पहेँलो गुलाफ कथामा समाख्यान
DOI:
https://doi.org/10.3126/vangmaya.v22i1.85311Keywords:
कथनीयता, दृष्टिविन्दु, वाच्यत्व, सङ्केन्द्रण, समाख्याताAbstract
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्ययनमा समाख्यानको संरचनात्मक घटकको अन्तःसम्बन्धको खोजी गरिन्छ । यस लेखमा समाख्यानको यही सैद्धान्तिक मान्यताका आधारमा ‘पहेँलो गुलाफ’ कथामा पाइने वाच्यत्व, सङ्केन्द्रण एवम् कथनीयताको विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक सामग्री छनोट गर्दा सोद्देश्य नमुना पद्धतिको प्रयोग गरिएको छ । साहित्यिक पाठ विश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थ निर्धारण गरिएकाले सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ भने सैद्धान्तिक ढाँचामा समाख्यानको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत समाख्यानसँग सम्बद्ध अवधारणा र त्यसका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा समाख्यानको अध्ययन गर्दा वाच्यत्वअन्तर्गत समाख्याता र समाख्याताको स्वर, सङ्केन्द्रणअन्तर्गत सङ्केन्द्रक तथा सङ्केन्द्रित विषय तथा कथनीयताअन्तर्गत कथनीय तइभ्व र कथनीय गुणको मूल्याङ्कन गरी तिनको अन्तःसम्बन्धबाट निर्मित समाख्यान संरचना र कला पक्षको पनि निरूपण गरिएको छ । अध्ययनबाट यस कथामा समाख्याताको विश्वसनीयता, स्वरको उच्चता एवम् दृष्टिविन्दुको तीक्ष्णतासँगै कथनीयता तथा सम्पे्रषणीयताको गुण उल्लेख्य रूपमा पाइने हुनाले समाख्यान संरचना सघन हुन पुगेको छ भन्ने प्राप्तिलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।