Vangmaya वाङ्मय https://nepjol.info/index.php/vangmaya
Vangmaya वाङ्मय is a peer reviewed journal published by the Central Department of Nepali, Tribhuvan University, Kirtipur, Nepal. The Vangmaya Journal is a research journal on Nepali language and literature. The journal contains articles by many scholars who have done important research on the Nepali language.
en-US krishna.ghimire@cdn.tu.edu.np (Prof. Krishna Prasad Ghimire) sioux.cumming@ubiquitypress.com (Sioux Cumming) Tue, 09 Aug 2022 07:18:34 +0000 OJS 3.3.0.6 http://blogs.law.harvard.edu/tech/rss 60 पश्चिमी अद्यतन चिन्तन: उत्तरसिद्धान्त {Western Modern Thought: Uttarasdhanta} https://nepjol.info/index.php/vangmaya/article/view/47154
Not available.
अमृतादेवी Amritadevi शर्मा Sharma Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47154 Mon, 08 Aug 2022 00:00:00 +0000 नेपाली नाटकको युगीन प्रवृत्ति {Epochal Characteristic Features of Nepali Drama} https://nepjol.info/index.php/vangmaya/article/view/47051
नेपाली नाटकको इतिहास झन्डै सवा दुई शताब्दी लामो छ । यसको आरम्भ अनुवाद रूपान्तरणसँग सम्बद्ध छ । हालसम्म प्राप्त तथ्यलाई मूल्याङ्कन गर्दा शक्तिवल्लभ अर्यालको हास्यकदम्ब (वि.सं. १८५५ तिर) लाई नेपाली नाटकको पहिलो खुड्किलो मानिन्छ । यद्यपि लिच्छविकाल र मल्ल कालमा सिर्जित नाटकका केही पाण्डुलिपिहरूको शोधन हुन बाँकी छ । प्रस्तुत लेखमा नेपाली नाटकको पृष्ठभूमिदेखि अहिलेसम्मको नाट्येतिहासको स्रस्टासापेक्ष अनुरेखाङ्कन गरिएको छ । नेपाली नाटकका विषयमा अतीतमा भए गरेका पूर्वसामग्रीहरूको अवलोकन गरी निष्कर्षमा पुगिएकाले यस लेख द्वितीयक स्रोतको तथ्यमा आधारित छ । इतिहासमा अभिलेखन भएका दस्तावेजको तुलनात्मक पठन गरी निष्कर्षण गरिएकाले यस लेखमा तुलनात्मक विधिको प्रयोग भएको छ । प्रस्तुत लेखमा प्राप्त तथ्यहरू प्रस्तुत गर्न वर्णनात्मक विधिको प्रयोग भएको छ । यो लेख नेपाली नाटकको इतिहासको अनुरेखाङ्कनमा केन्द्रित छ । नेपाली नाटकको ऐतिहासिक पक्षलाई सङ्क्षेपमा निष्कर्षण गर्नु यस लेखको प्राप्ति हो । नेपाली नाटकसाहित्य उन्नत बन्दै गएको छ । नवीन चिन्तन र अन्तर्विषयकतालाई अबलम्बन गर्नु नेपाली नाटकको उल्लेखनीय उपलब्धि हो भन्ने यस लेखको निचोड रहेको छ । यसले आगामी दिनमा हुने शोधका लागि थप मार्गप्रशस्त गरेको छ ।

{Nepali drama has a history of about two and a half centuries. Translation and transformation were the first steps in the history of Nepali drama. According to the information received so far, Hasyakadamba is considered to be the first play written in Nepali. The play was thought to have been published in about 1855 BS. Nevertheless, some manuscripts of plays written during the Lichchhavi and Malla period remain unexplored. This article provides an overview of Nepalese drama's history from its beginning to the present. Previous research has served as a prelude. As a result, the source used here comes from Secondary sources. The comparative method has been applied in this article because it was obtained by comparing historical documents. This article presents information in a descriptive form. The writer tries to trace the history of Nepalese drama in this article. This article summarizes the historical aspect of Nepali drama. In recent times, Nepali drama has become more sophisticated. The article stresses as to how Nepali drama has achieved great success by adopting innovative and interdisciplinary thinking. Further research could be conducted on this topic in the future.}
अशोक Ashok थापा Thapa Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47051 Mon, 08 Aug 2022 00:00:00 +0000 माधवी उपन्यासकी माधवीको चारित्रिक विशेषता {A Characteristic Feature of Madhavi in the Novel Madhavi} https://nepjol.info/index.php/vangmaya/article/view/47058
