https://nepjol.info/index.php/vangmaya/issue/feed Vangmaya वाङ्मय 2023-10-31T00:00:00+00:00 Prof. Krishna Prasad Ghimire krishna.ghimire@cdn.tu.edu.np Open Journal Systems
Vangmaya वाङ्मय is a peer reviewed journal published by the Central Department of Nepali, Tribhuvan University, Kirtipur, Nepal. The Vangmaya Journal is a research journal on Nepali language and literature. The journal contains articles by many scholars who have done important research on the Nepali language.
https://nepjol.info/index.php/vangmaya/article/view/59232 अप्रिय उपन्यासमा अन्तर्पाठीयता 2023-10-11T03:43:19+00:00 अनुपमा रेग्मी regmianupama@gmail.com
प्रस्तुत लेखमा अन्तर्पाठीयताको सिद्धान्तका आधारमा ध्रुवचन्द्र गौतमको 'अप्रिय’ उपन्यासको अध्ययन गरिएको छ । यस उपन्यासमा अन्तर्पाठ प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएका कारण यो अध्ययन गुणात्मक प्रकृतिको छ । यस लेखमा व्याख्यात्मक एवम् विश्लेषण विधिको प्रयोग गरिएको छ । अन्तर्पाठीयताको सैद्धान्तिक मान्यताअनुसार 'अप्रिय’ उपन्यासमा साहित्य, मिथक र विज्ञान विषयको अन्तर्पाठ भएका सन्दर्भहरूको खोजी गरी तिनको व्याख्या विश्लेषण गरिएको छ । साहित्यकारका नाम, साहित्यिक कृतिहरू, नेपाली गीत, यथार्थवादी साहित्य सिद्धान्तको मान्यता, लेखनाथ पौड्यालको कविताको अंश साहित्यिक अन्तर्पाठका रूपमा, पुराणका नाम, पुराणवर्णित स्थल, भगवान्का आयुध, व्रिmयाकलापलगायत मिथकीय सन्दर्भहरू र शरीरविज्ञान, खगोलविज्ञान, जीवविज्ञान, रसायन विज्ञान, प्रविधि विषयका विभिन्न पारिभाषिक शब्द यसमा अन्तर्पाठ भएका छन् । यस अध्ययनबाट 'अप्रिय’ उपन्यासको निर्मितिमा विभिन्न पाठहरूको जोडजाड भएको, त्यसले गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यब्ग्य र फेबुलेसनको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको निष्कर्ष प्राप्त भएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59233 एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता कवितामा वर्चस्व 2023-10-11T03:47:41+00:00 अमृता शर्मा amritaregmi99@gmail.com
प्रस्तुत लेखमा पारिजातको 'एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता’ कवितालाई पाठका रूपमा लिई त्यस कवितामा
प्रयुक्त वर्चस्वका विभिन्न अवस्थाहरूको विश्लेषणमार्फत कवितामा व्यक्त आर्थिक र सांस्कृतिक वर्चस्वको विश्लेषण
गरिएको छ । यस सन्दर्भमा कविताको विश्लेषणका लागि आन्तोनियो ग्राम्चीले प्रस्तुत गरेको वर्चस्वसम्बन्धी मान्यतालाई
विश्लेषणको आधारका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक वर्चस्व र सामाजिक–सांस्कृतिक वर्चस्व
गरी दुईवटा पर्याधारहरूको निर्माण गरी पाठगत तथ्यहरूको विश्लेषण गरिएको छ । यस कवितामा नेपाली वर्गीय
