तीन घुम्ती उपन्यासमा पुरुषत्व

Authors

  • Netra Mani Subedi (Netra Atom)

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68208

Keywords:

पितृसत्ता, पितृत्वको निर्मिति, पुरुषत्व प्रदर्शन, पुरुष शरीर, लिङ्ग, लैङ्गिकता

Abstract

प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ उपन्यासमा प्रयुक्त पुरुषत्वका विभिन्न स्वरूपहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । ‘तीन घुम्ती’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र शक्तिसंरचनाको चित्रण गरी पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन एवम् त्यस चिन्तनले अभिव्यञ्जित गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई परम्परागत रूढिका रूपमा उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिच सम्बन्ध स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा लैङ्गिक अध्ययन, सामाजिक सिद्धान्त, निर्माणवाद र पुरुषत्वलाई आधार बनाइएको छ । पुरुषत्वको अध्ययनका निम्ति चाहिँ होब्स (सन् २०१३) लगायतका मान्यताबाट मूल आधार लिई गुणात्मक शोधपद्धतिमा चयन गरिएका पाठको सघन विश्लेषण गरिएको छ । यसमा पुरुष शरीर, लिङ्ग र लैङ्गिकता, पितृत्वको निर्मिति तथा पुरुषत्वको प्रदर्शन र पुरुष पहिचान गरी चार ओटा युक्ति अवलम्बन गरिएको छ । यसबाट पुरुषत्वको निर्मिति परिस्थितिअनुरूप भिन्न भएको र त्यसको रचना समाज, कानुन, चिन्तन, आवश्यकता आदिका आधारमा भएको हुन्छ भन्ने स्पष्ट पारिएको छ । ‘तीन घुम्ती’ उपन्यासमा प्रयुक्त पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप भएको तर महिलाको चिन्तन र कार्यमा वैकल्पिक छनोटले महइभ्व पाएको हुँदा परम्परागत आधारमा निर्मित रूढ पुरुषनियन्त्रित पुरुषत्वको पहिचान विनिर्माण हुन गई मातृत्व र दायित्वमा आधारित महिलाकेन्द्रित पुरुषत्वले महत्त्व पाएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
28

Downloads

Published

2024-08-06

How to Cite

Subedi (Netra Atom) , N. M. (2024). तीन घुम्ती उपन्यासमा पुरुषत्व. Vangmaya वाङ्मय, 20(01), 13–22. https://doi.org/10.3126/vangmaya.v20i01.68208

Issue

Section

Articles