‘माधवी’ (२०३९) उत्तरवैदिककालीन समाजको ऐतिहासिक पुनर्निर्माण गरी प्रस्तुत गरिएको उपन्यास हो । यस उपन्यासमा पात्रलाई ऐतिहासिक विकासक्रमको संवाहकका रूपमा चित्रित गरिएको छ र उत्तरवैदिक कालको युगीनसन्दर्भलाई सिङ्गो सग्लो रूपमा देखाउनका लागि यस उपन्यासमा माधवीलाई नायिकाको भूमिकामा प्रस्तुत गरिएको छ । उत्तरवैदिक युगका तेह्रवटा जनपदको विकासको स्वरूप प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माधवीकै सन्दर्भबाट प्रकटिएका छन् । अहिच्छत्रको एक राजकुमारी, एक महामाया गणिका, गालवको गुरुदक्षिणा पूर्तिका लागि केशशुल्का बन्न बाध्यभएकी र चार ओटा सम्राटकी पुत्रप्रसू माता र अन्ततः गालवकी जीवनसँगिनी बन्न पुगेकी माधवीका विभिन्न चारित्रिक विशेषताहरू देखापर्दछन् । ती विशेषताहरूलाई विभिन्न आधारमा यस लेखमा विवेचना गरिएको छ । चारित्रिक विशेषताको विश्लेषण उपन्यासको विधासिद्धान्त अन्तर्गत पात्रविश्लेषणको सिद्धान्तका आधारमा गरिएको छ । अध्ययन गुणात्मक पद्धतिमा गरिएको छ र वर्णनात्मक एवं विवेचनात्मक विधिमा विश्लेषण गरिएको छ । सिङ्गो उत्तरवैदिकयुगको प्रस्तुतिको माध्यम बनेकी माधवी यस उपन्यासकी माधवी महत्वपूर्ण पात्र हो भन्ने यस लेखको निष्कर्ष हो ।

{Madhavi (2039 B. S.) is a novel that presents a historical reconstruction of post-Vedic society. The protagonist in this novel is portrayed as an agency of historical developments. In this novel, Madhavi is presented in the role of a heroine to show the epochal context of the post-Vedic period in its entirety. The pattern of development of the thirteen countries of the post-Vedic period is directly or indirectly revealed in the context of Madhavi. Madhavi, a princess of Ahichchhatra, a Mahamaya courtesan, was forced to become a keshashulka (courtesan) to fulfill Galav's Gurudakshina and became the mother giving birth to four emperor sons and eventually became Galav's life partner. These features are discussed in this article on various grounds. The Characteristic analysis is done based on the character analysis principle under the theory of the novel genre. The study is conducted in a qualitative methodology and is analyzed in a descriptive and critical method. This article concludes that Madhavi is a significant character in this novel, which has become the medium of presentation of the entire post-Vedic era.}
ईश्वरीप्रसाद Ishwariprasad गैरे Gaire Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47058 Mon, 08 Aug 2022 00:00:00 +0000 अष्टाध्यायी व्याकरणमा सूत्रशैली {The Formulation Style of the Sutra in Ashtadhyayi Grammar} https://nepjol.info/index.php/vangmaya/article/view/47063
प्रस्तुत लेख अष्टाध्यायी व्याकरणमा सूत्र शैलीको अध्ययनमा केन्द्रित छ । अष्टाध्यायी पाणिनि (इ. पू. ४५०—४००) द्वारा वैदिक र लौकिक संस्कृतमा भएका भाषिक व्यवस्थालाई नियमन गरिएको व्याकरण हो । करिब चार हजार सूत्रलाई पाणिनिले तिनको प्रकार्यका आधारमा प्रस्तुत गरेका छन् । यी सूत्रले व्याकरणमा विशेष शैलीगत स्वरूप प्राप्त गरेका छन् । यस व्याकरणको अन्य पक्षबाट अध्ययन भए पनि सूत्रको प्रकार तथा तिनका बिचको पारस्परिक अन्तरनिर्भरताका विषयमा अध्ययन भएको छैन । त्यही रिक्तताको परिपूर्तिका लागि अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य हो । त्यसका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यद्वारा गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषण वर्णनात्मक तथा व्याख्यात्मक विधि प्रयोग गरिएको छ । सूत्र, तिनका पदार्थगत अन्वय र सङ्क्षिप्त नियमनका स्वरूप दिएर शोध्य विषयलाई सामान्यीकरण गरिएकाले विश्लेषण निगमनात्मक पद्धतिमा आधारित छ । अष्टाध्यायीमा प्रस्तुत गरिएका संज्ञा, परिभाषा, विधि, नियम, अतिदेश, अधिकार गरी छ ओटा सूत्रका प्रकार एवं अध्याहार र अनुवृत्ति सूत्रकाबिचका प्रविधिगत अन्तर्सम्बद्धता हो भन्ने यस लेखको निष्कर्ष हो ।

{The present article focuses on the study of the formulation style of the sutra in Ashtadhyayi grammar. Ashtadhyayi is the grammar regulated on the linguistic system in Vedic and classical Sanskrit by Panini (450-400 BC). Panini has presented about four thousand sutrasbased on their functions. These sutras have acquired a special stylistic form in grammar. Although other aspects of this grammar have been studied, the type of sutra and the interdependence between them have not been studied. The main purpose of this article is to study to fill that critical gap. For that, data has been collected through library work. The descriptive and explanatory method of analysis of the collected data has been used. The analysis is based on the deductive method, as the subject matter is generalized by giving the form of the sutras, its semantic coherence, and brief regulation. This article concludes in Ashtadhyayi that there is a technical interrelationship between the types of six sutras, sanjna, paribhasha, vidhi, niyama, atidesha, adhikara and adhyahara and anuvritti.}
