एकचिहान उपन्यासको लैङ्‌गिक अध्ययन

Authors

  • यादवप्रसाद Yadav Prasad शर्मा Sharma TU

DOI:

https://doi.org/10.3126/vangmaya.v21i1.74242

Keywords:

अधीनस्थ, अधीनस्थता, पहिचान, प्रभुत्व

Abstract

‘एकचिहान’ उपन्यासको लैङ्गिक अध्ययन शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार हृदयचन्द्रसिंह  प्रधानद्वारा लिखित एकचिहान उपन्यासको लैङ्गिक अध्ययन तथा विश्लेषणमा केन्द्रित रहेको छ । विश्लेषणका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय स्रोतबाट गरिएको छ भने विश्लेषण पाठविश्लेषण पद्धतिका आधारमा गरिएको छ । एकचिहान उपन्यासमा लैङ्गिक सम्बन्ध विपरीतलिङ्गी पारिवारिक सम्बन्धका साथै सामाजिक सांस्कृतिक सम्बन्धका रूपमा देखापरेको छ । शिवनारानको परिवारमा प्रगतिशील पारिवारिक सत्ता सम्बन्ध र सुब्बा सुरमान तथा डाक्टर गोदत्तप्रसादको परिवारमा पितृसत्तात्मक पारिवारिक सत्ता सम्बन्ध देखा परेको छ । तर अष्टनारानको परिवारमा
पनि ऊ जीवित रहुन्जेल उसकै केन्द्रीय भूमिका रहेको र उसको मृत्युपछि शिवनारानको केन्द्रीय भूमिका रहेको तथा परिवारको सबै सामाजिक, आर्थिक तथा सांस्कृतिक क्रियाकलापमा पुरुषकै प्रभुत्व रहेको हुँदा महिलाहरूको अवस्था अधीनस्थ रहेको देखिन्छ । यस उपन्यासमा अन्य नारी पात्रहरूको तुलनामा रञ्जनादेवीको भूमिका बढी सक्रिय तथा महइभ्वपूर्ण रहेको र उसकै भनाइहरूबाट लैङ्गिक समता तथा उदार नारीवादी दृष्टि अभिव्यक्त भएको भए तापनि उसमा पनि विद्रोही चेतनाको अभाव देखिन्छ । उपन्यासमा तत्कालीन पितृसत्तात्मक यौनशोषणको स्वरूपलाई डाक्टर गोदत्तप्रसादको चरित्रका माध्यमबाट व्यञ्जित गरिएको छ भने बलात्कृत भइसकेकी बहिनीलाई बलात्कारीको बन्धनबाट मुक्त गराई बिहे गरिदिएको कुराले शिवनारानको नारीवादी सञ्चेतना देखाउनुका साथै नानीथकुँजस्ता महिलाका पक्षमा
आवाज उठाएर नारीको अस्मिता र पहिचानको रक्षा गर्नुपर्ने कुराको आवश्यकतासमेत औँल्याएको छ । उपन्यासमा पुरुषको प्रभुत्वका कारण महिलाहरू अधीनस्थ रहेकाले लैङ्गिक भूमिका असमान रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
40

Downloads

Published

2025-02-03

How to Cite

शर्मा Sharma य. Y. P. (2025). एकचिहान उपन्यासको लैङ्‌गिक अध्ययन. Vangmaya वाङ्मय, 21(1), 105–118. https://doi.org/10.3126/vangmaya.v21i1.74242

Issue

Section

Articles