाट पूजा गर्नेविधिहरु धेरै छन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा पनि एक हो । नेवाःबुद्धधम सम्यकसम्बुद्धयान हो । सम्यकसम्बुद्धयानलाई नै बुद्धयान अथवा एकयानभनिन्छ । यसअन्तर्गत श्रावकयान, पारमितायान र मन्त्रयानको एकीकृत अभ्यासनेवाः बुद्धधममा हाल त्यो सामाजिक साँस्कृतिक एवम् अनुष्ठानका रुपमा मात्रभइरहेको छ पहिले त्यो अभ्यास आध्यात्मिक वा मानसिक उन्नयनका रुपामापनि गरिन्थ्यो । सामाजिक लोकव्यवहार र पूजाविधि एकयानको सामाजिक सास्कृतिक पक्ष हो भन्न सकिन्छ । यस बज्रयानी बौद्धधर्ममा “सर्वप्रकारजगतहिताय” भन्ने मूल भावना साथ सस्कृति, परम्परा र चाडपर्वका अवसरमा विभिन्न थरीथरीका पूजा क्रियाविधि विधानहरु गर्दै आइरहेको पाइन्छ । यी पूजाक्रियाहरुउपाय कौशल्यको रुपमा प्रत्यक्ष अप्रत्यक्ष विभिन्न पूजाको रुपमा बज्रयानीबौद्ध अभ्यासलाई अ∙ालेको हुन्छ । यसरी वर्षैपिच्छे चाडपर्वको बेला सस्कृतिकैरुपमा गर्दै आएका पूजाहरुमध्ये “सप्तविधानुत्तर” अर्थात् सङ्खवपूजा पनि एकहो । यसमा सप्त भनेको सात र विधान भनेको विधिविधान पूजा गर्ने प्रव्रिmया रअनुत्तर भन्नाले बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्र बमोजिम क्रियातन्त्र, चर्यातन्त्र,योगतन्त्र र अनुत्तर योगतन्त्र भन्ने बुझिन्छ । श्रुतमयीप्रज्ञा सुनेर, चिन्तनमयीप्रज्ञा चिन्तन मन्न गरेर र भावनामयी प्रज्ञा भावना मनोभावनाद्वारा अनुभव गरेरलाभ गर्ने प्रज्ञा ज्ञान हो । जीवनमा कि पढेर बुझिन्छ कि परेर बुझिन्छ भनेसरी भुक्तभोगी भएर प्रज्ञा ज्ञान लाभ गर्ने पद्धति भन्न सकिन्छ । यस कारणयो सप्तविधानुत्तर पूजालाई नेपालमण्डलमा वाह्य अनुत्तरयोगको लाभ गर्ने एक प्रकारको उच्चतम श्रद्धा र अभ्यास आस्था युक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । दुई थरी अनुत्तरयोगमापनि एक बज्रयानी अनुत्तरयोग अभ्यास गुह्य रुपमा समाधि, दिक्षा लगायत गोप्य अभ्यन्तरमा गर्ने अभ्यासतथा अर्को यो बोधिसङ्खवचर्या रुपी बाह्य अनुत्तरयोग अभ्यास मान्न सकिन्छ । बाह्य अनुत्तरयोग अभ्यासकोरुपमा १. बन्दना २. पूजना ३. देशना ४. अनुमोदना ५. अध्येषणा ६. याचना ७. परिणामना पर्दछ । बौद्धबज्रयानी अभ्यासमा केवल मानवलाई मात्रै कल्याण गर्ने उद्देश्य नराखिकन महान विचार वृहत सांच स्वरुप सम्पूर्ण प्राणीलाई नै उद्धार होस् भन्ने भावनाले पूजाक्रियाको सम्पन्न गरिन्छ । यहाँ पनि सङ्खव अर्थात्प्राणी सम्पूर्ण सजीवको उद्धार हुने पूजा स्वरुप सङ्खवपूजा भन्ने गरिएको हो । बौद्ध साहित्यको तेस्रो–चौथो शताव्दीमा पञ्चबुद्धको अवधारणाको प्रारम्भ भएको भन्ने हो । पञ्चबुद्धहरुको ज्ञानको माध्यमबाट समस्ततन्त्रहरुको विभाजित गरिएको छ । यसमा समताज्ञान, सुविशुद्ध धर्मधातुज्ञान, आदर्शज्ञान, प्रत्यवेक्षणा ज्ञानर कृत्यानुष्ठान ज्ञान पर्दछन् पञ्च बुद्धलाई तिनको प्रतिक मानिन्छ ।

{ Buddhism, wherever it goes, there is a mixture of culture and tradition and is recognized as the religion of that place. For example: Chinese, Japanese, Sri Lankan, Taiwanese, Thai, Burmese, Bhutanese, Korean, etc., are named and practiced as religions. These are different from each other because they include local customs and traditions. Newa: Bajrayana Buddhismof Nepalmandal is a tradition that is continuously going on according to Bajrayana tradition.Generally speaking, it is Buddhism of Nepalmandal. By doing this, he gradually erodes his Gyayavarana and Kleshavaran, and finally attains enlightenment. There are many differentways of worshiping by the Buddhist followers of Nepalmandal. One of the famous practicesof Nepalmandal is Saptavidhanuttar Puja. Newa: Buddhism is Samyak Sambuddhayana. Inwhich there is a combined practice of Shravakayana, Paramitayana and Mantrayana. In Neva Buddhism, it is currently being done only as a social cultural and ritual, but earlier it was also done as a spiritual or mental improvement. Social behavior and worship can be said to be the social cultural aspect of Ekayana. In this Bajrayani Buddhism with the basic feeling of benefiting the world in every way, different types of worship rituals are being performed on the occasion of various cultures, traditions and festivals. These worship practices are embraced as a means of direct and indirect various forms of worship. Thus,Saptavidhanuttar or Sattwapuja is one of the worships that have been performed as a culture during Chanda Parva year after year. Kriyatantra, Charyatantra, Yogatantra and Anuttar Yogatantra are understood. It means the knowledge gained by listening to the auditory knowledge, the contemplative knowledge by meditating, and the emotional knowledge by experiencing the emotions. In life, whether you understand it by reading it or by reading it, itcan be said that it is a method of gaining knowledge through suffering. For this reason, this Saptavidhanuttar Puja is considered as a type of highest devotion and practice faith-based worship that benefits from the external Anuttar Yog in Nepal Mandal. Even in two types of An uttarayog, one Bajrayani Anuttarayog practice can be considered as an inward practiceof samadhi, dekha, etc ., and another is an external Anuttarayog practice in the form of Vodhisattwacharya. In Buddhist Bajrayani practice, the worship is done with the feeling that the great idea should be enlightened to all beings in the form of great truth, without aiming to benefit only human beings. Here too, sattwa, i. e. animals, all living beings are worshiped in the form of worship called sattwapuja. It is mentioned in the Pallavana Paravartitantra book that the concept of the five Buddhas began in the third quarter of the century of Buddhist literature. In this, all the tantras are divided through the knowledge of the five Buddhas.It includes Samatajnana, Suvisuddhadharmadhatujnana, Adarshjnana, Pratyaveksanajnana, and Krityanusthan jnana.}
बाबुराजा Baburaja बज्राचार्य Bajracharya Copyright (c) 2021 2022-11-28 2022-11-28 118 130 10.3126/voc.v9i1.49885