संरचनायुक्त समाजमा उच्च वर्गले निम्न वर्गका नारी र पुरुष दुवैमाथि सहमति तथा बल दुवैको प्रयोगमार्फत आर्थिक
र सामाजिक–सांस्कृतिक वर्चस्व कायम गरेको विचार व्यक्त भएको छ । निम्नवर्गीय र निम्नजातीय नारीहरूमाथि यो
वर्चस्वको अवस्था झनै उत्पीडनकारी रहेको चिन्तन व्यक्त भएको छ । यस कवितामा पितृसत्तात्मक वर्गीय समाजमा
निम्नवर्गीय एवं निम्नजातीय नारीहरूमाथि कायम भएको वर्चस्व आर्थिक नियन्त्रणका आधारमा गरिएको नारीहरूको
श्रमशक्तिको शोषणमा मूल रूपमा आधारित रहेको र यसलाई सामाजिक–सांस्कृतिक अधिरचनाहरूले तीव्र बनाएको
चिन्तन प्रस्तुत गरिएको छ । यस कवितामा श्रमविभाजनको प्रक्रिया श्रमशक्तिको शोषणको आधार भएको र यसले मानव
मानवबिच विभेदीकरणको पद्धति विकास गरेको हो भन्ने विचारलाई नम्नवर्गीय एवं निम्नजातीय नारीपात्रका अवस्था,
उसका भनाई र विचारमार्फत व्यञ्जित गरिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59234 रातभरि हुरी चल्यो कथामा समाख्यानात्मक तह 2023-10-11T03:52:24+00:00 अविलाल शाह abilalshah.cnas@gmail.com
प्रस्तुत लेखमा कथाकार इन्द्रबहादुर राईद्वारा लिखित 'रातभरि हुरी चल्यो’ कथाको समाख्यानात्मक तहको अध्ययन
गरिएको छ । सामाजिक समस्यालाई मूल विषय बनाएर लेखिएको प्रस्तुत कथाको समाख्यानात्मक तहगत संरचना र
प्रस्तुतिशैलीको खोजीमा यो लेख केन्द्रित छ । यसका लागि समाख्यानशास्त्री जानले अगाडि सारेको समाख्यानात्मक
सम्प्रेषणको तह र समाख्यानात्मक अन्तर्वेशनसम्बन्धी अवधारणालाई सैद्धान्तिक ढाँचाको रूपमा प्रयोग गरिएको छ ।
यसमा गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरी समाख्यानात्मक संरचनाका घटकहरूबिचको
लम्बीय तथा क्षितिजीय सम्बन्ध विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस कथामा मूलतः कार्यात्मक र आख्यानात्मक
तह रहेका छन्। कथामा समाख्यानात्मक अन्तर्वेशनको स्थिति नदेखिए पनि तीनवटा कथांश भने आएका छन्। यसले
समाख्यानात्मक तहलाई व्यवस्थित बनाएको छ । पाठमा भएका घटनाक्रम र संवादलाई उदाहरणका रूपमा लिई
समाख्यानात्मक तहलाई प्रस्ट पारिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59235 वीरेकी आमा कथामा जातीय शक्तिसम्बन्ध 2023-10-11T04:03:51+00:00 गुरुप्रसाद पोखरेल gurupokharel@gmail.com
प्रस्तुत लेखमा रमेश विकलको 'वीरेकी आमा’ कथामा आधारित भई वर्णवादी समाजको माथिल्लो जात मानिने ब्राह्मण र तल्लो जात मानिने दलितबिचको श्रेणीक्रममा आधारित जातीय शक्तिसम्बन्ध देखाइएको छ । यस कथामा तत्कालीन नेपाली समाजको वर्णाश्रमयुक्त व्यवस्थामा आधारित कथित उच्च जातीय आर्थिक सम्बन्ध र त्यसका आडमा कथित निम्न जातिमाथि गरिएको विभेदजन्य तथा उत्पीडनकारी जातीय शक्तिसम्बन्ध प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको यस अध्ययनमा सांस्कृतिक