दीपकप्रसाद Dipakprasad ढकाल Dhakal Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47063 Mon, 08 Aug 2022 00:00:00 +0000 लोकवार्ताको अध्ययनक्षेत्र {The Area of Folklore Studies} https://nepjol.info/index.php/vangmaya/article/view/47084
बलम लोकवार्ता अहिले अध्ययनको एउटा महत्वपूर्ण विषयका रूपमा स्थापित भएको छ । यसको क्षेत्रअन्तर्गत लोकमा परम्परागत एवं मौखिक रूपमा प्रचलित कला, सिप र ज्ञानका यावत् कुराहरू पर्दछन् । लोकवार्ताको क्षेत्रलाई कतिपयले लोकसाहित्यमा मात्र सीमित गर्न खोजे पनि अहिले यो लोकसाहित्यका साथै लोकमानस, लोकसंस्कृति, लोककला, परम्परागत ज्ञान र सिपका सबै कुरा समेटिने विषय बनेको छ । त्यसैले यसका विषय विविध प्रकारका देखिन्छन् । लोकवार्ताका विषय, माध्यम र विधि भिन्न हुने भए पनि तिनका साझा विशेषताका आधारमा लोकवार्ताको वर्गीकरण गर्न सकिन्छ । यस विषयमा सङ्क्षेपमा वर्णन गरिएको पाइने भए पनि विस्तृत र गहन अध्ययन हुन सकेको पाइँदैन । त्यही रिक्तताको परिपूर्तिका लागि अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य हो । त्यसका लागि लोकवार्ता सिद्धान्तलाई आधार बनाइएको छ । पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरिएको छ र तिनको विश्लेषण व्याख्यात्मक एवं विवेचनात्मक विधिमा गरिएको छ । समाजका प्रचलित मूर्त र अमूर्त संस्कृति अन्तर्गत पर्ने सबै कुरा लोकवार्ताको अध्ययन क्षेत्रभित्र पर्दछन् । अमूर्त लोकवार्ता अन्तर्गत मौखिक लोकवार्ता, प्रदर्शनकारी लोककला, प्रथागत लोकवार्ता र भौतिक लोकवार्ता पर्दछन् र मूर्त लोकवार्तामा हस्तकला, वास्तुकला र भौतिक सामग्रीको निर्माण पर्दछन् भन्ने अध्ययनको निष्कर्ष रहेको छ ।

{Folklore has now been established itself as an important subject of study. Its scope includes all traditional and oral art, skills, and knowledge. Although some have tried to limit the field of folklore to folk literature, it has now become a subject of folklore as well as folk literature, folk psychology, folk culture, folk art, traditional knowledge, and skills. So there is a variety of its subject matter. Although this subject is briefly described, no detailed and in-depth study has been done. The main purpose of this article is to study to fill that gap although the subject, medium, and method of folklore differ, folklore can be classified on the basis of its common characteristics. The main objective of the present study isto identifies and classifies the field of folklore studies. For that, folklore theory is based. Data have been collected through library work and analyzed in an explanatory and critical method. Everything that falls under the prevailing tangible and intangible culture of the society falls within the field of folklore studies. The study concludes that intangible folklore includes oral folklore, performing folk art, customary folklore, and material folklore, and tangible folklore includes handicrafts, and folk crafts.}
दुर्गाबहादुर Durgabahadur घर्ती Gharti Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47084 Mon, 08 Aug 2022 00:00:00 +0000 दर्शन र साहित्य {Philosophy and Literature} https://nepjol.info/index.php/vangmaya/article/view/47085
दर्शन र साहित्य ज्ञानका भिन्न शाखा हुन् । दर्शन ज्ञानप्रधान बौद्धिक वाङ्मय रूप हो भने साहित्य आह्लाद प्रधानरागात्मक वाङ्मय कला हो । तत्वमीमांसा र ज्ञानमीमांसाको विमर्शमा केन्द्रित दर्शनविधा तर्क एवं कार्यकरणको वस्तुनिष्ठ भाषामा व्यक्त हुन्छ भने साहित्य जीवन जगत्कै सत्यतथ्यलाई कल्पनाको जलपले रङाएर आलङ्कारिक, विरोधाभाषी, लक्षणाव्यञ्जनामूलक भाषामा व्यक्त हुन्छ । यी दुई वाङ्मयका भिन्न विधा भए पनि दर्शन साहित्यबाट अभिव्यक्ति कलाको अपेक्षा गर्दै थोरै कलाको सम्पुटनबाट सम्प्रेष्यताको आलोक प्राप्त गर्दछ भने साहित्य दर्शनको वैचारिकतालाई अन्तःगर्भमा लुकाएर किञ्चित् बौद्धिक तुष्टि प्रदान गर्दछ ।

