शून्यको मूल्यको साहित्यिक मूल्य
DOI:
https://doi.org/10.3126/vangmaya.v22i1.85434Keywords:
भाव, भाषा, वस्तु, विचार, सौन्दर्यAbstract
तुत लेख शून्यको मूल्य नामक कृतिको साहित्यिक मूल्यको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषणका लागि पूर्वीय साहित्य सिद्धान्तअन्तर्गतको ध्वनिसिद्धान्तलाई आधार बनाई वस्तुसौन्दर्य, भावसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्यलाई सूचक बनाइएको छ । यिनै सूचकका आधारमा विश्लेषणात्मक विधिको अनुसरण गरी शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषण गरिएको छ । ध्वनिसिद्धान्तका अनुसार भावसौन्दर्य (प्रतीयमान वस्तुअन्तर्गत भाव र विचार (साहित्य सिर्जनाको प्रयोजनसमेत) रहने भएकाले यो साहित्यिक मूल्य निरूपणको सबैभन्दा महइभ्वपूर्ण आधार हो भने वस्तुसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्य यसैका परिपूरक आधार हुन् । शून्यको मूल्यमा समाजबाट वस्तुचयन गरिएको छ । कर्णालीका आमा र यिनले आफ्ना शिशुको स्वास्थ्यका लागि गर्नुपरेको सङ्घर्ष, भोग्नुपरेका पीडा, आर्थिक अभाव, बेरोजगारी, अशिक्षा, भेदभाव, नीतिनिर्माणमा राज्यको उदासीनता यसमा व्यक्त भएका वस्तुसौन्दर्य हुन् । यिनै वस्तुसौन्दर्यको पृष्ठाधारमा करुणा, आक्रोश, स्नेह र उत्साह भावसौन्दर्यका साथै शून्यको मूल्य (मानव जातिको विकासको पहिलो आधार) थप्न आमाहरू मात्र सङ्घर्षरत नभई परिवार, समाज र सिङ्गो राष्ट्र समर्पित भए मात्र मानव जातिको सर्वाङ्गीण विकास भई खुसी प्राप्त हुन्छ भन्ने विचारसौन्दर्य व्यक्त भएको छ । नेपालमा गणतन्त्र स्थापित भइसकेपछिको अवधिमा सिर्जना गरिएकाले शून्यको मूल्यमा आर्थिक क्रान्तिका माध्यमबाट नेपालको रूपान्तरण गर्नुपर्छ भन्ने युगीन सौन्दर्य पनि व्यक्त भएको छ । भावअनुरूप भाषाका विशिष्ट एकाइको चयन, पुनरावृत्ति, सञ्चलन र विचलनका कारण शून्यको मूल्य भाषिक सौन्दर्यका दृष्टिले पनि उल्लेख्य कृतिका रूपमा देखापरेको छ । यसरी साहित्यिक मूल्यका मापक वस्तुसौन्दर्य, भावसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्यका आधारमा शून्यको मूल्य नेपाली साहित्यको उल्लेख्य कृति हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।