अध्ययनअन्तर्गत जातीय शक्तिसम्बन्धको विश्लेषण गरिएको छ । सीमान्तीकृत समुदायको निम्न जातको कमजोर आर्थिक अवस्था देखाइएको यस कथामा ग्रामीण जीवनका निम्न जातीय समुदायका पीडा, दुःख र जीवनसङ्घर्षको प्रस्तुति छ । यसमा तत्कालीन समाजमा सामन्तवादी विमर्शात्मक संरचना क्रियाशील रहेका कारण उत्पादनका साधनमाथि उच्च जातीयवर्गीय वर्चस्व कायम भएको छ र त्यसबाट निर्मित तथा प्रसारित ज्ञानका कारण जातीय शक्तिसम्बन्ध धमिलिई शत्रुतापूर्ण बनेको देखाइएको छ । तत्कालीन समाजमा उत्पादनका सबै साधनमाथि कथित उच्च जातको वर्चस्व रहेको हुनाले वितरण प्रणाली र सामाजिक प्रभुत्वमा पनि उच्च जात भनिएकाकै आधिपत्य स्थापित भएको देखाइएको यसमा जातीय विभेद, दमन र तत्कालीन समाजमा स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचनाले कथित उच्च जातलाई शासक र निम्न जातलाई शासितको स्थान तय गरिदिएर वर्गीय दमन र शोषणका लागि आधार तयार पारेको देखाइएको छ । स्थानीय सत्तामा कथित उच्च जातकै वर्चस्व रहेको र केन्द्रीय सत्तासम्मको पहुँचसमेत उच्च जातकै भएका कारण श्रमको मूल्य निर्धारण, सामाजिक न्याय, श्रमको अतिरिक्त मूल्यको शोषण जस्ता कार्यमा कथित उच्च जातले छुट पाएको विषयवस्तु यस कथामा छ । तत्कालीन वर्णवादी समाजमा एउटा जातले अर्को जातमाथि गर्ने विभेद, शोषण, दमन र उत्पीडनको स्वरूपलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको यस अध्ययनमा सामन्तवादी,पुँजीवादी, वर्णवादी समाज र सामाजिक संरचना भएकै कारणले त्यस बेलाको विमर्शात्मक संरचना नै निम्न जातमाथि सत्ता र शक्तिको पहुँचका कारण शोषण गर्न क्रियाशील थियो भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59237 सारङ्गी बोकेको समुद्र कवितामा बिम्बविधान 2023-10-11T04:15:05+00:00 चन्द्रप्रसाद ढकाल dhakalchandra33@gmail.com
मोहन कोइरालाको 'सारङ्गी बोकेको समुद्र’ कृतिमा अन्तर्निहित बिम्बात्मक प्रयोगको पहिचान गर्नु नै यस अध्ययनको उद्देश्य हो । यही उद्देश्यलाई पूरा गर्नका लागि प्रस्तुत अध्ययनमा उल्लिखित कृतिभित्र प्रयुक्त बिम्बहरूको प्रकृति खोजी गरिएको छ । यस अध्ययनलाई पूर्णता दिनका लागि पुस्तकालयीय कार्यबाट सामग्रीको सब्कलन गरिएको छ भने सामग्री विश्लेषणका लागि बिम्ब विश्लेषणका सैद्धान्तिक अवधारणाहरू प्रस्तुत गरी तिनीहरूमध्ये यौनबिम्ब, सांस्कृतिक बिम्ब र प्राकृतिक बिम्ब गरी तीनवटा आधार तयार पारिएको छ । यी तीन आधारमा विश्लेषण गर्दा सोद्देश्यमूलक विभिन्न कविताका विशिष्ट पब्क्तिहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ । यसरी अध्ययन गर्दा मोहन कोइरालाको 'सारङ्गी बोकेको समुद्र’ कृतिमा नवीन बिम्बको अधिक प्रयोग भएको पाइन्छ । यसो हुनुमा प्रयोगधर्मी कविको काव्यगत प्रवृत्ति नै मुख्य रहेको देखिन्छ । यस कृतिमा प्रयोग भएका बिम्ब कथ्य विषयसँग