{Philosophy and literature are two different branches of knowledge. Philosophy is acknowledge-oriented intellectual rhetoric form while literature is an ecstatic melodic rhetoric art. Philosophy centers on the discussion of metaphysics and epistemology, which is expressed in the objective language of logic and causality. Literature, however, is expressed in figurative, contradictory and allegorical language by painting the realities of the world of life with the plated of imagination. Although these two genres of rhetoric are different, philosophy receives the light of communicativeness from the collection of art, expecting art of expression from literature, while literature provides a little intellectual satisfaction by hiding the ideology of philosophy in the womb. In this kind of interrelationship, one can see the interdependent relationship between philosophy and literature. The main purpose of this article is to study that relationship. For that, the data has been collected through library work and analyzed in a descriptive and explanatory method. Analyzing the relationship between philosophy and literature in this article, it has been concluded that philosophy is a branch of knowledge-oriented, objective, intellectual, causal, factual rhetoric and literature is a branch of rhetoric based on sentimental, heartfelt, subjective, imaginary truth.}
नारायण Narayan गड्तौला Gadtaula Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47085 Mon, 08 Aug 2022 00:00:00 +0000 ‘पहेंलो गुलाफ’ कथामा नारी शरीरमाथिको राजनीति {Politics on the Female Body in the Story 'Pahenlo Gulaph'} https://nepjol.info/index.php/vangmaya/article/view/47086
प्रस्तुत लेखमा प्रेमा शाहको ‘पहेँलो गुलाफ’ कथालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारी शरीरमाथिको राजनीतिका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको वैचारिकता निरूपण गरिएको छ । ‘पहेँलो गुलाफ’ कथामा विवाहपछि पतिको पाशविक यौन चाहनाका कारण प्रताडित एउटी नारीको रोगग्रस्त शरीर र त्यस क्रममा पतिद्वारा भएको शरीरमाथिको आक्रामक आशक्तिको चित्रण गर्दै नारी शरीर माथिको शोषण एवम् त्यसले सिर्जना गरेको प्रतिरोधको उद्घाटन गरी नारी शरीर र पितृसत्ताको वर्चस्वका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा कथा विश्लेषणका निम्ति शरीर राजनीतिको आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति नारी शरीरमा यौनचाहनाको भिन्नताको स्थापना, पितृसत्ताले निर्माण गरेको नारी शरीरप्रतिको पहिचानको प्रतिरोध र नारी शरीरलाई पुरुष प्रभुत्व अन्तर्गत गरिने उपभोगको आलोचनाको सन्दर्भलाई सैद्धान्तिक ढाँचाको उपयोग गरी सम्पन्न गरिएको छ र ‘पहेँलो गुलाफ’ कथामा पितृसत्ताको प्रभुत्वप्रति चिन्तनगत आलोचना तीव्र भए पनि शारीरिक प्रतिरोध गर्न नसक्दा सिर्जित शरीर राजनीतिमा असन्तुलन हुनुका कारण नै ‘म’ पात्रले पृथक् अस्तित्व स्थापना गर्न नसकी आफू तथा पतिको मृत्युको कामना गरेकी हो भन्ने निष्कर्ष निकालिएको छ ।

{In the present article, Prema Shah's story 'Pahenlo Gulaph' (as a yellow rose) has been taken as a text and the ideology of the story has been determined by analyzing and evaluating the various dimensions of politics on the female body used in it. In the story 'PahenloGulaph', the objective is to establish the reciprocity between the dominance of the female body and the dominance of the patriarchy by depicting the diseased body of a woman who was tortured due to her husband's brutal sexual desire after marriage and the aggressive attachment of the husband to the body. For the analysis of the story, the basic values of body politics have been adopted as a theoretical framework and intensive analysis has been done by collecting the textual data from the purposive sample selection system. To this objective, the establishment of the difference in sexual desire in the female body, the resistance of the patriarchal identity to the female body, and the criticism of the consumption of the female body under male domination have been completed using the theoretical framework and in the story 'pahenlo Gulaph', it is concluded that the character 'I' could not establish a separate existence and wished for the death of herself and her husband due to the imbalance in the body politics created due to the inability to resist physically.}
नेत्र Netra एटम Atom Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47086 Mon, 08 Aug 2022 00:00:00 +0000 सङ्कथन विश्लेषणमा डेल हाइम्सको सिद्धान्त {Dell Hymes's Theory in Discourse Analysis} https://nepjol.info/index.php/vangmaya/article/view/47087
