सिँगारी बाख्रा र लाहुरी भैंसी कथामा पशुमनोविज्ञान

Authors

DOI:

https://doi.org/10.3126/vangmaya.v22i1.85310

Keywords:

निर्भरता, प्रतीकात्मकता, संवेदना, सम्बन्ध, सामाजव्यवहार

Abstract

कथाकार रमेश विकलका सिँगारी बाख्रा र लहुरी भैंसी प्रख्यात र बहसयोग्य कथा हुन् जसमा पशुमनोविज्ञानको प्रयोग केकसरी भएको छ भनी यस लेखमा सोधन गरिएको छ । शुमनोविज्ञान साहित्यविश्लेषणको नयाँ र महत्त्वपूर्ण क्षेत्र हो जसले मानव र जनावरबीचको भावनात्मक, सामाजिक र नैतिक सम्बन्धलाई उद्घाटन गर्छ । नेपाली साहित्यमा जनावरलाई प्रतीक, संवेदना र आलोचनात्मक विमर्शका उपकरणको रूपमा चित्रण गर्ने परम्परा विस्तार हुँदै गएको छ । प्रस्तुत लेखमा यी दुई कथामार्फत पशुमनोविज्ञानको प्रयोग र प्रभावमाथि गहिरो विश्लेषण गरिएको छ । यस अध्ययनमा गुणात्मक विधि अपनाइएको छ । कथाभित्रका जनावर पात्र बाख्रो र भैंसीका व्यवहार, भावना र सामाजिक अन्तरक्रियालाई पशुमनोविज्ञानको दृष्टिकोणबाट विश्लेषण गरिएको छ । साथै अङ्ग्रेजीमा उपलब्ध पशुमनोविज्ञानसम्बन्धी सैद्धान्तिक आधारलाई सन्दर्भस्वरूप उद्धृत गरी तुलनात्मक पद्धतिबाट निष्कर्षमा पुगिएको छ । सिँगारी बाख्रा कथामा बाख्राको आत्मसम्मान, सामाजिक उपेक्षा र योगदानप्रतिको सचेत भावनाले उसको गहिरो संवेदनशीलता उजागर गरिएको छ । ऊ केवल घरेलु जनावरमात्र होइन, सम्मान र पहिचानको खोजीमा लागेको चेतनशील प्राणीको रूपमा चित्रित छ । लहुरी भैंसी कथामा बालक र भैंसीबीचको आत्मीय सम्बन्ध, मानिसहरूको स्वार्थपरक व्यवहार र नावरप्रतिको सामाजिक दृष्टिकोणको आलोचना गरिएको छ । भैंसीको उपयोगिताभन्दा बाहिर निस्केर, कथाले यसलाई अनुभूतिपूर्ण र प्रतिक्रियाशील पात्रको रूपमा उभ्याएको छ । यी दुवै कथाले जनावरलाई केवल उपयोगिताका माध्यमको रूपमा नभई संवेदनशील, सोच्न सक्ने र सामाजिक अन्तरक्रियामा संलग्न प्राणीका रूपमा चित्रण गरेका छन् । मानवसमाजमा जनावरप्रतिको व्यवहार केवल करुणा वा मायामात्र होइन बरु सामाजिक दबाब, स्वार्थ र उपेक्षाबाट पनि निर्देशित हुन्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ । यसले नेपाली साहित्यमा पशुमनोविज्ञानको प्रयोगको सम्भावनालाई उजागर गर्नुका साथै पारिस्थितिकीय चिन्तन, मानवेत्तर विमर्श र नैतिकताको पुनव्र्याख्याको ढोका खोलिदिएको छ । रमेश विकलका सिँगारी बाख्रा र लहुरी भैंसी कथाले नेपाली कथासाहित्यमा पशुमनोविज्ञानको प्रयोगको सशक्त दृष्टान्त प्रस्तुत गरेका छन् । यी दुवै कथाले पाठकलाई जनावरप्रतिको दृष्टिकोण पुनर्विचार गर्न प्रेरित गर्नुका साथै तिनको मनोवैज्ञानिक जीवनलाई गम्भीरताका साथ मूल्याब्कन गर्न आग्रह गर्छन् । जनावरलाई प्रतीकका रूपमा उभ्याएर मानव चिन्तनमा विकास भएको पभोगवादी सोंच र सामाजिक अन्तर्सब्घर्षलाई चित्रण गरिएको छ । पशुमनोविज्ञानलाई केन्द्रमा राखी गरिएको यो अध्ययन भविष्यका अनुसन्धानकर्ताहरूका लागि एक सशक्त सन्दर्भसामग्री बन्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF (नेपाली)
0

Published

2025-11-03

How to Cite

Thapa, A. (2025). सिँगारी बाख्रा र लाहुरी भैंसी कथामा पशुमनोविज्ञान . Vangmaya वाङ्मय, 22(1), 1–10. https://doi.org/10.3126/vangmaya.v22i1.85310

Issue

Section

Articles