झिनो मात्रामा समानता राख्ने किसिमका छन् । यस्तो झिनो सम्बन्धलाई कतिपय पाठकले पहिचान गर्न नसक्ने र पहिचान गरे पनि साधारणीकरण गर्न समस्या पर्ने देखिन्छ । मोहन कोइरालाको यसै प्रवृत्तिलाई आधार मानी धेरै समालोचकले उनलाई दुरुह कविको संज्ञा पनि दिएका छन् । बिम्बहरूको अधिक प्रयोग र यस्ता बिम्बको कथ्य विषयसँगको झिनो सम्बन्ध भएबाट यस सब्ग्रहका कविता बुझ्न अलि कठिन भए पनि भाव बुझेपछि भिन्न र विशिष्ट किसिमको अर्थोद्घाटन गर्ने किसिमका छन् । यस अध्ययनबाट 'सारङ्गी बोकेको समुद्र’ कृतिभित्रका कवितामा नवीन, अप्रचलित र कथ्य विषयसँग झिनो सम्बन्ध भएका बिम्बको प्रयोग भएको र यस्तो प्रयोगका कारण यो काव्य विशिष्ट र सम्प्रेषणगत दुरुह भएको निष्कर्ष निकालिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59243 नेपाली उपन्यासमा मानसिक विक्षिप्तता 2023-10-11T06:12:09+00:00 जीवन श्रेष्ठ jistha@gmail.com
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले पात्रको मानसिक सन्तुलनमा प्रभाव पार्दछ । यसै सन्दर्भमा नेपाली उपन्यासका पात्रहरूको सामाजिक वर्ग र तिनको मानसिक समस्याबिच केकस्तो अन्तःसम्बन्ध रहेको छ भन्ने मूल समस्यामा केन्द्रित भएर यो अध्ययन गरिएको छ । यसको समाधानका लागि गरिबीका विरुद्ध प्रेम, आशब्का र पश्चात्तापले व्यक्तिको मानसिकतामा पारेको असर, सम्पन्नताविरुद्ध दमन, असमानता र विभेदले व्यक्तिको मानसिक सन्तुलनमा पारेको प्रभाव र बौद्धिकताका विरुद्ध विकृत राजनीतिक परिवेशले आममानिसको मानसिक स्वास्थ्यमा पारेको असर उपशीर्षकहरूमा नेपाली उपन्यासका पात्रहरूको अध्ययन गरिएको छ । यसका लागि सिग्मन्ड फ्रायडको मनोविश्लेषण सिद्धान्तका आधारमा विक्षिप्त पात्रहरूको खोजी गरी तिनको सामाजिक, आर्थिक अवस्थाको विश्लेषण गरिएको छ । यसरी गरिएको अध्ययनबाट गरिबी, अभाव र विपन्नताकै कारणले मात्र मान्छेको मानसिक सन्तुलन नबिग्रने, यसमा आशब्का र पश्चात्तापजन्य मनोभावको विकृतिले विक्षिप्तताको अवस्थासम्म पर्‍याउँछ भन्ने कुरा नेपाली उपन्यासमा व्यक्त गरिएको छ । यसका साथै निम्न वर्ग र निरक्षर व्यक्तिमाभन्दा उच्च वर्ग र साक्षर व्यक्तिमा मानसिक समस्या धेरै देखिएको स्थिति पनि नेपाली उपन्यासको अध्ययनबाट प्रस्ट भएको छ । विकृति, विभेद र दमनविरुद्धको चेतना विकसित भए पनि उनीहरूले त्यसविरुद्ध प्रतिरोध गर्ने उपयुक्त मार्ग पहिल्याउन नसक्दा नेपाली उपन्यासका पात्रका मानसिक सन्तुलनमा समस्या देखिएको निष्कर्ष यस अध्ययनले स्थापित गरेको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59244 ध्रुव नाटकमा प्रभुत्व, प्रतिरोध र प्रतिप्रभुत्व 2023-10-11T06:22:01+00:00 पशुपति नेउपाने pashupatiuss@gmail.com