प्रस्तुत लेख सङ्कथन विश् लेषणको थालनी र त्यसको विकासमा डेल हाइम्सको नवीन सिद्धान्त सम्प्रेषणको जाति सिद्धान्तले थपेको योगदानको मूल्याङ्कनमा केन्द्रित छ । फर्थको भाषिक दृष्टि, ह् यारिसको सङ्कथन विश्लेषण माथिको सर्वप्रथम विमर्श र मिचेलको विनिमय संरचनाको सूक्ष्म ढाँचालाई अँगालेर अगि बढेको सङ्कथन विश्लेषणको परम्परालाई नयाँ आयाम दिई डेल हाइम्सले मानवजातिले व्यवहार गर्ने भाषालाई सपिरले भनेझैँ मानवशास्त्रको अङ्ग तथा सस्युरले मानेझैँ सङ्केतविज्ञानको अङ्ग मान्दै सम्प्रेषणको जातित्व कसरी निर्धारित गरे अनि त्यसका आधारमा परम्परित व्याकरणको सीमाभन्दा माथि राखेर सांस्कृतिक सन्दर्भबाट हेर्दै सङ्कथनको स्तरमा व्याख्या गर्ने सैद्धान्तिक मान्यता विकसित गरे भन्ने समस्या यस लेखको रहेको छ तथा सो समस्याको समाधानार्थ सामग्रीको संयोजन र विश्लेषण गर्ने उद्देश्य यस लेखमा राखिएको छ । यसका लागि सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार तथा डेल हाइम्सद्वारा प्रस्तुत सन् १९६२, १९६४ र १९७४ का कार्यहरूलाई विश्लेषणका प्रमुख सामग्री तथा तिनलाई सम्पुष्ट गर्ने विद्वान्हरूका अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । लेखले निष्कर्षका रूपमा हाइम्स मानवभाषालाई बृहत्सम्प्रेषणात्मक घटकका रूपमा हेर्दै मानवको व्यवहारलाई जातिविशेषको पहिचान वा बोधका रूपमा विश्लेषण गर्ने अन्तर्दृष्ट भएका सङ्कथन विश्लेषक थिए र यो नवीन दृष्टि नै सङ्कथन विश्लेषणको परम्परामा उनको महत्वपूर्ण योगदान थियो भन् ने ठहर गरेको छ ।

{This article focuses on the beginning of discourse analysis and the evaluation of the contribution of Dell Hymes' new theory of ethnography of communication to its development. Dell Hymes gives a new dimension to developing the tradition of discourse analysis by em bracing Firth's linguistic vision, the first discussion on Harris's discourse analysis, and the subtle structure of Mitchell's exchange structure. The problem of this article is how Hymes believes that language is a part of semiotics as Saussure thinks it, and as Sapir says it, is an integral part of anthropology, how the ethnicity of communication was determined and on the basis of that, how he developed the theoretical notion of interpreting at the level of discourse from the cultural context beyond the limits of traditional grammar and the purpose of this article is to combine and analyze the data to solve this problem. For this, the theoretical basis of discourse analysis and the works of 1962, 1964, and 1974 presented by Dell Hymes have been used as the main data of analysis and the study of the scholars who completed it as secondary data. The article concludes that Hymes was a synthesis analyst with an insight into human language as a broad communicative component and an analysis of human behavior as an identity or perception of a particular race.}
भरतकुमार Bharatkumar भट्टराई Bhattarai Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47087 Mon, 08 Aug 2022 00:00:00 +0000 ‘म जुजुमान’ कथाको लकानेली मनोविश्लेषण {Lacanian Psychoanalysis of the Story 'Ma Jujuman'} https://nepjol.info/index.php/vangmaya/article/view/47088
प्रस्तुत लेखमा ‘म जुजुमान’ कथामा लकानेली परिकल्पना पद्धतिको प्रयोग कसरी भएको छ र त्यसले ‘गोठाले’का कथामा कस्तो प्रभाव पारेको छ भन्ने मूल जिज्ञासाको समाधान खोजिएको छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ मनोविश्लेषणात्मक कथा लेख्ने स्रष्टा हुन् र उनका कथालाई मनोविश्लेषणका फ्रायडेली र उत्तर फ्रायडेली सन्दर्भबाट अध्ययन गर्नु उपयुक्त हुन्छ । यस अध्ययनमा उत्तर संरचनावादी मनोविश्लेषक ज्याक लकाँको परिकल्पना–पद्धतिका कोणबाट अध्ययन गरिएको छ । मानिसको मनोजगत् आफ्नै मनको चेतन र अचेतनको द्वन्द्वमा रुमलिनुको मूल कारण समाज र भाषा हो र यसै द्वन्द्वमा मान्छेले अभाव, अस्पष्टता र अपूर्णताको अनुभव गरिरहन्छ भन्ने लकानेली मान्यतालाई आधार बनाई यस अध्ययनमा ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषण गरिएको छ । सम्बद्ध कथाको सूक्ष्म पठन गर्दै मूल पात्र जुजुमानको द्वन्द्वरत मनोदशाको विश्लेषणबाट जुजमान पात्रमा देखिएको द्वैध चरित्र समाजको अवस्थाका कारण निर्मित भएको हो र परिकल्पना पद्धतिको प्रयोगले जुजुमानको चरित्रगत विशिष्टता मार्फत ‘गोठाले’ को यो कथा जीवन्त बन्न पुगेका छ । यस कथाले जुजुमानको मनोदशामार्फत तत्कालीन समाजको सङ्क्रमणकालीन समयलाई चिनाउन सफल भएको छ भन्ने निष्कर्ष यस अध्ययनमा निकालिएको छ ।

