गणतन्त्रोत्तर नेपाली कथामा लोकप्रिय संस्कृति
DOI:
https://doi.org/10.3126/vangmaya.v22i1.85367Keywords:
आमसञ्चारका साधन, पुस्तान्तर, लोकप्रिय साहित्य, सांस्कृतिक अध्ययन, सामाजिक मुद्दा, स्वैरकल्पनाAbstract
प्रस्तुत लेखमा गणतन्त्रोत्तर नेपाली कथाले उपयोग गरेका लोकप्रिय संस्कृतिका तइभ्वहरूको खोजी गरी कथामा तिनको भूमिकाको निरूपण भएको छ । लोकप्रिय संस्कृति भनेको सामान्य भावकको समूहद्वारा व्यापक रूपले साझा तथा उपभोग गरिने विश्वास, विचार, वस्तु र अभ्यासहरूको सङ्कलन हो । गणतन्त्रोत्तर (विसं २०६३ पछि) इन्टरनेट सञ्जालको प्रयोग बढ्न गएको हुँदा लोकप्रिय संस्कृतिको मूल्य, प्रवृत्ति एवम् प्रयोगमा अभिवृद्धि भएको देखिन्छ र यसको प्रयोगले नेपाली कथाको विषय, पात्र, परिवेश र विचारधारालाई विशिष्टता प्रदान गरेको छ । यस अध्ययनमा चार ओटा लोकप्रिय कथालाई उद्देश्यमूलक चयन गरी तिनमा लोकप्रिय संस्कृतिका तइभ्वहरूको विश्लेषण गरिएको छ जसमा आन्विका गिरीको ‘विदेशी मित्र’, कुमार नगरकोटीको ‘विनिर्वाण’, मनोज बोगटीको ‘पुतलीको पखेटामा बसेको पृथ्वी’ र दुर्गा कार्कीको ‘लाइट बाल्ने केटो’ रहेका छन् । यस्ता कथामा विषय र शिल्पमा आममानिसका अभिरुचि र वास्तविक अनुभूतिलाई महइभ्व दिइएको छ भने सामयिक परिवेशको चित्रणबाट पाठकमा संवेदना सिर्जना गरिएको छ । कथामा लोकप्रिय संस्कृतिका तइभ्वहरूको प्रयोगको विश्लेषण र मूल्याङ्कनका निम्ति यसमा मूल रूपले सोबान्का (सन् २०१६), स्टोरेई (सन् २०२४) र एटम (२०८१) ले स्थापना गरेका लोकप्रिय संस्कृति र साहित्यबिचका अन्तरसम्बन्ध एवम् लोकप्रिय आख्यानका विशिष्टताका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यसमा पुस्तान्तर हुँदै गएका युवाहरूको अभिरुचि, ग्रहण र चिन्तनका आयामहरूको पहिचान र मानवीय सम्बन्धहरूको अभिव्यक्तिका निम्ति कथामा प्रयुक्त भावुक प्रेम, रहस्य र यात्रा, आमसञ्चार र सामाजिक सञ्जालका प्रविधि, सामाजिक मुद्दाप्रतिको वैचारिकी, तथा संवादप्रयोगका अवधारणाको मूल्याङ्कन भएको छ । नेपाली कथामा लोकप्रिय संस्कृतिका तइभ्वहरूको विश्लेषण गर्दा तिनमा पात्रहरूको अवस्था, क्रियाकलाप, चिन्तन, संवाद आदिबाट सांस्कृतिक परिवर्तनका दिशाको मूल्यगत सम्बन्ध, पृथक् समस्याको प्रकटीकरण एवम् कथाका विविध कलात्मक आयामलाई उद्घाटन गर्न र युवाको पाठकीय अभिरुचि, अभिग्रहण एवम् मानवीय सम्बन्धका पहिचान र प्रतिरोधका पक्षहरू समावेश गर्न कथाकारहरू सफल छन् भन्ने निष्कर्ष निकालिएको छ ।