प्रस्तुत अध्ययनमा बालकृष्ण समको पौराणिक कथावस्तुमा आधारित 'ध्रुव’ नाटकमा प्रभुत्व, प्रतिरोध र प्रतिप्रभुत्वको अवस्था ठम्याइएको छ । एन्टोनियो ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणाका आधारमा 'ध्रुव’ नाटकका चरित्रहरूलाई केलाई अहिंसात्मक किसिमले सहमतीय आधारमा तिनमा भएको न्यायिक परिवर्तनलाई यस आलेखले आफ्नो अध्ययनको विषय बनाएको छ । उक्त नाटकका नायक ध्रुवले दमित र अपहेलित अवस्थाबाट मुक्ति पाउन केकस्तो प्रतिरोध एवं पराभौतिक अभ्यास गरी प्रभुत्वशाली अवस्थामा पुगेर आफ्नो उद्देश्यमा सफल भए भन्ने कुरा देखाउनु यस आलेखको उद्देश्य हो । कसैलाई क्षति नपु¥याई सत्यनिष्ठ भएर वैयक्तिक प्रयास र आध्यात्मिक साधनाबाट शक्ति आर्जन गर्न सकिन्छ र उत्पीडित स्थितिबाट प्रभुत्वशाली अवस्थामा पुग्न सकिन्छ भन्नु यस नाटकको प्राप्ति हो । पौराणिक कथावस्तु भए पनि आधुनिक सिद्धान्तका सापेक्षतामा हेर्दा अहिंसा, शान्ति, सत्यनिष्ठा, शिष्ट विद्रोह र निरन्तर प्रयासले पनि शक्ति आर्जन गर्न सकिन्छ भन्ने कुरा जे जसरी देखाइएको छ, त्यो वर्तमान समाजका लागि समेत मार्गदर्शक छ भन्नु 'ध्रुव’ नाटकको निष्कर्ष हो र सोही निष्कर्षको पुष्टि यस आलेखमा गरिएको छ । यसमा गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषण विधिको अवलम्बन गरी सामग्री–विश्लेषण गरिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59245 सुलोचना महाकाव्यमा प्रयोगशीलता 2023-10-11T06:27:55+00:00 फणीन्द्रराज निरौला phniraula@gmail.com
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात्य काव्यशास्त्रका महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतालाई आधार मानी महाकाव्यमा प्रयोगशीलताको खोजी गरिएको छ । महाकाव्यको प्रारम्भ र सर्गबन्धता जस्ता केही पक्षलाई हेर्दा काव्यशास्त्रीय मान्यताको पालना गरिएको देखिए पनि विषयवस्तुको चयन, नायकनायिकाको चरित्रोद्घाटन, रस तथा लयविधान आदि तत्त्वहरूको प्रयोग नवीन किसिमले गरिएको निष्कर्ष निकाएको छ । यहाँ पूर्वीय काव्यशास्त्रले आत्मसात् गरेका सैद्धान्तिक मान्यताहरूलाई प्रायः अस्वीकार गरिएको निष्कर्ष पनि निकालिएको छ । सामाजिक विषयवस्तुलाई अब्गीकार गरी लेखिएको यस काव्यमा समाजका कुपरम्पराका कारण वियोगान्तसम्बन्धी मूल भाव निकै सशक्त र प्रभावकारी बनेको छ । करुण अब्गी रसका रूपमा आएको यस काव्यलाई चरमोत्कर्षमा पुर्‍याउन अब्ग रसका रूपमा आएका अन्य रसहरूले मद्दत गरेका छन् भन्ने निष्कर्षका साथै लयविधानमा समेत प्रयोगशीलता पाइने कुरालाई विश्लेषणात्मक विधिका आधारमा निरूपण गरिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59246 नेपाली साहित्येतिहासमा अतीतबोध 2023-10-11T06:33:15+00:00 बालाकृष्ण अधिकारी adbalakrishna2036@gmail.com