{This article explores the solution to the basic question of how the Lacanian imaginary is usedin the story 'Ma Jujuman' and how it has affected the story of the 'Gothale'. Govinda Bahadur Malla 'Gothale' is the author of psychoanalytic fiction and it is appropriate to study his storyin the context of Freudian and post-Freudian psychoanalysis. This study is analyzed from the perspective of post-structuralism psychoanalyst Jacques Lacan's imaginary. The study analyzes the story of the 'Gothale' from the lens of Lacanian psychoanalysis. This study is based on the Lacanian idea of that human mind is guided by the society and language. Due to this, thereis always conflict between the conscious and the unconscious mind. A meticulous reading of the related story reveals that the dual character seen in the main character, Jujuman's character is formed due to the state of society and the use of imagination that has made Jujuman's characteristic quite unique. The study concludes that this story has succeeded indentifying the transitional period of society through Jujuman's mood.}
रजनी Rajani ढकाल Dhakal Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47088 Mon, 08 Aug 2022 00:00:00 +0000 मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira} https://nepjol.info/index.php/vangmaya/article/view/47089
प्रस्तुत लेखमा सनातन धार्मिक मान्यताका आधारमा बालकृष्ण समद्वारा लिखित मुकुन्द–इन्दिरा नाटकको विवेचना गरिएको छ । कृति विश्लेषणका निम्ति श्रुति, स्मृति लगायत शास्त्रीय ग्रन्थहरूमा उल्लिखित धार्मिक चिन्तनबारे विभिन्न समालोचकद्वारा मीमांसा गरिएका पुस्तकहरू एवं ‘मुकुन्द–इन्दिरा’ नाटकको अध्ययन गरी सैद्धान्तिक अवधारणा तय गरिएको छ । उक्त अवधारणाका आधारमा ‘मुकुन्द–इन्दिरा’ नाटकको विश्लेषण गर्दा परोपकार, कर्तव्य, नैतिक आचरणपूर्ण जीवन, ईश्वरप्रतिको विश्वास, प्रायश्चित्त, प्रेम, भक्ति, पाठपूजा एवं उपासनाको समष्टि स्वरूप नै धर्म हो भन्ने समको धर्मसम्बन्धी दृष्टिकोणको निरूपण गरी नाटकका विभिन्न सन्दर्भसहित विवेचना गरिएको छ । अध्ययन गुणात्मक पद्धतिमा आधारित छ र सामग्रीको विश्लेषण व्याख्यात्मक र विवेचनात्मक विधिमा गरिएको छ । यस नाटकमा जीवनको आधार नै धर्म हो र धर्मको आधार प्रेम हो भन्ने मुख्य विचारलाई नायिका इन्दिराको चरित्रबाट व्यञ्जित गरिएको छ भन्ने यस लेखको निष्कर्ष हो ।

This article discusses Bal Krishna Sama's play Mukunda-Indira on the basis of traditional religious beliefs. In the say way, old shruti, smriti, and other traditional literature are used to analyze the work. Mukunda-Indira play analysis is based on religious ideas expressed in many ancient scriptures. The literature reviewed, as examined by many critics prior to this, is regarded the theoretical foundation of the study. Analyzing the Mukunda-Indira play based on these established notions, the study is based on the author Sam's belief that religion is a blend of altruism, duty, moral conduct, faith in God, penance, love, devotion, recitation, and worship. This study, in particular, is based on a qualitative method, and the text is studied using explanatory and critical methods. The major premise of this play is portrayed through the character of the heroine, Indira, who believes that religion is the foundation of life and that religion is the foundation of love. This is the actual conclusion of this article.}
राधिका Radhika गुरागाईँ Guragain Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47089 Mon, 08 Aug 2022 00:00:00 +0000 ‘राइटर बाजे’ कथामा एकाकीपन {Loneliness in 'Writer Baje' Story} https://nepjol.info/index.php/vangmaya/article/view/47090
