साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
DOI:
https://doi.org/10.3126/vangmaya.v20i01.68204Keywords:
भाषिक प्रतिक्रिया, मनस्थिति, मनोभाव, मानसिक प्रभाव, स्नायुप्रणालीAbstract
प्रस्तुत लेख मनोभाषाविज्ञानका मान्यताका आधारमा साहित्यविश्लेषणको ढाँचा निर्माणमा केन्द्रित छ र यसमा वर्णनात्मक र व्याख्यात्मक विधिका माध्यमबाट मनोभाषाविज्ञानका मान्यता र सोहीअनुरूपका उदाहरणको समन्वयात्मक अध्ययन गरी प्राप्त भएका तथ्यका आधारमा साहित्यिक पाठको विश्लेषणका लागि आधार तयार पारिएको छ । मनोभाषाविज्ञानका अनुसार भाषाको प्रयोगमा मनको महइभ्वपूर्ण भूमिका हुन्छ । मन प्रकार्यात्मक आन्तरिक इन्द्रिय हो भने यसको भौतिक संरचनाचाहिँ मस्तिष्क हो । भाषालाई सुनाइका माध्यमबाट ग्रहण गर्न, बोध गर्न र उत्पादन गर्न सहयोग गर्ने कार्य मनले गरेको हुन्छ भने भाषा भण्डारण हुने स्थलचाहिँ मस्तिष्क हो । भाषाप्रयोक्ताका उमेर, क्षमता र सामाजिक परिस्थितिअनुसार उसका मनमा विविध भावविचार उत्पन्न हुने भएकाले उसले प्रयोग गर्ने भाषिक संरचना पनि सोहीअनुसार भिन्नभिन्न हुने गर्दछ र साथै त्यसरी प्रयोग गरिएको उक्त भाषाबाट श्रोतापाठकको मन पनि प्रभावित हुन्छ । भावविचार साहित्यको सारतत्त्व हो । यही सारतत्त्वलाई नै भाषाले व्यक्त गरेको हुन्छ । यसैले मनोभाषाविज्ञानका आधारबाट भाषाको मात्र नभई साहित्यकै विश्लेषण गर्न सकिन्छ भन्ने स्पष्ट हुन्छ । प्रस्तुत लेखबाट पनि कुनै पनि साहित्यिक पाठ भाषाप्रयोक्ताको उमेर, क्षमता र सामाजिक परिस्थितिअनुसार उसको मनमा उत्पन्न हुने भाव, भावअनुरूपको भाषा र भाषाले पारेको मानसिक प्रभावको शृङ्खलामा विन्यस्त हुने भएकाले उक्त साहित्यिक पाठलाई पनि मनोभाषाविज्ञानले निर्देश गरेअनुसारको सूत्र ‘उत्तेजनाविचार→ प्रतिक्रियाभाषा... उत्तेजनाभाषा→ प्रतिक्रियाविचार’ का माध्यमबाट विश्लेषण गर्न सकिन्छ भन्ने निचोड प्राप्त भएको छ । त्यसैले मनोभाषाविज्ञानका मान्यताका आधारमा तयार पारिएको यो सैद्धान्तिक ढाँचा साहित्यका प्रमुख घटक सारतइभ्व र भाषाको विश्लेषणमा निकै उपयोगी छ भन्ने स्पष्ट भएको छ ।