प्रस्तुत लेखमा नेपाली साहित्येतिहासमा अतीतबोध विषयक विमर्श गरिएको छ । साहित्येतिहास मानव सभ्यताको उद्भवदेखि वर्तमानसम्मका समग्र कलात्मक अभिव्यक्तिमध्ये भाषाका माध्यमबाट व्यक्त हुने कलासौन्दर्यसँग मानवीय सब्घर्षका इतिहासको अन्तद्र्वन्द्वात्मक सम्बन्धको विश्लेषण र मूल्याब्कन हो । यसको मूल सम्बन्ध अतीतसँग रहन्छ तथापि वर्तमानको स्मृति र भविष्यको मार्गचित्रसँग पनि उत्तिकै सम्बद्ध हुन्छ । मूलतः अतीतका घटना र तज्जन्य परिप्रेक्ष्यमा मानवीय चेतनाको निरन्तरता र नवोन्मेषलाई वर्तमानमा बसेर हेर्ने दृष्टिकोण नै अतीतबोध हो । यस लेखमा पुस्तकालयीय अध्ययनकार्यबाट साहित्येतिहासमा अतीतबोधसम्बद्ध अवधारणा सब्कलन गरी नेपाली साहित्येतिहासका सन्दर्भमा त्यसको विमर्श गरिएको छ । यसरी विश्लेषण गर्दा अतीतचेतना, निरन्तरता र नवोन्मेष, धनात्मक र ऋणात्मक गति एवं अतीतमूल्य गरी चारवटा मानदण्ड निर्धारण गरी गरिएको यस विमर्शबाट अतीतबोध साहित्येतिहासको आधारदर्शन भएकाले ऐतिहासिक तथ्य÷घटनाको मूल्यबोध गर्न, नेपाली साहित्येतिहासका प्रवृत्तिको निरन्तरता र नवोन्मेषलाई तर्कसब्गत रूपमा बोध गरी तिनका धनात्मक र ऋणात्मक गतिले पारेका प्रभावको आकलन गर्न तथा समग्रमा वर्तमानबोध एवं भविष्यबोधलाई समेत तथ्यपरक, तर्कसब्गत र विश्वसनीय बनाउने अतीतमूल्य ठम्याई त्यसको अनुप्रयोग गर्न यसको अपरिहार्य आवश्यकता रहेको निष्कर्ष प्राप्त भएको छ । साहित्यिक घटना, स्रष्टा, कृति तथा तिनका विशेषताको समुचित विश्लेषण र मूल्याब्कन गरी युगानुकूल साहित्यिक प्रवृत्तिहरूको पहिचान र निर्धारणमा अतीतबोधको प्रभावकारी उपयोग हुने भएकाले प्रस्तुत लेखबाट प्राप्त निष्कर्ष प्राज्ञिक दृष्टिले उपयोगी र औचित्यपूर्ण रहेको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59247 राधा उपन्यासमा पितृसत्ता 2023-10-11T06:39:02+00:00 महेन्द्र वाग्ले sajalwagle@gmail.com
प्रस्तुत लेखमा पितृसत्ताको सैद्धान्तिक कोणबाट कृष्ण धरावासीद्वारा रचित 'राधा’ उपन्यासको विश्लेषण गरिएको छ । पितृसत्ता नारीवादी समालोचनाको लैब्गिक अध्ययनअन्तर्गत पर्छ । पितृसत्तात्मक दृष्टिकोणले नारीमा भएको अन्याय, अत्याचार, पीडा तथा असमानता, विद्रोह र अस्तित्वसँग सम्बद्ध विषयको विश्लेषणमा जोड दिन्छ । 'राधा’ उपन्यासमा अभिव्यञ्जित विचार मूलतः पुराणमा महŒव नदिएका राधा, कुन्ती, द्रौपदी, एकनंशा जस्ता पात्रहरूद्वारा प्रस्तुत गरिएको छ । यस उपन्यासमा समाजमा पुरुषसत्ताको प्रभाव रहेको, पुरुषसत्ताका कारणले नारीलाई अधीनस्थ बनाइएको, पुरुषकेन्द्री सामाजिक मूल्यमान्यताका आडमा नारीलाई अन्याय, अत्याचार गरी उपभोग गरेको र समाजमा नारीले आफ्नो अस्तित्वरक्षाका लागि विद्रोही हुनुपरेको विचार कहीँ प्रत्यक्ष र कहीँ अप्रत्यक्ष रूपमा अभिव्यञ्जित छ । यसमा नारीका विद्रोही विचारहरूले नवीन मूल्यमान्यतालाई उद्घाटित पनि गरेका छन् । 'राधा’ उपन्यासमा प्रस्तुत पितृसत्तात्मक विचारधारासँग सम्बन्धित विषयको विश्लेषण गर्ने उद्देश्यमा यो लेख केन्द्रित छ । यसमा उपन्यासको विश्लेषणबाट पितृसत्तात्मक प्रभावका कारण नारी पीडित भएको र त्यसका विरुद्ध नारी स्वतन्त्रताको पक्षमा चेतना जागृत भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59249 थारू, मगर र कुमाल जातिमा प्रचलित सोरठीनाचका पात्रका भूमिकाको तुलना 2023-10-11T06:45:59+00:00 मुकुन्द शर्मा mukundasharma444@gmail.com