प्रस्तुत अध्ययनकार्य अस्तित्ववादको एक उल्लेखनीय मान्यताका रूपमा रहेको एकाकीपनका आधारमा विश्वेश्वरप्रसादकोइरालाले रचना गरेको ‘राइटर बाजे’ कथाको विश्लेषणमा केन्द्रित छ र त्यसका लागि मुख्य रूपमा व्याख्यात्मक विधिअवलम्बन गरिएको छ । प्रत्येक मान्छेले आपूmलाई यस बिरानो संसारमा नितान्त एक्लै फालिएको अवस्थामा पाउँछ रयस संसारका ऊ एक पृथक् अस्तित्व लिएर मानिसहरूको भिडमा एक्लै बाँचिरहेको हुन्छ अनि एकाकीपनमा नै उसलाईआफ्नो अस्तित्वबोधसमेत हुन्छ भन्ने मान्यता अस्तित्ववादको रहेको छ । अस्तित्ववादको यस मान्यताको अभिव्यक्तिकोइरालाको प्रस्तुत कथामा निकै कुशल ढङ्गमा गरिएको छ । प्रस्तुत कथाकी नायिका भोटिनीले आफ्नो अस्तित्वकोस्वतन्त्रतालाई अक्षुण्ण राख्दै आफ्ना पालनकर्ता राइटर बाजेलाई पतिवरण गरेपछि नारीत्वको सार्थकता अनुभव गर्नुकासाथै एउटी छोरी जन्मेपछि मातृत्वको सार्थकतासमेत अनुभव गर्दै जीवनका पूर्ण सार्थकताको अनुभूति गरेकी भए पनिअचानक छोरीको मृत्यु भई पतिसमेत क्षयरोगका कारण मृत्युशøयामा छटपटाएपछि पतिको उपचारार्थ खर्च जुटाउनवेश्यासमेत बनेकी भए पनि पतिले संसार त्यागेर गएपछि कुष्ठरोग लिँदै एकाकीपनबोध गरेर जीवन बाँच्न बाध्य भएकोदेखाइएको छ । यसबारे खासै अध्ययन नभएकाले यो अध्ययन गरिएको हो । त्यसको अध्ययनका लागि पुस्तकालयीयकार्यद्वारा सामग्री सङ्कलन गरिएको छ र सामग्रीको विश्लेषण वर्णनात्मक, व्याख्यात्मक एवं विवेचनात्मक विधिमागरिएको छ । भोटिनीले एक्लै जीवनमा महŒवपूर्ण निर्णयहरू गर्दै ती निर्णयबाट उत्पन्न परिस्थितिप्रतिको उत्तरदायित्वएक्लै वहन गर्नुका साथै समग्र जीवन एकाकीपनबोध गर्दै बाँच्नुपरेको देखाई प्रस्तुत कथामा अस्तित्ववादको एक मूलभूतमान्यताका रूपमा रहेको एकाकीपनको अभिव्यक्ति निकै प्रभावकारी ढङ्गमा गरिएको छ भन्ने यस अध्ययनको निष्कर्षरहेको छ ।

{It examines the story 'Writer Baje' by Bishweshwar Prasad Koirala on the basis of loneliness, a belief characteristic of existentialism. In this research, the mainly explanatory method has been used. In this strange world, we find ourselves totally alone. In this world, we live alone in a crowd of people, each with their own existence. Simultaneously, existentialism argues that alone, we experience our own sense of existence. This idea of existentialisms expressed quite well in Koirala's story. Bhotini, the protagonist of this story, has discovered the importance of femininity after marrying the writer Baje and maintaining her independence of existence. She has also realized the significance of parenting with the birth of her daughter. She first understood the true meaning of life. Her daughter died unexpectedly, and her husband was also suffering from tuberculosis. She has been unable to raise funds for her husband's medical treatment since he became gravely ill. As a result, she has turned into a prostitute. She was left alone after her husband died. She is afflicted with leprosy. This study has been done as there are not many studies on it. For its study, the material has been collected through library work and the material has been analyzed in descriptive, explanatory, and critical methods. The study concludes that Bhotini makes important decisions in life alone, bearing responsibility for the circumstances arising from those decisions, and living a life of loneliness as a whole.}
लेखराज Lekhraj खतिवडा Khatiwada Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47090 Mon, 08 Aug 2022 00:00:00 +0000 अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion} https://nepjol.info/index.php/vangmaya/article/view/47091
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै
सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ । त्यसैले प्रस्तुत लेखमा आमूल नारीवादी
सैद्धान्तिक मान्यताअन्तर्गत पहिचान र विद्रोहका आधारहरूको प्रस्तुति गर्दै पितृसत्तात्मक सामाजिक संरचनाभित्र
नारीहरूले झेल्ने उत्पीडन तथा त्यसका विरुद्ध उनीहरूले चाहेको पहिचान तथा विद्रोह सम्बन्धी मान्यताको चर्चा
गरिएको छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा अनुराधा उपन्यासमा प्रयुक्त पितृसत्तात्मक मूल्यभित्र अभिव्यक्त
पहिचान र विद्रोहको विश्लेषण गरिएको प्रस्तुत लेखमा मल्लले आफ्नो यस उपन्यासमा नारीउत्पीडन तथा पहिचान
र विद्रोहको प्रस्तुतिका माध्यमबाट स्थापित पुरातन मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष
निकालिएको छ ।