प्रस्तुत लेख थारू, मगर र कुमाल जातिमा प्रचलित सोरठी नाचका पात्रहरूको भूमिकागत तुलना गर्नुमा केन्द्रित छ । थारू नेपालको तराई र मगर तथा कुमाल मध्यपहाडी भूभागमा बसोवास गर्ने जाति विशेष हुन् जसको आआफ्नै भाषा, संस्कृति, रीतिरिवाज र परम्परा, भाषा, साहित्य र लोकसाहित्य छ । लोकसाहित्यका नृत्यनाट्य विधाहरू विशेष मनोरञ्जन प्रदान गर्ने सामूहिक प्रकृतिका हुन्छन् । यिनका विषय र प्रस्तुति शैलीमा जाति, भाषा, संस्कृति र भूगोलअनुसार भिन्न भिन्न रहे पनि कतिपय विषय भने समान प्रकृतिका पनि हुन्छन् जसमा सम्बन्धित जाति र भूगोलको अभिव्यक्ति पाइन्छ । यसै अन्तर्गत सोरठी नृत्यनाट्यको प्रस्तुति गर्ने कार्य पनि पर्दछ । अध्ययनीय सोरठीका चारित्रिक भूमिकामा समान विषयका कारणले केही साम्य र भिन्न भिन्न जाति, भाषा, संस्कृति र भूगोलका कारणले चारित्रिक भूमिकामा आगम, लोप, अनुकूलन, विपर्यय र परिवर्तन जस्ता प्रभावक तत्त्व घटित भई वैषम्य पनि पाइन्छ । यस्ता साम्य र वैषम्यको पहिचान तुलनात्मक अध्ययनबाट गर्न सकिन्छ । तुलनाका पनि विभिन्न सम्प्रदायमध्ये यस आलेखमा मुख्यतः अमेरिकी सम्प्रदायद्वारा स्थापित सौन्दर्यात्मक सम्बन्धको खोजी र अंशतः रुसी सम्प्रदायद्वारा स्थापित साहित्यको समाजसँग सम्बन्ध हुन्छ भन्ने मान्यताका आधारमा पात्रमा सादृश्यमूलक सम्बन्ध, पात्रका परम्परित भूमिका, पात्र प्रयोगमा प्रभावपरकता, पात्र प्रयोगमा स्वीकृति तथा सञ्चारणता एवम् विषयवस्तु चयन, पाठ प्रस्तुति र भाषा प्रयोगमा प्रेरणा, प्रभाव र साम्य जस्ता बुँदालाई विश्लेष्य तत्त्वका लिई तीनवटै सोरठीमा प्रयुक्त पात्रका भूमिकाको तुलनात्मक विश्लेषण गरिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59250 मुक्ति रामायण काव्यका मिथकीय पात्रको सान्दर्भिकता 2023-10-11T06:51:38+00:00 शालिकराम पौड्याल paudyalshalikram@gmail.com
युद्धप्रसाद मिश्रको खण्डकाव्य 'मुक्ति रामायण’मा रामायणका मिथकलाई उपयोग गर्दा रामायणकै मिथकीय पात्रलाई प्रयोग गरिएको छ । यस काव्यमा रामायणीय मिथकका पात्रको चारित्रिक वैशिष्ट्यलाई जस्ताको तस्तै प्रयोग नगरी तत्कालीन युग सुहाउँदो पात्रका रूपमा परिवर्तन गरी मिथकीय पात्रको पुनर्सिजन गरिएको छ । प्रस्तुत काव्यमा ईश्वरीय शक्तिका रूपमा रहेका रामलाई मानवीय, विद्रोही, क्रान्तिकारी पात्रका रूपमा तथा सीतालाई सहनशील आदर्श नारीका रूपमा नभई विद्रोही र सब्घर्षशील नारीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत काव्यमा आदर्श पात्र शरभङ्ग ऋषिलाई अन्यायको विरोधी तथा चेतनशील पात्रका रूपमा देखाइएको छ भने रावणलाई शक्तिउन्मत्त शासकका रूपमा, जटायुलाई विद्रोही पात्रका रूपमा, शूर्पणखालाई कामवासनाले लिप्त पात्रका रूपमा चित्रण गरिएको छ । उपर्युक्त पात्रहरूको प्रयोग गरी कवि युद्धप्रसाद मिश्रले जनताका हितका खातिर विद्रोह गर्दा आफू निर्वासित हुनुपरेको सन्दर्भलाई ल्याएर अत्याचारी, अन्यायी, शोषकीय प्रवृत्ति भएका शासकका विरुद्ध नेपाली जनता सधैँ क्रान्ति गर्न तत्पर रहेको विषयलाई अभिव्यञ्जित गरेका छन् । कविले यस काव्यमा निरब्कुश शासकको विनाश नभएसम्म परिवर्तन नआउने र जनताका अधिकार स्थापित नहुने कुरालाई मिथकीय पात्रको प्रयोग गरी अभिव्यक्त गरेका छन् भन्ने निष्कर्ष प्रस्तुत लेखमा आएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/vangmaya/article/view/59252 ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व 2023-10-11T06:58:33+00:00 हेम भण्डारी mymemory.hem@gmail.com
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाको मुख्य विषय हो । प्रभुत्व हासिल गर्न हिटलरले अपनाएको दमनात्मक शैली परिधीय प्रतिरोधको प्रमुख कारण बन्न पुगेको छ । जातीय प्रभुत्वका पृष्ठाधारमा विकसित वर्गीय तथा लैब्गिक प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्र यस कथाका प्रमुख अनुसन्धेय क्षेत्रहरू हुन् । यस अध्ययनमा विश्लेष्य कथामा अभिव्यक्त प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्रलाई विश्लेषण तथा मूल्याब्कन गर्ने उद्देश्य लिइएको छ । यस कार्यका लागि उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरी पुस्तकालयकार्यलाई सामग्री सब्कलनको माध्यम बनाइएको छ । यस अध्ययनमा सांस्कृतिक अध्ययनको सैद्धान्तिक पृष्ठभूमिबाट वर्गीय, जातीय तथा लैब्गिक प्रभुत्व, प्रभुत्व हासिल गर्ने शैली, प्रभुत्व र प्रतिप्रभुत्वका बिचको द्वन्द्व जस्ता प्रभुत्वको स्वरूप र प्रक्रियासम्बद्ध विषयलाई कथाविश्लेषणको आधारका रूपमा प्रयोग गरिएको छ । यसका आधारमा हिटलरको दमनात्मक चरित्रका कारण सिर्जित जातीय प्रभुत्व र त्यसका पृष्ठभूमिमा विकसित वर्गीय तथा लैङ्गिक प्रभुत्वको अवस्था मूल्याङ्कन गरी प्रभुत्वको स्वरूप र चरित्र सार्वजनिक गरिएको छ । यहुदीदमनको विषय हिटलरको शासकीय प्रभुत्व हुँदै परिधीय प्रतिरोध जागृतिको कारण बन्न पुगेको विश्लेषण गरी प्रतिरोधको प्रवृत्ति यसमा मूल्याङ्कन गरिएको छ । यसबाट सत्ता, शक्ति, प्रभुत्व र अहम्का विरुद्धमा प्रतिरोध जागृत भई प्रतिप्रभुत्व निर्माण हुने निचोडमा पुगिएको छ । प्रस्तुत अध्ययनमा शासकीय दमनका कारण सिर्जित प्रतिरोध नै प्रभुत्वशाली सत्ताको अस्तित्व निस्तेज पार्ने प्रमुख कारण र माध्यम हो भन्ने निष्कर्ष निकालिएको छ ।
2023-10-31T00:00:00+00:00 Copyright (c) 2023