{Vijay Malla is a feminist novelist. His novel Anuradha is also analyzable from a feminist perspective. It is structured in a patriarchal social environment. In addition to presenting the oppression that women have to endure within the patriarchal values amid the same oppression, the heroine Anuradha has revolted against the oppression in search of her existence. Although this novel has been analyzed from other angles, it has not been done from a feminist angle. To fill this gap, the present article explores the contexts of identity and rebellion by collecting data from library work and making the feminist theoretical framework the basis of analysis. The data is analyzed in an explanatory and critical method. In this novel, it is concluded that there is a need to change the old values established through the presentation of women's oppression and identity, and rebellion.}
साधना sadhana पन्त ‘प्रतीक्षा’ Panta 'Pratikshya' Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47091 Mon, 08 Aug 2022 00:00:00 +0000 भाषा र वाक् भाषिक सिद्धान्त साहित्य विश्लेषणको आधार {Language and Speech Theory: The Basis of Literary Analysis} https://nepjol.info/index.php/vangmaya/article/view/47151
ससुरका भाषासम्बन्धी मान्यता भाषा ( Langue ) र वाक् (Parole) का केन्द्रमा रही यस लेखमा साहित्यको अध्ययन, विश्लेषणको एक आधार वा पद्धति निर्माण गरिएको छ । ससुरको मान्यता सामाजिक पक्ष भाषा र वैयक्तिक प्रयोगबोली भन्ने रहेको छ । यस आधारमा रहेर साहित्य सिर्जना या चिन्तनका विश्लेषणका क्रममा सामाजिक पक्ष र वैयक्तिक पक्षको खोजी गरिएको छ । यसमा भाषालाई सामाजिक पक्ष र बोली वैयक्तिक पक्षका आधारबाट भाषिक व्याख्या गर्दा बनाइएका मान्यता साहित्यका सन्दर्भमा प्रयोग गरी साहित्य सिर्जनाको दार्शनिक आधार र विश्लेषणको स्पष्ट खाका कोरिएको छ । भाषा समाजको आधारभित्र रहेर बोलीका रूपमा मूर्त हुन्छ भन्ने मान्यताबाट आन्तरिक र बाह्य संरचनाको चिन्तनगत परम्परा विकास भएको छ र यो मान्यता साहित्य सिर्जनामा पनि देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनमा आएको छ । भाषा र वाकको यही सामाजिक र वैयक्तिक पक्षको आधारमा रहेर साहित्यको मूल्यबोधको मार्ग निर्धारण गर्दा साहित्यको आधार पनि समाजसँग जोडिएको हुन्छ र साहित्यिकता समाजको साझा पक्ष हो भने रचना बोली जस्तै वैयक्तिक पक्षमा अर्थिने गर्दछ भन्ने मान्यता यस लेखमा प्रस्तावना गरिएको छ । भाषा र बोलीको सम्बन्धगत मान्यतासँग साहित्यको समाज र व्यक्तिसँगको उत्तरदायित्वको अर्थ नै यस लेखमा खोजी गरिएको विशेषपक्ष हो । यस लेखमा नमुना पद्धतिबाट सामग्री चयन गरिएको छ र विश्लेषणमा गुणात्मक अध्ययन पद्धति अवलम्बन गरिएको छ । यस क्रममा आफर कृतिको साहित्यिकता र रचनागत पक्षको मूल्यबोध गर्दै यस मान्यताको व्यावहारिक प्रयोग पनि यस लेखमा प्रस्तुत छ ।

{This article does a comparative study and analysis of literature focusing on the ideas of Ferdinand de Saussure, langue and parole. Saussure believed that the social aspect waste language and that the language of personal use was parole. The process of analyzing literary creation or thought has explored the social and individual aspects. It identifies the social function of language and interprets dialect based on individual aspects in the context of literature. It emphasizes that language is an abstract expression of a society that exists within a dialect. A contemplative tradition has developed around language's internal and external structure in this context. This study concluded that this concept is also seen in the creation of literature. Language and speech play an important role in determining the value of literature. Thus, the basis of literature is also connected to society. If this literature is a common element of society, it implies the individual element, such as composition and speech. This article explains how this relationship is accomplished. In this article, it is the meaning of the responsibility of literature towards society and individuality along with the related beliefs of language and dialect that are explored. This article was accumulated using the sampling method. The analysis in this article has been conducted using a qualitative method. In this article, the value of the literary and creative side of the work called the text Aaphar is emphasized. The practical application of this belief is also discussed.}
सुकुम Sukum शर्मा Sharma Copyright (c) 2022 https://nepjol.info/index.php/vangmaya/article/view/47151 Mon, 08 Aug 2022 00:00:00 +0000